Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20458
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorलुइटेल Luitel, भिमप्रसाद Bhimprasad-
dc.date.accessioned2023-11-03T10:29:14Z-
dc.date.available2023-11-03T10:29:14Z-
dc.date.issued2015-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/20458-
dc.description.abstractसामाजिक पाठ्यक्रमको मूल्याङकन शीर्षकमा तयार गरिएको यो शोध अध्ययनको प्रमुख उद्देश्य सामुदायिक विद्यालयका सामाजिक पाठ्यक्रमको मूल्याङ्कन गर्नु रहेको छ । यस अध्ययन कार्यलाई अगाडि बढाउनको लागि मोरङ जिल्ला सौठा स्रोत केन्द्रबाट संचालित ३६ वटा सामुदायिक विद्यालयहरूमध्ये ४ वटा सामुदायिक विद्यालयहरूलाई नमूनाको रूपमा लिइएको छ । उक्त ४ वटा विद्यालयका ४ जना प्र.अ. २० जना विद्यार्थी ४ जना विषय शिक्षक १ जना स्रोतव्यक्ति गरी जम्मा २९ जनालाई नमूना छनौटका लागि लिइएको छ । यस शोधको नमूना छनौट गर्दा विद्यार्थीहरूलाई सम्भावनायुक्त नमुना छनौट विधिको आधारमा गरिएको छ भने विद्यालय, प्र.अ., शिक्षक, स्रोतव्यक्तिलाई उद्देश्यमूलक नमुना छनौट विधिको आधारमा चयन गरिएको छ । यस शोधकार्यलाई पुष्टि गर्नको लागि व्याख्यात्मक, विवरणात्मक, विश्लेषणात्मक विधि अपनाउनुको साथै गुणात्मक ढाँचाको अबलम्बन गरिएको छ । प्रस्तुत शोधकार्यलाई पूर्णता प्रदान गर्नका लागि यस विषयसँग सम्बन्धित विभिन्न लेख, रचना, पुस्तकहरूलाई लिई सम्बन्धित साहित्यको पुनरावलोकन गरिएको छ जसमा स्टफलविमद्वारा प्रतिपादित सि.आई.पि.पि. नमुना सिद्धान्तलाई राखिएको छ । विषयको सान्दर्भिकता र आवश्यकता हेरी अन्तर्वार्ता, प्रश्नावली तथा छलफल विधि जस्ता साधनहरू अपनाइएका छन् । यस शोधपत्रका मुख्य प्राप्तिहरूमा सामाजिक विषयको शिक्षक निर्देशिका तथा पाठ्यक्रमको प्रयोग सन्तोषजनक नभएको पाइयो । सामाजिक विषयभित्रका चित्रहरू स्पष्ट र रङ्गीन रुपमा नराखिएको पाइयो । सामाजिक विषयका शिक्षण विधिहरूको प्रयोग गरेको पाइयो । शिक्षण विधिहरूको सबै विद्यालयमा प्रयोग भए तापनि शैक्षिक उपलब्धि भने एउटै रूपमा नरहेको पाइयो । सामाजिक विषय आफ्नो विषय विज्ञबाट पढाइ नभएको अवस्था पाइयो पर्याप्त मात्रामा विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूको उपलब्धता रहेको पाइयो । सामाजिक शिक्षण विधिहरू सबै विद्यालयहरूले प्रयोग गरे तापनि सौठा उच्च मा.वि.को शैक्षिक अवस्था राम्रो रहेको पाइयो भने सुनवर्षी उच्च मा.वि.को अन्य विद्यालयको तुलनामा कमजोर अवस्था रहेको पाइयो । यस शोधका लागि मुख्य सुझावहरूको रुपमा सामाजिक विषय विज्ञबाट मात्र पढाइ हुनुपर्ने, विद्यार्थीहरूको इच्छा, स्तर र रुचिका आधारमा पाठ्यक्रम निर्माण गरिनु पर्ने, पाठ्यक्रमभित्रका चित्रहरू स्पष्ट र रङ्गिन राखिनुपर्ने, छोटो छोटो समयमा विषय शिक्षकलाई आधुनिक उपकरणको प्रयोग सम्बन्धी तालिका दिनुपर्ने, शिक्षक निर्देशिका र पाठ्यक्रमको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ । समय समयमा शैक्षिक भ्रमण विद्यार्थीहरूलाई गराउनुपर्ने अवस्था उचित देखिन्छ ।en_US
dc.language.isoneen_US
dc.publisherपाठ्यक्रम तथा मूल्याङ्कन विभागen_US
dc.subjectसामुदायिक विद्यालय Samudayik bidyalayaen_US
dc.subjectसामाजिक पाठ्यक्रम Samajik Pathyakramen_US
dc.subjectसामाजिक अध्ययन Samajik adhyayanen_US
dc.subjectशिक्षण विधि Shikshan vidhien_US
dc.titleसामाजिक पाठ्यक्रमकाे मूल्याङ्कन (Samajik pathyakramko mulyangkan)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस कोसीहरैँचा, मोरङen_US
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page(1).pdf64.19 kBAdobe PDFView/Open
Chapter Page(1).pdf265.96 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.