Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7453
Title: कक्षा–६ मा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको अध्ययन {Study of Errors in Standard Nepali Syntax by Limbu Speaking Students Studying in Class-6
Authors: रेग्मी Regmi, बालकृष्ण Balkrishna
Keywords: लिम्बू भाषी Limbu speaking;नेपाली वाक्यगठन Nepali syntax
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: १शोध शीर्षक यस शोधपत्रको शीर्षक “कक्षा–६ मा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपाली वाक्यगठनमागर्ने त्रुटिहरूको अध्ययन” रहेको छ । २शोधप्रयोजन प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय अन्तर्गत सकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ, शिक्षाशास्त्रसङकाय नेपाली शिक्षा विभाग अन्तर्गत नेपाली विषयको स्नातकोत्तर तह दोसो वर्षको कोर्ष नं. ५९८को प्रयोजनका निम्ति तयार पारिएको हो । ३ शोधका उद्देश्यरू प्रस्तुत शोधमा निम्नलिखित उद्देश्यहरू पूरा गर्ने लक्ष्य राखिएको छ । क) कक्षा–६ मा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपाली वाक्यगठनमा गर्ने त्रुटिका क्षेत्रहरूपत्ता लगाउनु , ख) कक्षा–६ मा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूबाट स्तरीय नेपाली वाक्यगठनमा गरिने त्रुटिहरूकाकारण पहिल्याउनु , ग) कक्षा–६ मा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूबाट स्तरीय नेपाली वाक्यगठनमा गरिने त्रुटिहरूकाक्षेत्रहरू केलाई आवश्यक निराकरणका उपायहरू पत्ता लगाउनु । ४ अध्ययनको सीमा प्रस्तुत शोधपत्रको शीषक “कक्षा–६ मा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपालीवाक्यगठनमा गर्ने त्रुटिहरूको अध्ययन” रहेकाले यो शोधलाई निम्न सीमाभित्र सीमाङकन गरिएको छ । क) लिम्बूभाषी विद्यार्थी भन्नाले मेची अञ्चलमा पर्ने पा“चथर जिल्लाका श्री सार्वजनिक मा.वि. लिम्बा, श्रीचन्द्रेश्वर मा.वि. खान्द्रोङ, श्री जनज्योति नि.मा.वि. कन्याटार र श्री भगवती मा.वि. दुर्दिम्बा गरी जम्माचार सामुदायिक विद्यालय र कोसी अञ्चलको धनकुटा जिल्लामा पर्ने श्री शारदा उच्च मा.वि. बुधवार–१ गरी जम्मा पा“चवटा विद्यालयमा कक्षा–६ मा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई लिइएको छ । ख) यस अध्ययनमा लि¨, वचन, पुरुष, काल, भाव, वाच्य र कारक तŒवमा मात्र आधारित अध्ययन गरिएकाछ । ग) त्रुटिहरू भन्नाले उक्त लिम्बूभाषी विद्यार्थीहरूस“ग लिइने परीक्षणमा देखिने नेपाली वाक्यगठन सम्बन्धीत्रुटिहरूलाई मात्र लिइएको छ । ५. शोधविधि शोधको प्रमुख पहिचान भनेको त्यसको विशिष्ट विधि हो । कनै पनि अनुसन्धानको मूल्याङकन त्यसकाविधिबाट नै गरिन्छ । अनुसन्धेय विषय एउटै हुनसक्छ तर त्यसको निधिमा फरक पनि हुनु अतिआवश्यक छ । प्रस्तुत अध्ययनमा पनि शोध निर्देशकको सल्लाहअनुसार आÏनै छुटै किसिमकाविधिहरूको प्रयोग गरिएका छ । जसलाई छोटकरीमा निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7453
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf83.23 kBAdobe PDFView/Open
chapter.pdf270.79 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.