Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/1599
Title: विद्यालयको द्वन्द् व्यवस्थापन Vidhyalayako Dwanda Vyabasthapan
Authors: घिमिरे Ghimire, उपेन्द्र Uprendra
Keywords: Vidhyalaya;Dwanda;Vyabasthapan;Dwanda Vyabasthapan
Issue Date: 2072
Abstract: विद्यालयको द्वन्द्व व्यवस्थापन शीर्षकमा गरिएको यस शोधपत्रमा विद्यालयको द्वन्द्वको विद्यमान अवस्था पहिचान गर्ने, विश्लेषण गर्ने, शिक्षकको भूमिका लेखाजोखा गर्ने र द्वन्द्व न्यूनीकरणका उपायहरू सुझाउने मुख्य उद्देश्य रहेको छ । विद्यालयमा द्वन्द्वको विद्यमान अवस्थाहरुमा भाषिक द्वन्द्व, जातीय द्वन्द्व, लिङ्गिय द्वन्द्व, विद्यार्थी शिक्षक बीचको द्वन्द्व, लक्ष्य सम्बन्धी द्वन्द्व र नीतिगत द्वन्द्व रहेको छ । यी मध्ये नमूना छनोटमा परेका सामुदायिक विद्यालयहरुमा विद्यालयमा तुलनात्मक रुपमा लिङ्गिय द्वन्द्व, बढी मात्रामा उत्पन्न भएको पाइयो । विद्यालयमा उत्पन्न हुने द्वन्द्वको मुख्य स्रोत राजनिति हो भने अन्य स्रोतहरूमा विद्यालयको आर्थिक अवस्था, प्र.अ.को कमजोरी, प्रयाप्त सेवा सुविधामा कमि, द्वन्द्वात्मक सरकारी नीति र लिङ्गीय भेदभाव रहेका छन् । अनुसन्धानलाई अगाडि बढाउन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ भने विद्यालय छनोटका लागि उद्देश्यपूर्ण नमूना विधि र सामान्य सम्भावनायुक्त नमूना विधि र अनुपातिक प्रतिनिधित्व हुने गरी उत्तरदाताहरु छनौट गरिएको छ । अध्ययनको क्रममा मोरङ जिल्लाको मछिचन्द्र . स्रोतकेन्द्र अन्तर्गतका केराबारी, भोगटेनी गा.वि.स. भित्रका नि.मा.वि तथा मावि तहका सामुदायिक विद्यालयका १० जना प्र.अ., २० जना शिक्षक, १० जना वि.व्य.स.का अध्यक्ष, १० जना विद्यार्थी र १० जना स्थानीय बुद्धिजीविहरूसँग प्रत्यक्ष छलफल, अन्तर्वार्ता निर्देशिका र प्रश्नावली प्रयोग गरी आवश्यक सूचना र तथ्याङ्क लिइएको छ । विद्यालयका सरोकारवालाहरू मध्ये विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, स्थानिय वुद्धिजीवि र विद्यार्थी समेत लाई यस अध्ययनले देखाए अनुसार विद्यालयकोे द्वन्द्व व्यवस्थापनमा शिक्षकको भूमिका रहने गरेको जानकारी पाइएको छ । धेरै विद्यालयहरूमा द्वन्द्वको अवस्था सामान्य रहेको पाइएको छ तर द्वन्द्व उत्पन्नका स्रोतहरूलाई समयमा नै पहिचान गरी त्यस अनुसार व्यवस्थापन गर्न सके विद्यालयको द्वन्द्वलाई अझ न्यूनीकरण गर्न सकिन्छ । विद्यालयमा विद्यालयको द्वन्द्व व्यवस्थापनले शैक्षिक क्षेत्रमा सुधार पु¥याउनुका साथै शिक्षण सिकाइ प्रक्रियामा गुणस्तरीयता बढाइ दिने कार्य भएको छ । त्यसैगरी द्वन्द्व व्यवस्थापनका लागि शिक्षकहरूले आवश्यकता अनुसार सल्लाहकारको भूमिका, अभिनयकर्ताको भूमिका, निष्पक्षकर्ताको भूमिका सुपरीवेक्षकको भूमिका समन्वयकर्ता र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाइन्छ । शिक्षकहरूले विद्यालयमा उत्पन्न द्वन्द्व न्यूनीकरणका निम्न उपायहरू अपनाएको देखिन्छः सहभागितामा वृद्धि, सहमति गर्ने, त्यागगर्ने, सहयोगको आदानप्रदान, स्रोतमा वृद्धि पारस्परिक समझदारी, समस्याप्रतिको चेतना र विद्यालयलाई शान्ति क्षेत्रको रूपमा लिएर विद्यालयमा उत्पन्न द्वन्द्वको न्यूनीकरण गर्ने गरेको पाइन्छ र धेरै विद्यालयहरूमा शिक्षकहरूले यिनै उपायहरू द्वारा द्वन्द्व व्यवस्थापनका कार्य र न्यूनीकरणका कार्य गरेको पनि अध्ययनका क्रममा पाइयो । विद्यालयका सरोकारवालाहरूको तालिम र गोष्ठिद्वारा क्षमता अभिवृद्धि गरी द्वन्द्व व्यवस्थापनका लागि सक्षम बनाउनु पर्ने देखिन्छ । द्वन्द्वलाई नदबाई सक्दो प्रत्यक्ष समझदारी, अन्तरक्रिया, छलफल र कुराकानी उपचारद्वारा द्वन्द्वको समाधान तथा व्यवस्थापन गर्नु पर्ने देखिन्छ किनभने द्वन्द्वलाई दमन गर्न थालियो भने यसवाट झन नकारात्मक परिणाम उत्पन्न हुन सक्छ ।
URI: http://elibrary.tucl.edu.np/handle/123456789/1599
Appears in Collections:English Language Education

Files in This Item:
File Description SizeFormat 
final Thesis.pdf313.44 kBAdobe PDFThumbnail
View/Open
Front page Thesis.pdf175.37 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.