Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11937
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorआचार्य Acharya, हरिमाया Harimaya-
dc.date.accessioned2022-07-20T04:59:28Z-
dc.date.available2022-07-20T04:59:28Z-
dc.date.issued2017-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/11937-
dc.description.abstractग्रमीण सडक र सामुदायिक विकासको सम्बन्धमा कमै अध्ययन अनुसन्धान भएको पाइन्छ । त्यस्तै ग्रामीण भेगमा बसोबास गर्ने जनताको विचार, चाहना र तिनीहरूको सीपको प्रयोग पनि कमै मात्रामा भएको देखिन्छ । केन्द्रमा बस्ने बौद्धिक व्यक्तिको विचार मात्र विकास निर्माण तथा नीतिनिर्माणमा समेटिने गरेको पाइन्छ जसको फलस्वरूप विकास निर्माण कार्य दिगो र भरपर्दो नहुने गरेको अवस्था छ । यी समग्र पक्षलाई हेर्दा जसको लागि विकास लक्षित हुन्छ उसको सक्रिय सहभागिताको जरूरी हुन्छ । यस अध्ययनको शिर्षक ग्रामीण सडक र अर्थतन्त्रबीचको अन्तरसम्बन्ध रहेको छ । सडकले त्यस भेगका मानिसलाई के कस्तो प्रभाव पारेको छ ? यस सडकले त्यस ठाउँमा के कस्तो परिवर्तन ल्याएको छ ? त्यस क्षेत्रको कृषि तथा रोजगारीमा के कस्तो प्रभाव र परिवर्तन पारेको छ ? त्यसको समाजशास्त्रीय अध्ययन गर्न आवश्यक छ । नीतिनिर्माणको तहमा पनि यसले सहयोग पु¥याउन सक्छ । यस अध्ययनको मुख्य उद्देश्य चिसापानी गा.वि.स.मा जोडिएका सडकले मानिसको पेशा तथा रोजागरीमा पारेको प्रभाव र परम्परागत कृषि प्रणालीमा पारेको प्रभावलाई पत्ता लगाउनु, सडकले पारिवारिक संरचना, संस्कार, मान्यतामा देखिएको प्रभावको मूल्याङ्कन गर्नु र सडक र अर्थतन्त्र बीचको सम्बन्ध पत्ता लगाउनु यस अध्ययनको उद्देश्य रहेको छ । यस अध्ययनले ग्रामीण सडक निर्माणपछि त्यहाँको समाज र संस्कृतिमा ल्याएको परिवर्तन र प्रभावको अध्ययन गर्छ । सडक निर्माण पछि ग्रामीण जनताको गतिशीलतामा आएको परिवर्तन, पेशा तथा रोजगारीमा आएको परिवर्तन, घरेलु प्रयोजनका सामग्री, स्वास्थ्य उपचार प्रणाली, घरेलु खर्च गर्ने प्रणाली, घरेलु आम्दानी तथा विहेवारी र नातेदारी प्रचलन, परिवारको सम्बन्ध र संरचनामा आएको परिवर्तन र प्रभाव, पेशा तथा रोजगारीमा परिवर्तन, घोडा, खच्चड र भरियाको कामको अवस्था लोप हुनु आदिलाई स्वभाविक परिवर्तन मानिन्छ । यस्तो प्रभावको अध्ययन पश्चात त्यहाँको वास्तविकता पत्ता लगाउने कार्यले समाज विकासमा योगदान पुग्न सक्छ । अनुसन्धान क्रमशः प्राथमिक तथ्याङ्क संकलन विधि जसमा अन्तरवार्ता अनुसूची, अवलोकन, समूह केन्द्रित छलफल र मुख्य सूचनादाता छलफलविधि प्रयोगमा ल्याइएको छ । ग्रामीण सडक निर्माण पछि केही सकारात्मक त केही नकारात्मक प्रभाव पारेको पाइन्छ । यसले परनिर्भरता, आधुनिकतामा वृद्धि गरेको पाइन्छ । सडकको निर्माणले विकासको पक्षमा भन्दा बढी अविकास वा वेफाइदा भयो भने त्यसको अर्थ रहँदैन । यस अनुसन्धानबाट सडकद्धारा फाइदा र बेफाइदाको पक्षमा समान प्रभाव पारेको निष्कर्ष प्राप्त भयो । केही व्यक्तिले पाएको अवसर पनि गुमेको छ भने केही व्यक्तिहरूले नयाँ अवसर प्राप्त गरेका छन् ।en_US
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectग्रामीण सडक Rural roaden_US
dc.subjectअर्थतन्त्र Economyen_US
dc.subjectसमाजशास्त्रीय अध्ययन Sociological studiesen_US
dc.titleग्रामीण सडक र अर्थतन्त्रबीचको अन्तरसम्बन्ध (चिसापानी उपत्यका, स्याङ्जाको एक समाजशास्त्रीय अध्ययन) {Interrelationships between Rural Roads and the Economy (A Sociological Study of Chisapani Valley, Syangja)en_US
dc.typeThesisen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US
local.academic.levelMastersen_US
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover.pdf110.98 kBAdobe PDFView/Open
Chapter.pdf559.09 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.