Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11712
Title: थारु भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिहरूको तुलनात्मक अध्ययन { Tharu Bhasika ra Nepali Bhasaka Byasarnik Kotiharuko Tulnatmak Adhayayn}
Authors: चौधरी Chaudhari, तुलसी प्रसाद Tulshi Prasad
Keywords: थारु भाषिTharu Bhashik;नेपाली भाषा Nepali Bhasa;व्याकरणिक कोटि Byakarnik Koti;तुलनात्मक अध्ययन Tulnatmak Adhyayan
Issue Date: 2017
Publisher: समाजशास्त्र संकाय
Level: Masters
Abstract: प्रस्तुत शोधको शीर्षक थारु भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिहरूकातुलनात्मक अध्ययन रहेको छ । प्रस्तुत शोध त्रि.वि. शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षाविभाग अन्तर्गत एम. एड दोस्रो वर्ष नेपा. शि. ५९८ पाठयांशको आवश्यकता पूर्तिका लागि तयारपारिएको हो । प्रस्तुत शोध अध्ययनको क्षेत्र सुनसरी जिल्लाको चाँदबेला र मधेसा गा.वि.स र रामधुनीनगरपालिका रहेको छ । नमुनाका रूपमा प्रत्येक क्षेत्रबाट १० जना छात्रा र १० जना छात्र गरी२०÷२० जनाका दरले कुल ६० जना सप्तरिया थारू मातृभाषी वक्तालाई लिइएको छ । स्तरीयनेपाली भाषाका लिङग, वचन, पुरूष, काल, पक्ष, भाव, आदर र वाच्य जनाउने वाक्यहरू नमुनाछनोटमा परेका सप्तरिया थारू भाषी वक्ताहरूलाई दिई उनीहरूको भाषामा रूपान्तरण गनप्रश्नावली भराइ आवश्यक तथ्याङक सङकलन गरी निष्कर्ष निकालिएको छ । यस शोधपत्रको पहिलो अध्यायमा शोधपरिचय, दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा,पूर्वकार्यको उपयोगिता÷कार्यान्वयन र सैद्धान्तिक÷धारणात्मक संरचनाको बारेमा चर्चा गरिएको छ। तेस्रो अध्यायमा अध्ययनको प्रक्रिया वा विधिहरू र चौथो अध्यायमा व्याकरणिक कोटिहरूका आधारमा स्तरीय नेपाली भाषा र सप्तरिया थारू भाषिकाको व्याकरणिक कोटिहरूको तुलनात्मक विश्लेषण गरिएको छ । त्यसगरी पाँचौ अध्यायमा उपसंहार र त्यसपछि सन्दर्भ ग्रन्थसची राखिएकोछ । प्रस्तुत शोध अध्ययनबाट सप्तरिया थारू भाषिका र स्तरीय नेपाली भाषा दुबैमा प्रयुक्त व्याकरणिक कोटिहरूमध्ये लिङग, वचन, पुरूष भाव र वाच्यमा समानता पाइन्छ भने कालका प्रकार, भूतकालका पक्ष, विशेषणको वचन भेद र क्रियाको वचन भेद लिङग व्यवस्थामा भिन्नता पाइन्छ । त्यसैगरी सप्तरिया थारू मातृभाषी शिक्षार्थीलाई नेपाली भाषासँग सम्बन्धित आंशिक समानता र असमानता हुने भएका व्याकरणिक कोटिहरूको प्रयोगमा समस्या पर्ने कुरा निष्कर्षकारूपमा प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11712
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf107.56 kBAdobe PDFView/Open
Chapter.pdf250.46 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.