Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/14263
Title: शिक्षण सिकाइमा शैक्षिक सामग्रीको प्रभावकारीता {Effectiveness of Educational Materials in Teaching Learning}
Authors: कार्की Karki, गुरुबहादुर Guru Bahadur
Keywords: शिक्षण सिकाइ Teaching learning;शैक्षिक सामग्री Educational materials
Issue Date: 2014
Publisher: पाठयक्रम तथा मूल्याङकन संकाय
Level: Masters
Abstract: शिक्षण सिकाईमा शैक्षिक सामग्रीको प्रभावकारीता शोध शीर्षकको मुख्य उद्देश्य शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा पारेको प्रभावको अवस्था पत्ता लगाउनु रहेको छ । यो अनुसन्धान गुणात्मक र परिमाणात्मक दुवै ढाँचामा आधारित छ । यस अध्ययनमा उदयपुर जिल्ला बाहुनिटार स्रोतकेन्द्र अन्तर्गत पर्ने १२ वटा सामुदायिक विद्यालयहरू जनसङख्याका रूपमा रहेका छन । त्यसमध्ये ३ वटा सामुदायिक विद्यालयहरूलाई नमूनाको रूपमा लिइएको छ । उक्त ३ वटा विद्यालयका ३ जना प्र.अ., ३ जना विद्यार्थी र ३ जना शिक्षक गरी जम्मा ९ जना नमूनाको रूपमा छनोट गरिएको छ । नमूना छनोट गर्दा उद्देश्यमूलक नमना छनोट विधि प्रयोग गरिएको छ । नमूना छनोट गर्दा लिङ्ग, क्षेत्र, भौगोलिक अवस्था, जातजातिका आधारमा छनोट गरिएको छ भने अनुसन्धानका साधनमा अन्तरवार्ता सूची, प्रश्नावली र प्रत्यक्ष अवालेकन विधिको प्रयोग गरिएको छ । नमुनामा परेका विद्यालयमा गरिएको अध्ययनमा बढी विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग गरेको पाइन्छ भने कम मात्रामा विद्यालयले सिकाइमा शैक्षिक सामग्री प्रयोग नगरेको पाइयो । त्यसै गरी दैनिक शिक्षक क्रियाकलापमा विषयवस्तु र पाठको आवश्यकता अनुसार धेरै जसो विद्यालयले शैक्षिक सामग्रीको प्रयोग तथा प्रदर्शन गर्ने गरेको पाइयो । शैक्षिक सामग्री प्रयोग भएका विद्यालयमा शिकाइ प्रभावकारी भएको पाइयो । शिक्षण सिकाइ क्रियाकलापमा शैक्षिक सामग्रीको प्रयोग गर्न समयमा पाठयपुस्तक उपलब्ध नहनु, शिक्षक निदर्शिका नहुन, शिक्षक दरबन्दि कम हुनु, प्रर्याप्त शैक्षिकको व्यवस्था नहुनु भौतिक अवस्था कमजोर, शिक्षक र विद्यार्थी विद्यालयमा कम उपस्थिति हुनु, सम्बन्धित निकायबाट अनुगमननहुनु, मुख्य समस्या रहेका छन । शैक्षिक सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउन सबैकासल्लाह अनुसार शैक्षिक सामग्री खरीद निर्माण गर्नु पर्ने शिक्षक र विद्यार्थी नियमित र अनुशासित रुपमा विद्यालयमा उपस्थिति हुनु पर्ने, शिक्षकलाई शैक्षिक सामग्रीको प्रयोगका प्रभावकारीताको सम्बन्धमा तालिम दिनु पर्ने विद्यालयको आर्थिक र भौतिक पक्षको मजबुत बनाउनु पर्ने, सम्बन्धित निकायबाट कडाईको साथ अनुगमन गर्नु पर्ने रहेका छन । यस शोधपत्रका मूख्य सिफारिस (सुझाव) हरूमा विद्यालयमा सम्बन्धित निकायबाट शैक्षिक सामग्रीको निर्माण र कार्यान्वयन सम्बन्धमा कडाइका साथ निरीक्षण र अनुगमन हुनुपर्ने, प्र.अ. र शिक्षकलाई तालिमको व्यवस्था हुनु पर्ने, समयमा नै पाठयपुस्तक उपलब्ध हुनुपर्ने, विद्यालयमा प्रशस्त शिक्षक दरबन्दी हुनु पन, प्र.अ. र शिक्षकहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्ने, विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्ने रहेका छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/14263
Appears in Collections:Curriculum and Evaluation

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf58.18 kBAdobe PDFView/Open
Chapter page(6).pdf159.34 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.