Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/19530
Title: सामुदायिक तथा संस्थागत मा.वि. मा आर्थिक लगानी र शैक्षिक उपलब्धी एक अध्ययन : जलथल गा.वि.स, झापा (Samudayik tatha sansthagat ma. vi. ma aarthik lagani ra shaikshik upalabdhi ek adhyayan : Jalthal ga.bi. sa. Jhapa)
Authors: भट्टराई Bhattarai, सविना Sabina
Keywords: आर्थिक लगानी Economic investment;शैक्षिक उपलब्धि Shaikshik upalabdhi
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Faculty of Education
Level: Masters
Abstract: सामुदायिक तथा संस्थागत.माध्यमिक विद्यालयमा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक अध्ययन ः जलथल गा.वि.स.,झापा शीषकमा गरिएको एक अनुसन्धान हो । यसमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयको आम्दानीको स्रोत तथा खर्चका क्षेत्रहरु पहिचान गर्नु, सामुदायिक तथा संस्थागतमाध्यमिक विद्यालयको प्रति एकाई विद्यार्थी लागत अनुमान गर्नु र सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयकोे प्रति विद्यार्थी लागत र शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । शोधपत्रको उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक तरिकाबाट तथ्याङ्क संकलन गरी वर्णनात्मक र व्याख्यात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक स्रोत र अपूरा तथ्याङ्क द्धितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिका र स्तम्भचित्रको माध्यमवाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतवाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्न निर्माण गरी माध्यमिक विद्यालयका प्र.अ., अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति लाई प्रत्यक्ष रुपमा प्रश्न सोधेर संकलन गरिएको थियो भने यसका साथै अवलोकन सुचि र छलफल निदशिकाको माध्यमवाट प्रत्यक्ष अवलोकन र लक्षित समुह छलफल सञ्चालन गरी प्राथमिक तथ्याङ्क संकलन गरीएको थियो जसका लागि उद्देश्यमुलक र सुविधाजनक नमुना छनौटका आधारमा जलथल गा.वि.स. मा रहेका सामुदायिक तर्फ श्री लक्ष्मी माध्यमिक विद्यालय र संस्थागत तर्फ चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयलाई छनौट गरिएको थियो । द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित गा.वि.स., अर्थ मन्त्रालय, माध्यमिक शिक्षा परिषद, जिल्ला शिक्षा कार्यालय, केन्द्रीय तथ्याङ्क विभाग, पत्रपत्रिका र अन्य प्रकाशित तथा अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको छ । सामुदायिक र संस्थागत माध्यमिक विद्यालयको भौतिक अवस्था हेर्दा ६ वटा पक्की भवन रहेको सामुदायिक माध्यमिक विद्यालयको कक्षाकोठामा औषतमा ४जना विद्यार्थी बराबर १ डेक्स बेञ्चको व्यवस्था भएको र प्रति विद्यार्थी क्षेत्रफल २.४४ वर्ग फिट रहेको पाइयो भने संस्थागत विद्यालयमा २ वटा पक्की भवन भएकोमा जसमा कक्षाकोठामा औसतमा ३ जना विद्यार्थी बराबर १ वटा डेक्स बेञ्चको ब्यवस्था भएको र प्रति विद्यार्थी २.५७ वर्ग फिट क्षेत्रफल रहेको देखियो । दुवै माध्यमिक विद्याललयमा खेल मैदान रहेको, १÷१ वटा पुस्तकालय, कम्प्युटर कक्षा र शौचालयको सुविधा दुवै विद्यालयमा रहेको पाइयो । पिउने पानीको लागि दुवै विद्यालयमा टयुवेलको व्यवस्था रहेको पाइयो । रहेको सामुदायिक माध्यमिक विद्यालयको कक्षाकोठामा औषतमा ४जना विद्यार्थी बराबर १ डेक्स बेञ्चको व्यवस्था भएको र प्रति विद्यार्थी क्षेत्रफल २.४४ वर्ग फिट रहेको पाइयो भने संस्थागत विद्यालयमा २ वटा पक्की भवन भएकोमा जसमा कक्षाकोठामा औसतमा ३ जना विद्यार्थी बराबर १ वटा डेक्स बेञ्चको ब्यवस्था भएको र प्रति विद्यार्थी २.५७ वर्ग फिट क्षेत्रफल रहेको देखियो । दुवै माध्यमिक विद्याललयमा खेल मैदान रहेको, १÷१ वटा पुस्तकालय, कम्प्युटर कक्षा र शौचालयको सुविधा दुवै विद्यालयमा रहेको पाइयो । पिउने पानीको लागि दुवै विद्यालयमा टयुवेलको व्यवस्था रहेको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/19530
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf210.19 kBAdobe PDFView/Open
Chapter Page.pdf637.67 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.