Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/19502
Title: माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययन वनियानी, झापा (Madhyamik tahama garieko aarthik lagani ra shaikshik kshatiko ek adhyayan Baniyani, Jhapa)
Authors: भट्टराई Bhattarai, गायत्रा Gayatra
Keywords: आर्थिक लगानी Economic investment;शैक्षिक क्षति Educational Kshati
Issue Date: 2017
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: “माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययन; बनियानी, झापा” शिर्षक राखी गरिएको यस अध्ययनको मुख्य उद्देश्य माध्यमिक तहको विद्यार्थी प्रवाह दर पत्ता लगाउनु, माध्यमिक तहको शैक्षिक क्षति गणना गर्नु र माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धीको तुलनात्मक अध्ययन गर्नु रहेको छ । यस उद्देश्यलाई प्राप्त गर्न उद्देश्यमूलक नमुना छनोट अन्तर्गत बनियानी गा.वि.स लाई नमुना को रुपमा लिइएको छ भने उक्त गा.वि.स का दुई माध्यमिक विद्यालयहरू लक्ष्मी उच्च माध्यमिक विद्यालय र विद्या निकेतन माध्यमिक विद्यालयलाई शत प्रतिशत छनोट गरिएको छ । त्यसैगरी विद्यालयका विद्यार्थी, शिक्षक र प्रधानाध्यापक पनि शत प्रतिशत नै छनोट गरिएको छ । यस अध्ययनका लागि शोधकर्ता स्वयम् उपस्थित भई विद्यालयमा विद्यार्थी प्रवाहदरको अवस्था थाहा पाउन विद्यार्थी, अभिभावक, प्र.अ., विद्यालय परिवार, जिम्मेवार निकाय समेतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष अन्र्तवार्ता, प्रश्नोत्तर, छलफल आदि कार्य सञ्चालन गरिएको छ । यसकालागि तथ्याङ्क संकलन कार्य गुणात्मक साथै परिमाणात्मक विधिबाट प्राथमिक र आवश्यक परेका तथ्याङ्क द्वितिय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिकामा प्रस्तुत गरी तिनको व्याख्या र विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्नावली निर्माण गरी प्र.अ., शिक्षक, विद्यार्थी, अभिभावकलाई प्रत्यक्ष अन्र्तवार्ता लिइ तथ्याङ्क संकलन गरिएको छ । द्वितीय तथ्याङ्कहरु विभिन्न लेख, रचना, पत्रपत्रिका, गा.वि.स., जि.वि.स.को कार्यालय, शिक्षा कार्यालय, केन्द्रिय तथ्याङ्क विभाग, अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कलाई साथै विद्यालयका विद्यार्थी अभिलेखबाट संकलन गरिएको छ । माध्यमिक विद्यालयमा विद्यार्थी प्रवाहदरलाई हेर्दा माध्यमिक तहमा वार्षिक औषत ७ सय ६७ जना विद्यार्थी भर्ना भएको देखियो, जसमा ४६.८८ प्रतिशत छात्रा रहेका छन् भने ५३.०९ प्रतिशत छात्र रहेको छ । तीनवटा शैक्षिक वर्षको औषत प्राप्तांकलाई हेर्दा माध्यमिक तहको उत्र्तिण दर ८५ प्रतिशत रहेको छ । त्यस्तै, कक्षा दोहो¥याउने दर १३.८९ प्रतिशत रहेको छ भने विचैमा कक्षा छोड्ने दर १.५१ प्रतिशत रहेको छ । माध्यमिक विद्यालयहरुको माध्यमिक तहको शैक्षिक क्षति गणना गर्दा शैक्षिक वर्ष २०७० मा १.५९ छ भने आन्तरिक दक्षता ६३ प्रतिशत रहेको छ । यस्तै, शैक्षिक वर्ष २०७१ मा शैक्षिक क्षति १.७५ रहेको छ भने आन्तरिक दक्षता ५७ प्रतिशत रहेको छ, जसमा श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयको औषत शैक्षिक क्षति १.७७ रहेको छ भने आन्तरिक दक्षता ५६ प्रतिशत छ । त्यस्तै गरि विद्या निकेतन माध्यमिक विद्यालयको औषत शैक्षिक क्षति १.०४ रहेको छ भने आन्तरिक दक्षता ९५ प्रतिशत रहेको छ। माध्यमिक विद्यालयहरूको प्रत्येक शैक्षिक वर्षको औषत आम्दानी १ करोड, ३५ लाख २३ हजार, १ सय ९८ रुपैया ३३ पैसा रहेको छ । यसमा, कुल आम्दानीको ६५.२ प्रतिशत रकम अनुदान स्वरुप प्राप्त भएको छ जुन श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयलाई मात्र प्राप्त भएको छ । त्यस्तैगरी, ०.