Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/19544
Title: खाद्यान्न उत्पादन, उपभोग र शैक्षिक अवस्थाको विश्लेषणात्मक अध्ययन (त्रिवेणी गा.वि.स., पर्वत) (An analytical study of food production, consumption and educational conditions (Triveni Village, Parvat))
Authors: पाण्डे Pande, ऋषिराम Rishiram
Keywords: खाद्यान्न उत्पादन khadyanna utpadan;शैक्षिक अवस्था Educational status
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: खाद्यान्न उत्पादन, उपभोग र शैक्षिक अवस्थाको विश्लेषणात्मक अध्ययन गर्न तयार गरिएको यस शोधपत्रमा नमुना छनोटमा परेका पर्वत जिल्ला त्रिवेणी गा.वि.स. वडा नं १ र २ मा रहेका सम्पूर्ण घरधुरीहरुको खाद्यान्न उत्पादनको परिमाण, ग्रामिण जनताको खाद्यान्न उपभोगको अवस्था र स्थानीय किसानको पारिवारीक आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको थियो । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र द्घितीय स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्ककलाई आवश्यकता अनुसार तालिका, स्तम्भचित्र, र वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट तथ्यांक संकलन गर्दा अध्ययन क्षेत्रका घरधुरीहरुलाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो भने यसका साथै अवलोकन र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन र लक्षित समूह छलफल संचालन गरी प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । जसका निम्ति उद्देश्यमूलक र सुविधाजनक नमूना छनोट विधिका आधारमा अध्ययन क्षेत्र, वडा र उक्त वडामा रहेका घरधुरीहरुलाई छनोट गरिएको थियो । जसमा त्रिवेणी गा.वि.स. का वडा नं १ र २ का ९५ घरधुरीलाई संगणना नमुना विधिको आधारमा छनोट गरिएको थियो । द्घितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास समितिको कार्यलय, अर्थमन्त्रालय, कृषि सेवा केन्द्र, गा.वि.स.को कार्यलय, विद्घानहरुका लेख रचना र अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको थियो । अध्ययन क्षेत्रमा खाद्यान्न बाली अन्तर्गत धान, मकै, गहँु र कोदोको खेतीको अध्ययन गरिएको थियो । यस क्षेत्रमा खाद्यान्न बाली लगाएको क्षेत्रफल ८०९ रोपनी रहेको थियो । जसमा धान, मकै, गहँु र कोदो लगाएको क्षेत्रफल क्रमशः ३००, २७५, ९४ र १४० रोपनी रहेको थियो । जसमा सवैभन्दा बढी धानबाली लगाएको क्षेत्रफल रहेको पाइयो । खाद्यान्न उत्पादन तर्फ कुल २,५८,५२५ के.जी. रहेको पाईयो । जसमा धानको उत्पादन ४४.७२ प्रतिशत, मकैको उत्पादन ४०.८४ प्रतिशत, गहँुको उत्पादन ६.१९ प्रतिशत र कोदोको उत्पादन ८.३४ प्रतिशत रहेको पाईयो । अध्ययन क्षेत्रमा खाद्यान्न उपभोगको अवस्थालाई हेर्दा खाद्यान्नको कुल उपभोग परिमाण ३,३४,४०० के.जी. रहेको छ । जसमा स्वयं आफनो उत्पादनबाट उपभोग परिमाण २,५८,३३२ रहेको देखियो भने खरिदबाट उपभोग परिमाण ७६,०६८ के.जी. रहको पाईयो । सम्पूर्ण खाद्यान्नको औसत माग, उत्पादन र अपुगको अवस्थालाई अध्ययन गदा प्रतिघरधुरी औसत माग ३,५२० के.जी., औसत उत्पादन २,७१९.२८ के.जी. र औसत अपग खाद्यान्न ८००.७१ के.जी. रहेको देखिन्छ । प्रतिव्यक्ति औसत माग, उत्पादन र अपुगको अवस्थालाई अध्ययन गर्दा प्रतिव्यक्ति औसत माग ५५७.३३ के.जी., औसत उत्पादन ४३०.५५ के.जी. र अपुग खाद्यान्न १२६.७८ के.जी. रहेको देखिन्छ । अध्ययन क्षेत्र खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको पाईन्छ । आफूले उत्पादन गरेको खाद्यान्नबाट खान पुग्ने समयलाई हेर्दा १ देखी ३ महिना सम्म पुग्ने घरधुरी प्रतिशत २५.२६ र बेचबिखन गर्न पुग्ने घरधुरी ४.२१ प्रतिशत रहेको देखिन्छ । खाद्यान्नको गुणलाई हेर्दा अध्ययन क्षेत्रमा रहेका उत्तरदाताहरुले जनाएको प्रतिक्रिया हेर्दा धानमा जर्नेली, मकैमा मनकामना १, गहुँमा धौलागिरी र कोदोमा डल्लेलाई राम्रो गुणको रुपमा उल्लेख गरेको पाईन्छ । अध्ययन क्षेत्रका ९५ घरधरीले खाद्यान्न तथा अन्यक्षेत्र कृषि तथा पशुपालन, व्यापार तथा उधोग, वैदेशिक रोजगार र ज्यालामजदुरीबाट प्राप्त वार्षिक कुल आय रु.२,०१,३६,५०० रहेको छ भने खर्चतर्फ पारिवारीक वार्षिक कुल खच रु.१,२५,८१,१०० रहेको छ भने कुल वार्षिक बचत रु.७५,५५,४०० रहेको छ । त्यसैगरि प्रतिघरधुरी औषत वार्षिक आय रु.२,११,९६३ रहेको छ । प्रतिघरधुरी वार्षिक औसत खर्च रु.१,३२,४३२.६३ रहको पाईन्छ भने प्रतिघरधुरी वार्षिक बचत रु.७९,५३०.५३ रहेको पाईन्छ । अध्ययन क्षेत्रमा आर्थिक रुपले सक्रिय जनसंख्या १५–६० वर्षका ५८.५ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रको शैक्षिक अवस्थालाई हेर्दा साक्षर जनसंख्या ४७४ जना अर्थात ९२.०३ प्रतिशत रहेको र त्यस्तै गरी निरक्षर तर्फ जम्मा ४१ जना अर्थात ७.९७ प्रतिशत रहेको पाईन्छ । अध्ययन क्षेत्रमा रहेका घरधुरीको पारिवारिक आम्दानीका आधारमा सरकारी तथा निजी विद्यालयमा पठाउने बालबालिकाहरुलाई देखाईएको छ । जहाँ आम्दानी बढी भएका घरपरिवारले निजी विद्यालयमा पठाएको पाइयो भने कम आम्दानी भएका घरधुरीले आफना बालबालिकाहरुलाइ सरकारी विद्यालयमा पठाएको अध्ययनले देखाएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/19544
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Chapter Page.pdf672.16 kBAdobe PDFView/Open
Cover Page.pdf267.3 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.