Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13688
Title: बालबालिकाहरूको सिकाइ उपलब्धिमा विद्यालय सुधार योजना {School Improvement Plans on Children's Learning Achievement}
Authors: भण्डारी Bhandari, कृष्णप्रसाद Krishnaprasad
Keywords: विद्यालय सुधार योजना School Improvement plans;सामुदायिक विद्यालय Community school
Issue Date: 2013
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Level: Masters
Abstract: बालबालिकाहरूको सिकाइ उपलब्धिमा विद्यालय सुधार योजना” विषयको प्रस्तुतशोधपत्रको मुख्य उद्देश्य बालबालिकाहरूको सिकाइ उपलब्धिमा विद्यालय सुधार योजना कार्यक्रमलपारेको प्रभावको विश्लषण गर्नु रहेको छ । यसका दई वटा सहायक उद्देश्यहरूमा पहिलो विद्यालयसुधार योजनाको निर्माण र कार्यान्वयनमा सरोकारवालाहरूको भूमिकाको अध्ययन गर्नु र दोस्राविद्यालय सुधार योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका उपायहरूको खोजी गरीसुझाव प्रस्तुत गर्नु रहेको छ । उल्लिखित उद्देश्यहरू पूरा गर्नका लागि १० वटा अनुसन्धानात्मकप्रश्नहरू राखी अध्ययन गरिएको छ । मूलतः गुणात्मक अध्ययन विधिलाई आधार मानी प्राथमिक र द्वितीय दुबै स्रोतबाट तथ्याङकसङकलन गरिएको थियो । प्र.अ. ८ जना, वि.व्या.स. अध्यक्ष ८ जना, शि.अ.सं.का संयोजक ८ जनार स्रोतव्यक्ति १ जनाको छनोट उद्देश्यपूर्ण विधिद्वारा गरिएको थियो भने सबै विद्यालयका गरी ३५जना शिक्षक, १७ जना वि.व्या.स. पदाधिकारी र ४४ जना विद्यार्थीहरू चिठ्ठा पद्धति प्रयोग गरीछनौट गरिएका थिए । नमूना छनौटमा परेका सरोकारवालाहरूसँग भेटघाट र सम्पर्क गरीप्रश्नावली, शोधकर्ताले रुजु सूचि तथा तथ्याङक संकलन फारम प्रयोग गरी तथ्याङक सङकलनगरिएको थियो । तथ्याङकलाई आवश्यकता अनुसार तालिकामा राख्ने, प्रतिशतमा व्यक्त गन,चित्रात्मक प्रस्तुतीकरण गर्ने जस्ता विधिद्वारा व्याख्या र विश्लषण गरिएको थियो । सामुदायिक विद्यालयहरूल विद्यालय सुधार योजनालाई एउटा नियमित शैक्षिक प्रक्रियाकारुपमा लिएको पाइयो । योजना निर्माण गर्ने प्रक्रियामा विद्यालयका शिक्षक, प्रधानाध्यापक रवि.व्या.स. पदाधिकारीको सहभागिता उच्च रहेको पाइयो भने विद्यार्थी र अभिभावकको चासो रसहभागिता ज्यादै न्यून रहको पाइयो । विद्यालयहरूल विद्यालय सुधार योजनाको माध्यमबाट शैक्षिकलक्ष्य निर्धारण गर्ने र शैक्षिक कार्यक्रमहरूको छनौट गरी कार्यान्वयनमा लैजाने अभ्यास गरेकापाइयो । यस्तो प्रयास र अभ्यासको परिणाम स्वरुप विद्यार्थीको सिकाइ उपलब्धि स्तर सन्तोषजनक रहेको पाइयो । सामुदायिक विद्यालयका उपभोक्ताको रुपमा रहेका लक्षित वर्ग, दलित एवम महिलाहरूको औषत सिकाइ उपलब्धि तुलनात्मक रुपमा अभैm न्यून रहेको पाइयो । विद्यालयमा उपयुक्त शिक्षण सिकाइका वातावरण निर्माण गर्न र बालबालिकाहरूको औषत सिकाइ उपलब्धि स्तर वृद्धि गर्न विद्यार्थीको विद्यालयमा उपस्थिति दर बढाउने, शिक्षकको मनोबल वृद्धि गर्ने, शैक्षिक क्रियाकलापमा शिक्षक–विद्यार्थी र अभिभावकको सहभागिता बढाउने जस्ता कार्यक्रमहरू सञ्चालन गरेको पाइयो । सामुदायिक विद्यालयमा विद्यालय सुधार योजना कार्यान्वयमा प्रशस्त समस्याहरू रहेको पाइयो । सरोकारवालाहरूको विद्यालयप्रतिको चासो कम हुनु, शिक्षकहरूमा पेशाप्रति प्रतिबद्धताका कमी हुनु, विद्यालयको व्यवस्थापनमा दलीय हस्तक्षेप देखिनु, विद्यालयको निरीक्षण ÷अनुगमन व्यवस्थित हुन नसक्नु, प्रधानाध्यापकको कार्य सम्पादन प्रभावकारी हुन नसक्नु जस्ता समस्याहरू नयोजना कार्यान्वयनका मुख्य चुनौतिको रुपमा रहेको पाइयो । विद्यालय सुधार योजनामा उल्लेख गरिएका कार्यक्रमहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवालाहरूले विद्यालय प्रति आफ्नो चासो र सहभागिता वृद्धि गर्नुपर्ने, विद्यालयका व्यवस्थापनमा राजनीतिक हस्तक्षेप गर्न नहुन, शिक्षकले आफ्नो शिक्षण पेशाप्रति निष्ठा राखी काम गर्नुपर्ने, प्रधानाध्यापकले आफ्नो कार्य सम्पादनको अवस्थामा सुधार गर्नुपर्ने, विद्यालयको निरीक्षण र अनुगमन संयन्त्र प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरू प्राप्त भएको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13688
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf106.42 kBAdobe PDFView/Open
Chapter page(6).pdf776.71 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.