Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13571
Title: शिक्षकको पेशागत विकासमा स्रोतकेन्द्रको भूमिका {Shikshakko Peshagat Bikashma Shoratkendrako Bhumika}
Authors: गिरी Giri, मणिकुमार Manikumar
Keywords: शैक्षणिक योजना Educational plan;विद्यालय निरीक्षण School inspection
Issue Date: 2013
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Level: Masters
Abstract: शिक्षकको पेशागत विकासमा स्रोतकेन्द्रको भूमिका शीर्षकमा प्रस्तुत शोधपत्र तयार गरिएको छ । यस शोधपत्रका मूख्य उद्देश्य शिक्षाको पेशागत विकासमा स्रोतकेन्द्रले खेलेका भूमिकाका विश्लेषण गर्न, शिक्षकको पेसागत विकासमा स्रोतकेन्द्रले खेल्नु पर्ने भूमिका पहिल्याउनु र शिक्षकको पेसागत विकास गर्ने क्रममा स्रोतकेन्द्रले झेल्नुपरेका समस्याहरू तथा समाधानका उपायहरू सुझाउनु रहेको छ । उक्त उद्देश्य पुरागरी निष्कर्ष निकाल्नका लागि खोटाङ जिल्लाका ३ वटा स्रोतकेन्द्रका ३ जना स्रोतव्यक्तिहरू, १८ वटा विद्यालयका १८ जना प्रधानाध्यापकहरू र उक्त विद्यालयका ३८ जना शिक्षकहरूलाई प्रश्नावलीमा समावेश गरिएको छ । स्रोतकेन्द्रहरूको छनोट उद्देश्यपूर्ण नमुना छनोटका आधारमा गरिएको छ भने विद्यालय तथा शिक्षकहरूको छनोट समान सम्भावनायुक्त नमूना छनोट विधिको आधारमा गरिएको छ । यो अनुसन्धानमा परिमाणात्मक र गुणात्मक मिश्रित ढाँचाको प्रयाग गरिएको छ । अध्ययन अनुसन्धानका क्रममा प्राप्त तथ्याङ्कहरूलाई तालिकीकरण र प्रतिशतमा प्रस्तुत गरी नतिजाको छलफल गरिएको छ । प्रस्तुत अनुसन्धानमा स्रोतकेन्दले शिक्षकहरूको कार्य क्षमता अभिवृद्धि गर्नका लागि शिक्षकको पेशागत तालिम, पाठयक्रम प्रवोधिकरण, शैक्षिक सामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम, स्थानीय भाषा शिक्षण तालिम र निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिम सञ्चालन गरेको पाइयो । साथै स्रोतव्यक्ति र शिक्षक बीच राम्रो सम्बन्ध कायम हुन नसकेको, शिक्षकहरूलाई उचित समन्वय र उत्प्रेरणा प्रदान गर्न नसकेको पाइयो । स्रोतकेन्द्रमा आर्थिक अभावहुनु, स्रोतव्यक्तिलाई तालिमका व्यवस्था नहुने, विषयगत स्रोतव्यक्ति नहुनु, सहायक कर्मचारीको व्यवस्था नहुनु, दण्ड र पुरस्कारको व्यवस्था नहुनु, नीति नियम स्पष्ट नहुनु, राजनैतिक हस्तक्षेप र स्वच्छ शैक्षिक वातावरण नहुनु जस्ता समस्याहरू स्रोतकेन्द्रमा विद्यमानरहेको पाइयो । प्रस्तुत शोधपत्रमा स्रोतव्यक्तिले सबै विद्यालयहरूको निरीक्षण तथा सुपरीवेक्षण गर्नुपर्ने, विषयगत स्रोतव्यक्ति नियुक्त गर्नुपर्ने, स्रोतकेन्द्रलाई आर्थिक सुविधा प्रदान गर्नुपर्ने,सोतधकेन्द्रमा सहायक कर्मचारीको व्यवस्था गर्नुपर्ने, स्पष्ट नीति नियम निर्माण र कार्यान्वयन गर्नुपर्ने, निरीक्षण प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सबैले एकतावद्ध भएर प्रयोस गनपर्ने सुझावहरू प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13571
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf72.78 kBAdobe PDFView/Open
Chapter page(6).pdf298.8 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.