Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/6440
Title: शैक्षणिक क्रियाकलापका लागि शैक्षिक सामग्रीको प्रयोग
Authors: पौडेल, श्रीराम
Keywords: Educational Materials;Evalutaion
Issue Date: 2013
Publisher: Faculty of Education, Department of Educational Planning & Management, Prithvi Narayan Campus
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Series/Report no.: D2490;
Abstract: शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी, उपयोगी, व्यावहारिक एवम् उद्देश्य उन्मुख बनाउनका लागि शैक्षिक सामग्रीको प्रयोग गर्नु आवश्यक छ । त्यसैले शैक्षणिक क्रियाकलापका लागि शैक्षिक सामग्रीको प्रयोग शीर्षकमा यो शोधपत्र तयार गरिएको छ । शिक्षामा शैक्षिक सामग्रीको उपलव्धताको पहिचान गर्नु । शैक्षिक सामग्रीको प्रयोगको अवस्था पहिचान गर्नु । शैक्षिक सामग्रीको प्रयोगमा प्रभाव पर्ने तत्वहरु खोजी गर्नु शैक्षिक सामग्री प्रयोगका समस्या र समाधानका उपायहरु पत्ता लगाउनु यस अध्ययनका उद्देश्यहरु रहेका छन् । यस अध्ययनको क्षेत्र व्यापक भएता पनि विषयको गहनता, समय तथा साधन र श्रोतको सिमिततालाई ध्यानमा राखी जम्मा १० ओटा सामुदायिक विद्यालयहरुमा सिमित गरिएको छ । अध्ययनको लागि आवश्यक तथ्यांक, सूचना संकलन गर्न नमूना छनोटमा परेका प्रत्येक विद्यालयका प्रधानाध्यापकहरु, २/२ जना गणित शिक्षकहरु र विद्यार्थीहरु, स्रोतव्यक्ति, विद्यालय निरीक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई अध्ययनको जनसंख्याको रुपमा लिई आवश्यकता अनुसार प्रश्नावली, छलफल र अन्तरवार्ता निर्देशिकाको प्रयोग गरिएको छ । संकलित सूचना र तथ्यांकहरुको परिमाणात्मक र गुणात्मक दुबै विधिवाट विश्लेषण र व्याख्या गरिएको छ । अध्ययनका उद्देश्य अनुसार व्याख्या विश्लेषणलाई विभिन्न शीर्षक, उपशीर्षकमा विभाजन गरी प्रस्तुत गरिएको छ । अध्ययनको क्रममा प्रतिक्रियादाताहरुको भनाई अनुसार विद्यालयमा शैक्षिक समाग्रीशरुको प्रयोग नहुनु वा प्रयोगमा देखिएको समस्याहरु मध्ये बजेटको अभाव, तालिमको अभाव, सुपरिवेक्षण र पृष्ठपोषणको अभाव, प्रोत्साहनको अभाव, शिक्षकलाई धेरै, साप्ताहिक कार्यभार, कक्षागत धेरै विद्यार्थी संख्या, शिक्षकहरुको पेषाप्रतिको, कर्तव्यनिष्ठताको अभाव, शैक्षिकसमाग्रीको उचितव्यवस्थापन तथा भण्डारणको अभाव जस्त समस्याहरु देखियो । प्रतिकृयादाताहरुको सुझाव र छलफलका आधारमा उक्त समस्या समाधानको उपायहरु बुदागत रुपमा उल्लेख गरिएको छ । अध्ययनक्षेत्रको विद्यालयहरुमा शिक्षणमा प्रयोग हुने अति आवश्यक शैक्षिक सामग्रीहरुको उपलव्धता न्यून रहेको पाइयो । मूल्य तिरेर खरिद गरिएका शैक्षिक सामग्रीको अनुपातमा शिक्षक÷विद्यार्थीवाट निर्माण र संकलन गरिएका स्थानीय सामग्रीहरु केही बढी प्रयोग भएको पाइयो । शैक्षिक सामग्रीको छनोट र संकलन गर्दा विद्यालयहरुले शैक्षणिक आधार र भौतिक दुबै प्राथमिकता दिने विद्यालयहरु वढि पाइयो । अधिकांश विद्यालयहरुमा शैक्षिक सामग्रीको लागि छुट्टै बजेटको व्यवस्था गरेको पाइएन । विद्यालयहरुले शैक्षिक सामग्री संरक्षण तथा भण्डारणमा खासै चासो नराखेको पाइयो । विद्यालयमा तालिम प्राप्त शिक्षकहरु भए तापनि शैक्षिक सामग्री निर्माण र प्रयोगमा उल्लेख्य प्रगति भएको पाइएन । अध्ययनको क्रममा लिइएका जानकारी, सूचना र तथ्यांकको आधारमा प्राप्त भएका प्राप्ति र निष्कर्षवाट शिक्षण क्रियाकलापमा शैक्षिक सामग्रीहरुको संकलन, निर्माण र प्रभावकारी प्रयोग गरी उपलव्धि स्तर बृद्धि गर्न नीतिगत, योजनागत, अभ्यासगत र अनुसन्धानगत तहका सुझावहरुलाई भावी दिशाका रुपमा प्रस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/6440
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
D2490_Cover.pdfThesis Cover Page247.55 kBAdobe PDFView/Open
D2490_Thesis.pdfThesis content1.71 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.