Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/14270
Title: प्राथमिक तहमा उदारकक्षोन्नतिले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Effects of Liberalization on Learning Achievement at the Primary Level}
Authors: मिश्र Mishra, रेजिना Regina
Keywords: सिकाइ उपलब्धि Learning achievement;शैक्षिक सामग्री Educational materials
Issue Date: 2012
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Level: Masters
Abstract: शिक्षण सिकाईमा शैक्षिक सामग्रीको प्रभावकारीता शोध शीर्षकको मुख्य उद्देश्य शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा पारेको प्रभावको अवस्था पत्ता लगाउन रहेको छ । यो अनुसन्धान गुणात्मक र परिमाणात्मक दुवै ढाँचामा आधारित छ । यस अध्ययनमा उदयपुर जिल्ला बाहुनिटार स्रोतकेन्द्र अन्तर्गत पर्ने १२ वटा सामुदायिक विद्यालयहरू जनसङख्याका रूपमा रहेका छन । त्यसमध्ये ३ वटा सामुदायिक विद्यालयहरूलाई नमूनाको रूपमा लिइएको छ । उक्त ३ वटा विद्यालयका ३ जना प्र.अ., ३ जना विद्यार्थी र ३ जना शिक्षक गरी जम्मा ९ जना नमूनाको रूपमा छनोट गरिएको छ ।नमूना छनोट गर्दा उद्देश्यमूलक नमना छनोट विधि पयोग गरिएको छ । नमूना छनोट गर्दा लिङ्ग, क्षेत्र, भौगोलिक अवस्था, जातजातिका आधारमा छनोट गरिएको छ भने अनुसन्धानका साधनमा अन्तरवार्ता सूची, प्रश्नावली र प्रत्यक्ष अवालेकन विधिको प्रयोग गरिएको छ । नमुनामा परेका विद्यालयमा गरिएको अध्ययनमा बढी विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग गरेको पाइन्छ भने कम मात्रमा विद्यालयले सिकाइमा शैक्षिक सामग्री प्रयोग नगरेका पाइयो । त्यसै गरी दनिक शिक्षक क्रियाकलापमा विषयवस्तु र पाठको आवश्यकता अनुसारधेरै जसो विद्यालयले शैक्षिक सामग्रीको प्रयोग तथा प्रदर्शन गर्ने गरेको पाइयो । शैक्षिक सामग्री प्रयोग भएका विद्यालयमा शिकाइ प्रभावकारी भएको पाइयो । शिक्षण सिकाइ क्रियाकलापमा शैक्षिक सामग्रीको प्रयोग गर्न समयमा पाठयपुस्तक उपलब्ध नहनु, शिक्षक निर्देशिका नहुन, शिक्षक दरबन्दि कम हुनु, प्रर्याप्त शैक्षिकको व्यवस्था नहुनु भौतिक अवस्था कमजोर, शिक्षक र विद्यार्थी विद्यालयमा कम उपस्थिति हुनु, सम्बन्धित निकायबाट अनुगमन नहुनु, मुख्य समस्या रहेका छन । शैक्षिक सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउन सबैक ासल्लाह अनुसार शैक्षिक सामग्री खरीद निर्माण गर्नु पर्ने शिक्षक र विद्यार्थी नियमित र अनुशासित रुपमा विद्यालयमा उपस्थिति हुनु पर्ने, शिक्षकलाई शैक्षिक सामग्रीको प्रयोगको प्रभावकारीताको सम्बन्धमा तालिम दिनु पर्ने विद्यालयको आर्थिक र भौतिक पक्षको मजबुत बनाउनु पर्ने, सम्बन्धित निकायबाट कडाईको साथ अनुगमन गर्नु पर्ने रहेका छन । यस शोधपत्रका मूख्य सिफारिस(सुझाव) हरूमा विद्यालयमा सम्बन्धित निकायबाट शैक्षिक सामग्रीको निर्माण र कार्यान्वयन सम्बन्धमा कडाइकासाथ निरीक्षण र अनुगमन हुनुपर्ने, प्र.अ. र शिक्षकलाई तालिमको व्यवस्था हुनु पर्ने, समयमा नै पाठयपुस्तक उपलब्ध हुनुपर्ने, विद्यालयमा प्रशस्त शिक्षक दरबन्दी हुनु पन, प्र.अ. र शिक्षकहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्ने, विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्ने रहेका छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/14270
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf65.71 kBAdobe PDFView/Open
Chapter page(6).pdf574.87 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.