Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20525
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorचौधरी Chaudhary, राकेश कुमार Rakesh Kumar-
dc.date.accessioned2023-11-07T07:14:09Z-
dc.date.available2023-11-07T07:14:09Z-
dc.date.issued2016-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/20525-
dc.description.abstractप्रस्तुत शोधपत्र प्राथमिक शिक्षामा मधेशी दलित बालिकारुहको संलग्नता भन्ने शीर्षकमा तयार पारिएको छ । यस अनुसन्धानको प्रमुख उद्देश्य मधेशी दलित बालिकाहरुको शैक्षिक पहुँच पत्ता लगाउन, विद्यालय नजानुका कारणहरु पत्ता लगाउनु र मधेशी दलित बालीकाहरुको शैक्षिक पहुँचमा सुधार ल्याउनका लागि सुझाव दिनु रहेको छ । यस अध्ययनका उदेश्य प्राप्तिका लागी सम्बन्धित साहित्यको पूनरावलोकन गर्दा बिभिन्न सोध, लेख, रचनालाई पूनरावलोकन गरीएको छ भने सैद्धान्तिक खाका का रुपमा कार्ल मार्कसको द्धन्दात्मक सिद्धान्त, म्याक्स वेवरको विभेदिकरणको सिद्धान्त र पाउला े फेरेको पिछिडिएकाहरुको लागी शिक्षा सम्बन्धि दृष्टिकोणलाई उपयोग गरिएको छ । यस अध्ययनको उद्देश्य प्राप्तिका लागि गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित रही उद्देश्यमूलक र संभावनायुक्त नमुना छनोट विधिबाट सिप्तरी जिल्लाको ४ वटा विद्यालयहरु, ती विद्यालयका प्र.अ.ह, अभिभावकहरु, शिक्षकहरु र विद्यार्थीहरुलाई नमुनाका रुपमा लिइएका े छ । अध्ययनका लागि आवश्यक पर्ने तथ्याङ ् कहरु प्राथमिक र द्धितीय स्रोतहरुबाट संकलन गरिएको छ । जुन तथ्याङ ् कहरु अन्तर्वार्ता, अवलोकन, प्रश्नावलीद्धारा प्रत्यक्ष भेटघाट र स्थलगत सर्वेक्षणद्धारा संकलन गरिएको छ । संकलित तथ्याङ ् कहरु वर्णात्मक तथा विश्लेषणात्मक तरीकाबाट विश्लेषण गरिएका छन ् । यस मधेशी दतिल बालिकाहरुको शैक्षिक क्रियाकलपामा संलग्नता कम रहेको देखिन्छ । शिक्षा र अन्य सुविधाबाट बिमुख रहेका मधेशी दलितहरुको अवस्था कमजोर रहेको देखिन्छ । घरको पारिवारिक वातावरण, आर्थिक अवस्था आदिले गर्दा बालबालिकाहरु नियमित रुपमा विद्यालयमा उपस्थित हुन सकिरहेका छैन ् । समयमा शैक्षिक सामग्री नभेटनुले उनीहरुको उतिर्ण दर कमजोर देखिन्छ । अध्ययन क्षेत्रका विद्यालयमा गैर दलित विद्यार्थीहरुको तुलनामा मधेशी दलित बालिकाहरुको संख्या कम देखिन्छ । साथै गैर दलितको तुल्नामा यिनीहरुको शैक्षिक उपलब्धिको स्तर न्यू न देखिन्छ । विद्यालयमा छुवाछुत सम्बन्धि नराम्रो व्यवहार नभए पनि सामाजिक आर्थिक अवस्था, साँस्कृतिक वातवरण, छिटो विवाह र घरको कामले विद्यालय बीचमै छाडने गरेका े देखिन्छ । अभिभावकको पेशा शिक्षा आर्थिक अवस्था आदि संग बालिकाहरुको शिक्षा प्रभावित भएको देखिन्छ । आर्थिक समस्या, अभिभावकमा चेतनाको कमि, परम्परागत विचार, महिलाहरु निरक्षर हुनु र बालिकाहरुलाई विद्यालय पठाउनु पर्छ भन्ने कारणहरुले उनीहरुको शैक्षिक अवस्थामा प्रभाव पारेको देखिन्छ । विद्यालयमा मधेशी, दलित बालिकाहरुको शिक्षामा सहभागिता र शैक्षिक कार्यक्रममा सुधार गर्नका लागि विद्यालयहरुले जनचेतनामूलक घरदैला े कार्यक्रम, आमभेला कार्यक्रम, सिपमूलक कार्यक्रम, आदि संचालन गरी उनीहरुको शैक्षिक अवस्थामा सुधा रगर्न सकिन्छ । यिनीहरुलाई छात्रवृत्ति, निःशूल्क पाठ ् यपुस्तक वितरण, शिक्षण कार्यक्रममा सहभागि, विद्यालयबाहिर छुवाछुत भेदभाव हटाउने कार्यक्रमहरु, रुढीवाद बारे चेतना अभिबृद्धि र पिछडिएको दलितलाई छुट्टै शैक्षिक आरक्षणको व्यवस्था गरि मधेशी दलित बालिकाहरुको शैक्षिक अवस्थामा सुधार गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ । त्यसपछि नितीगत तहमा विभिन्न कार्यक्रमहरु सँचालन, अभ्यासगत तहमा विभिन्न कार्यक्रमहरु जस्तै, गृहकार्य, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, विभिन्न उत्सव समारोहमा यिनीहरुको सहभागिता बढाउनु पर्दछ । अनुसन्धान तह अन्तर्गत अध्ययन कर्ताले अध्ययन गर्न नसके का विविध पक्षहरुको बारेमा अध्ययन गर्न सकिने सुझावहरु प्रस्तुत गरिएको छ ।en_US
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन विभागen_US
dc.subjectप्राथमिक शिक्षा Prathamik shikshyaen_US
dc.subjectमधेशी दलित बालिका Madheshi Dalit balikaen_US
dc.titleप्राथमिक शिक्षामा मधेशी दलित बालिकाहरुकाे संलग्नता (Prathamik shikshyama Madheshi dalit balikaharuko sanglagnata)en_US
dc.typeThesisen_US
local.institute.titleS.S.M.Yadhav Multiple Campus, Sirahaen_US
local.academic.levelMastersen_US
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf157.66 kBAdobe PDFView/Open
Chapter Page.pdf291.92 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.