Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7424
Title: छात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तवहरुको अध्ययन {Study of the factors that affect student enrollment and regularity}
Authors: ढकाल Dhakal, रामप्रसाद Ramprasad
Keywords: छात्रा भर्ना Chātrā bharnā;प्राथमिक तह Primary lavel
Issue Date: 2009
Publisher: शिक्षाशास्त्र सङ्काय शैक्षिक योजना तथा व्यवस्थापन
Level: Masters
Abstract: ‘छात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तŒवहरुको अध्ययन’ शीर्षक रहेको शोधपत्रमा पाल्पा जिल्लाको सहरी र ग्रामीण विद्यालयको प्राथमिक तहमा छात्राहरुको भर्ना र नियमितताको अध्ययन गरिएको थियो । छात्रा भर्ना र नियमितताको स्थितिको पहिचान गर्नुका साथै छात्रा भर्ना र नियमिततामा प्रभाव पार्ने तŒवहरु पत्ता लगाइ त्यसको विश्लेषण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य राखिएको छ । शोध अध्ययनको क्रममा सम्बन्धित साहित्यको पुनरावलोकन गरी शिक्षा आयोगका प्रतिवेदनहरु २०१० देखि २०५५ सम्मको अध्ययन गरिएको छ । अध्ययनको उद्देश्य परिपूर्तिको लागि दुईवटा विद्यालयहरु असमानुपातिक स्तरीकृत नमूना छनौट विधिको आधारमा छनोट गरिएको छ । अध्ययन मूलतः गुणात्मक प्रकृतिको भएकोेले वर्णनात्मक विधिको प्रयोग गरिएको छ । सरोकारवालालाई उद्देश्यमूलक नमूना छनौट विधि र सम्भावनायुक्त नमूनाछनौट विधिद्वारा छनौट गरी प्राथमिक तथ्याङ्कहरु सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलनको लागि खुल्ला अन्तर्वार्ता सूची, विद्यालय सर्वेक्षण फाराम र प्रत्यक्ष अवलोकनलाई अपनाइएको छ । उद्देश्य पूरा गर्नको लागि द्वितीय स्रोतबाट समेत जानकारी, सूचना र तथ्याङ्कहरु लिइएका छन् । यसको मुख्य कारण बेरोजगारी, गरीवी, अशिक्षा, जनचेतनाको कमी, धार्मिक तथा साँस्कृतिक कारणको साथै परम्परागत पेशा र व्यवसाय नै हुन् । यी माथिका समस्या कम देखिएका सहरी क्षेत्रमा बालिकाको शिक्षामा पहुँच बढी पाइयो जस अनुसार सहरी क्षेत्रका विद्यालयमा ग्रामीणमा भन्दा छात्रा भर्ना १.६ प्रतिशतले बढी छ । त्यस्तै नियमितता पनि सहरी विद्यालयमा २.७३ प्रतिशतले बढी छ । विश्लेषणको आधारमा बालिकाहरु अझै पनि विद्यालयभन्दा बाहिर छन् । सहरीभन्दा ग्रामीण क्षेत्रमा विद्यालय जाने छात्राको भर्ना र नियमिततामा कमी छ । छात्रा भर्ना र नियमिततामा महिला शिक्षकको व्यवस्था, उदार कक्षोन्नति, अतिरिक्त कार्यकलापमा सहभागिता, बालमैत्रीपूर्ण सिकाइ, व्यवहार, सुरक्षा व्यवस्थाले सकारात्मक प्रभाव पारेको पाइयो । ग्रामीण क्षेत्रमा छात्राको भर्ना र नियमितता बृद्धि गर्न जनचेतना मूलक कार्यक्रम, अभिभावक शिक्षा र सीपमूलक गुणस्तरीय शिक्षामा जोड दिनु पर्दछ । यसका साथै महिला शिक्षिकाको व्यवस्था र प्रभावकारी शिक्षण विधिको प्रयोगले छात्रा भर्ना र नियमिततामा सकारात्मक प्रभाव पारेकोले महिला शिक्षिकाहरुको व्यवस्था, दण्ड रहित सिकाइ क्रियाकलाप, उदार कक्षोन्नति र समान सहभागितात्मक शिक्षण विधिहरु प्रयोग गर्नु जरुरी देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7424
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover Page(8).pdf87.79 kBAdobe PDFView/Open
Chapter Page(1).pdf254.26 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.