Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/1633
Title: उरांव तथा गैर उरांव समुदायका विद्यार्थीको प्राथमिक तहमा सहभागिता र शैक्षिक उपलब्धि एक तुलनात्मक अध्ययन Urab tatha Gair Urab Samudayaka Bidhyarthiko Prathamik Tahamaa sahabhagita ra Shaikshik Upalabdhi ek Tulanatmak Adhyayan
Authors: Karki कार्की, Bhim Bahadur भीम बहादुर
Keywords: Urab Jati;Primary education;Comparative study
Issue Date: 2068
Publisher: महेन्द्र रत्न वहुमुखी क्याम्पस इलाम Mahendra Ratna Multiple Campus, Ilam
Abstract: प्रस्तुत अध्ययन उरांव तथा गैर उरांव वालवालिकाको प्राथमिक तहमा सहभागिता विषयमा गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य उरांव र गैर उरांव समुदायका वालवालिकाको प्राथमिक तहमा भर्ना स्थिती पत्ता लगाउने ,विद्यालय छाडने दर पत्ता लगाउन, शैक्षिक उपलब्धि स्तरको तुलना गर्ने साथै शैक्षिक उपलब्धिमा प्रभावपार्ने तत्वहरुको खोजी गर्ने रहेको छ । त्यसैले प्रस्तुत अनुसन्धानमा उरांव तथा गैर उराव समुदायका विद्यार्थीहरूको प्राथमिक तहमा सहभागिता, तिनीहरूको शैक्षिक उपलव्धि, अभिभावकको शिक्षाप्रतिको धारणा तथा परिवारमा वाल–वालिकाको अवस्थाको तुलनात्मक अध्ययन गर्ने यस उद्देश्य राखिएको थियो । यस अध्यनमा परिणात्मक र गुणात्मक दुवैको प्रयोग गरिएको थियो । उपयुक्त उद्देश्य पुरा गर्नका लागि झापा जिल्लाको टागनडुब्बा र तोपगाछी गा.वि.स. भित्रका दुई दुई वटा सार्वजनिक विद्यालय लिइएको थियो । अन्तरवार्ताको लागि सम्वन्धित प्रत्येक विद्यालयवाट कक्षा १–५ सम्म अध्ययन गर्ने प्रत्येक कक्षाबाट २ जनाका दरले १० उरांव र १० जना गैर उरांव विद्यार्थी गरी जम्मा ८० जना र छनौटमा परेका विद्यालयहरूका ५ जनाका दरले प्रत्येक विद्यालयबाट पर्ने गरी जम्मा २० जना अभिभावक छनौट गरिएको थियो । वालवालिकाको भर्ना, विद्यालय छोड्ने, विद्यालय उपस्थिति) शैक्षिक उपलव्धि सम्वन्धि तथ्यांक संकलन गर्न फारम तयार पारिएको थियो भने अभिभावक, प्र.अ.,शिक्षक,वि.व्य.स. अध्यक्ष र विद्यार्थीका लागि अन्तवार्ताको लागि प्रश्नावली तयार पारिएको थियो । प्राप्त तथ्यांक लाई मल्टिपल वार डायग्राम र सहसम्वन्धको गुणांक गणना गरि निकालिएको छ । प्रस्तुत अनुसन्धानवाट गैर उरांव विद्यार्थीहरूको तुलनामा उरांव समुदायका विद्यार्थीहरूका अभिभावक प्राय अशिक्षित, कमजोर आर्थिक अवस्था भएका कारण सार्वजनिक प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना कम तथा विद्यालय छोड्नेको संख्या बढिरहेको पाइयो । तर गैर उरांव समुदायका विद्यार्थीहरूका अभिभावक शिक्षित, उनिहरूको आर्थिक अवस्था राम्रो र थोरै सन्तान भएकाले आफ्ना वालवालिकाको शिक्षा प्रति चेतनशिल रहेको पाइयो । फलस्वरुप उरांव समुदायका विद्यार्थीको तुलनामा गैर उरांव समुदायका विद्यार्थीको विद्यालय उपस्थिति बढि रहेको पाइयो । प्रायजसो उरांव समुदायका अभिभावकको मुख्य पेशा कृषि भएका कारण उनीहरूका वालवालिकाले घरायसी काममा बढि सघाउनुपर्ने भएकाले उरांव समुदायका विद्यार्थीको शैक्षिक उपलव्धि गैर उरांव समुदायका विद्यार्थीको तुलनामा कम रहेको पाइयो । टागनडुब्बा र तोपगाछी गा.वि.स. मा संचार, यातायातको राम्रो विकास नभएकाले गर्दा विद्यालयमा वालवालिका पठाउनुपर्छ भन्ने कुरामा भिन्नता देखिएको छ । तर विविध कारणहरूले गर्दा उरांव वालवालिकाहरू विद्यालय वाहिर रहेका पाइयो । उरांव वालवालिकाको प्राथमिक तहमा सहभागिता वृधि गर्नका लागि सरकारी निति नियमको निर्माण र कार्यन्वयन तहमा कडाइ गर्नु पर्नै, छात्रबृति लगायन अन्य प्रोत्साहन कायृक्रम संचालन गर्न लगाउनु पर्ने देखियो । शिक्षकहरुले समुह कृयाकलाप गर्न लगाई प्रयोगात्मक विधिको प्रयोग गरि शिक्षण गर्नु पर्छ। उरांव अभिभावकलाइ छुटै शैक्षिक चेतना सम्बन्धि कार्यक्रम संचालन गर्नुपर्छ । उरांव बालबालिकाको शैक्षिकस्तर उकास्ने थप कार्यक्रम ल्याउनु पर्छ । सरकार बाट प्राप्न हुने विभिन्न सुविधाको अवसर उरांव वालवालिककालाई दिनूपर्छ ।
URI: http://elibrary.tucl.edu.np/handle/123456789/1633
Appears in Collections:English Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page and appendix.pdf241.53 kBAdobe PDFThumbnail
View/Open
thesis .pdf347.58 kBAdobe PDFThumbnail
View/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.