१५ प्रतिशत छात्रवृत्तिबाट, ३५.०६ प्रतिशत रकम विद्यार्थी शुल्क वापत र ०.५८ प्रतिशत रकम अन्य श्रोतहरूबाट सङ्कलन गरिएको पाइन्छ । माध्यमिक विद्यालयहरुको वार्षिक औषत लगानी १ करोड, २ लाख, ३७ हजार, ५ सय ९३ रुपैया ६७ पैसा रहेको पाइयो । जसमा कुल लगानीको ७३.०८ प्रतिशत शिक्षक तलव तथा भत्तामा खर्च भएको पाइन्छ । यस्तै, ५.९५ प्रतिशत शैक्षिक क्रियाकलापमा, २.२६ प्रतिशत मसलन्द खर्च, ०.२३ प्रतिशत छात्रवृत्तिमा, १५.६१ प्रतिशत रकम विद्यालयको पूजीँगत खर्च, २.८६ प्रतिशत रकम अन्य विभिध क्षेत्रमा खर्च हुने गरेको छ । तर अतिरिक्त क्रियाकलापमा खासै लगानी गरिएको देखिदैन । प्रति विद्यार्थी अभिभावकको औषत वार्षिक लगानी २३ हजार, ६ सय ३३ रुपैया ३३ पैसा रहेको छ । कूल लगानीको २.७५ प्रतिशत रकम भर्नामा खर्च हुने गरेको छ भने ३३.४३ प्रतिशत मासिक शूल्कमा, २४.१९ प्रतिशत खाजामा, ९.२४ प्रतिशत पोषाकमा, १५.३० प्रतिशत शैक्षिक सामाग्रीमा, १५.०९ प्रतिशत अन्य विभिन्न क्षेत्रमा खर्च हुने गरेको छ । आर्थिक लगानीलाई हेर्दा श्री लक्ष्मी माध्यमिक विद्यालयमा सरकारी लगानी बढि रहेको पाइयो भने विद्या निकेतन माध्यमिक विद्यालयमा निजी लगानी बढी रहेको छ । माध्यमिक विद्यालयहरुको विगत तीनवटा शैक्षिक वर्षको एस.एल.सी. परिक्षाको शैक्षिक उपलब्धीलाई हेर्दा शैक्षिक वर्ष २०७० मा जम्मा उत्र्तिण प्रतिशत ७०.३ रहेको छ भने शैक्षिक वर्ष २०७१ मा उत्र्तिण प्रतिशत वृद्धि भएर ७७.०५ प्रतिशत भएको छ । यस्तै शैक्षिक वर्ष २०७२ मा यसमा केहि ह्रास भएर ७६.२४ प्रतिशत भएको छ । उत्तिर्ण प्रतिशतमा ह्रास भएपनि यस शैक्षिक वर्ष २०७२ मा विद्यार्थीको प्रप्ताङ्कमा भने क्रमशः वृद्धि भएको छ । यसैगरि, वार्षिक औषत उत्र्तिण प्रतिशत ७४.५६ रहेको छ । तिन शैक्षिक वर्षमा जम्मा ८ सय ६१ परिक्षार्थी मध्ये ४० जना विशिष्ट श्रेणी र १ सय ८९ जना प्रथम श्रेणी , ३२२ जना द्धितिय श्रेणी र ९२ जना तृतिय श्रेणी गरि जम्मा ६ सय ४३ जना उत्तिर्ण भएको छ । अर्थात्, जम्मा उत्तिर्ण प्रतिशत ७४.६८ प्रतिशत मात्र रहेको छ । माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धीको तूलना गर्दा शैक्षिक वर्ष २०७० मा विद्यालयको कूल लगानी ९१ लाख, ५० हजार, १ सय ६५ रहेको छ र अभिभावकको लगानी २१ हजार ५० रहेको छ भने जम्मा विद्यार्थी उत्तिर्ण प्रतिशत ७०.३ प्रतिशत रहेको छ । यसैगरी, शैक्षिक वर्ष २०७१ मा आर्थिक लगानीमा वृद्धि गर्दा शैक्षिक उपलब्धीमा पनि करिब ७ प्रतिशतले वृद्धि भएको भएको छ । यस्तै, शैक्षिक वर्ष २०७२ मा आर्थिक लगानीमा वृद्धि गर्दा शैक्षिक उपलब्धीमा भने खासै वृद्धि भएन तर प्राप्ताङ्क भने वृद्धि भएको छ । यसरी हेर्दा पछिल्लो शैक्षिक वर्षमा आर्थिक लगानीमा वृद्धि गर्दा विद्यार्थी उत्तिर्ण प्रतिशतमा वृद्धि नभएको देखिए पनि विद्यार्थीको प्राप्ताङ्क र उत्तिर्ण सङ्ख्यामा भने वृद्धि भएको छ । अन्त्यमा, माध्यमिक तहमा लगानी भए अनुरुप शैक्षिक क्षति वढिरहेको छ भने अपेक्षित शैक्षिक उपलब्धी प्राप्त हुन सकेको छैन । यसलाई कम गर्न र शैक्षिक उपलब्धीमा वृद्वि गर्न छात्रवृत्तिमा लगानी वृद्वि गर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्वन गर्नुपर्ने, शैक्षिक प्रणालीको निरन्तर अनुगमन गर्नुपर्ने, समय–समयमा शिक्षक अभिभावक भेला राख्नुपर्ने र आगामी अनूसन्धानकालागि सूझावहरु प्रस्तुत गरिएको छ ।  
URI: https://elibrary.tucl.edu.np/handle/123456789/19502
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf88.28 kBAdobe PDFView/Open
Chapter Page.docx171.37 kBMicrosoft Word XMLView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.