Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/20945
Title: नेपालमा समाजवादकाे प्रयाेग (Nepalma samajvadko prayog)
Authors: पाेख्रेल Pokhrel, गंगाप्रसाद Gangaprasad
Keywords: कम्युनिस्ट पार्टी Communist Party;समाजवाद Samajvad
Issue Date: 2016
Publisher: राजनीतिशास्त्र विभाग
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: प्रस्तुत अध्ययन नेपालमा समाजवादको प्रयोग भन्ने सन्दर्भमा गरिएको छ । यस अध्ययनको मूल समस्या नेपालमा समाजवादको प्रयोग रहेको छ । त्यही मूल समस्यामा केन्द्रीत भै नेपालका कम्युनिस्ट पार्टीहरुको समाजवाद सम्बन्धी के कस्तो नीति र कार्यक्रम रहिआएको छ ? नेपालको संविधानमा समाजवाद सम्बन्धि के कस्ता सैद्धान्तिक व्यवस्था गरिएको छ ? र नेपालमा कम्यूनिस्ट पार्टी बीचको विभाजन र रणनीतिमा देखिएको अन्तर कारण समाजवाद लागु गर्न के सम्भव छ ? भन्ने सवालहरु राखी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनको उद्देश्य नेपालमा समाजवादको प्रयोग सन्दर्भमा रहेकाले नेपालका कम्युनिस्ट पार्टीहरुले समाजवाद सम्बन्धी अवलम्वन गरेका नीति र कार्यक्रमको खोज गर्ने पहिलो उद्देश्य राखिएको छ । यस अध्ययनको दोस्रो उद्देश्यमा वैज्ञानिक समाजवादको प्रयोगमा नेपालको संविधानमा भएका व्यवस्थाहरुको अध्ययन विश्लेषण गर्ने राखिएको छ । साथै यस अध्ययनको तेस्रो उद्देश्यमा नेपाल कम्युनिस्ट पार्टीहरुको वैज्ञानिक समाजवाद प्रतिको धारणाको खोजी गरी वैज्ञानिक समाजवाद प्रयोगमा चुनौतीहरु र सम्भावनाहरुको उपाय अन्वेषण गर्नु रहेको छ । यी नै उद्देश्यका आधारमा आवश्यक पूर्व साहित्यको समिक्षा गरिएको छ । यो अध्ययनको ढाँचा विवरणात्मक र विश्लेषणात्मक रहेको छ । यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । साथै यो अध्ययनमा प्राथमिक तथा द्धितीय स्रोतको सहयोग लिइएको छ । प्राथमिक स्रोत अन्र्तगत अन्र्तवार्ता विधिको प्रयोग गरिएको छ नेपालमा कम्युनिस्ट आन्दोलनकोे बारेमा समाजवादका जानकार व्यक्तिहरुसँग त्यस्तो अन्र्तवार्ता लिएको थियो । साथै द्धितिय स्रोतको आधारमा तथ्याङ्क संकलन गरी विश्लेषणका आधारमा निष्कर्ष निकालिएको छ । यो अध्ययनले के देखाउदछ भने नेपालको राजनीतिको प्रथम अध्याय समाप्त भै दोस्रो अध्यायको शुरुवात भएको छ । नेपालको संविधानको घोषणासंगै अब नेपाल समाजवाद उन्मुख भएको छ । नेपाल संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भएको छ । समाजवाद सामाजिक न्यायमा आधारित अवधारणा भएकाले सबै खाले शोषणको अन्त्य गरी न्याय र समानतामा आधारित सामाजिक व्यवस्था स्थापना हुने संभावना बढेको देखिन्छ । समाजवादमा समग्र देशको चौतर्फी विकासका ढोका खुला गरिएको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/20945
Appears in Collections:Political Science

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf69.71 kBAdobe PDFView/Open
Chapter Page.pdf580.16 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.