Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7456
Title: कक्षा नौ को भाषा पाठयपुस्तकमा समाविष्ट व्याकरण सम्बन्धी अभ्यासहरूको विश्लेषणात्मक अध्ययन {An Analytical Study of Grammar Exercises Included in The Language Textbook for Class Nine
Authors: भट्टराई Bhattrai, केशव Keshav
Keywords: व्याकरण अभ्यासGrammar exercises;विश्लेषणात्मक अध्ययन Analytical studies
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: १. शोधशीर्षक यस शोधपत्रको शीर्षक कक्षा नौ को नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट व्याकरण सम्बन्धी अभ्यासहरूको विश्लेषणात्मक अध्ययन रहेको छ । २. शोधार्थीको नाम ः केशव भट्टराई । ३. शोधनिर्देशक ः प्रेम प्रसाद भट्टराई । ४. शोध प्रयोजन प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह एम. एड. दोस्रो वर्ष पाँचाँै पत्र (नेपा.शि ५९८) को आंशिक आवश्यकता परिपूर्तिका निम्ति तयार पारिएको हो । ५. समस्या कथन प्रस्तुत शोधकार्यका निम्नलिखित समस्याहरू रहेका छन् – क) व्याकरण अभ्यासहरू स्तरीयता र उपयुक्तताका दृष्टिले कस्ता छन् ? ख) व्याकरण अभ्यासहरूको निर्माण पाठ्यक्रमले तोकेका उद्देश्य प्राप्तिमा सहयोगी छन् ? ग) विद्यार्थीको उमेर, रूचि र मानसिक स्तरअनुसार व्याकरण अभ्यासहरूको व्यवस्था कस्तो छ? घ) व्याकरण अभ्यासको कक्षागत निरन्तरता कस्तो छ ? ङ) भाषा सिकाइलाई शुद्धा–शुद्धि, अर्थपूर्ण र प्रभावकारी बनाउनका लागि भाषापाठ्यपुस्तकमा समावेश गरिएका व्याकरणसम्बन्धी अभ्यासहरू के–कस्ता छन् ? ५. शोधका उद्देश्यहरू यस अध्ययनका निम्नलिखित उद्देश्यहरू रहेका छन् ः क) पाठ्यक्रअनुरूपताका दृष्टिले कक्षा नौ को नेपाली भाषा पाठ्यपुस्तकमा समाविष्ट व्याकरण सम्बन्धी अभ्यासहरूको विश्लेषणात्मक अध्ययन गर्नु, ख) पाठमा समाविष्ट व्याकरणसम्बन्धी अभ्यासहरूको विश्लेषण गर्नु, ग) व्याकरणसम्बन्धी अभ्यास खण्डका सबल र दुर्बल पक्षहरूको पहिचान गर्नु, घ) व्याकरणसम्बन्धी अभ्यास खण्डको सुधारका लागि निष्कर्ष र सुझाव दिनु । ६. अध्ययन विधि यस शोधकार्यका लागि निम्नलिखित विधिहरूको प्रयोग गरिएको छ ः क) पाठ्यपुस्तकमा रहेका व्याकरण अभ्यासहरूको सकेसम्म सरल, सङ्क्षिप्तरूपमा विश्लेषण गरिएको छ । ख) अध्ययन विश्लेषणका क्रममा व्याकरण अभ्यास पाठ्यक्रमअनुरूपताप्रति पनि ध्यान दिइएको छ । ग) यस अध्ययनको मुख्य विधि पुस्तकालय विधि अपनाइएको छ । घ) पाठ्यपुस्तकमा हाल रहेका व्याकरण अभ्यासहरूको सबल र दुर्बल पक्षहरू केलाई अन्त्यमा निचोड र केही सुझावहरू प्रस्तुत गरिएको छ । ङ) विभिन्न विद्वान्हरूले उल्लेख गरेका व्याकरण अभ्याससम्बन्धी विश्लेषणहरूलाई अध्ययनको आधार बनाइएको छ । ७. शोधको रूपरेखा परिच्छेद एक ः परिचय परिच्छेद दुई ः पूर्वकार्यको समीक्षा परिच्छेद तीन ः सैद्धान्तिक अवधारणा परिच्छेद चार ः पाठ्यक्रममा व्याकरणिक विषयवस्तुको छनोट र स्तरण परिच्छेद पाँच ः कक्षा नौ को नेपाली भाषापाठ्यपुस्तकमा प्रयुक्त व्याकरणसम्बन्धी पाठ र व्याकरण अभ्यासहरू परिच्छेद छ ः निर्धारित व्याकरण अभ्यासको अध्ययन विश्लेषण परिच्छेद सात ः उपसंहार सन्दर्भसूची ८. निष्कर्ष यस अध्ययनका निष्कर्षहरू निम्नानुसार रहेका छन् ः १. नेपाली भाषापाठ्यक्रमले शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य, साधारण उद्देश्य र सीपगत उद्देश्य राखेको पाइन्छ । ती मध्ये सातवटा राष्ट्रिय उद्देश्यहरू व्याकरण शिक्षणसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्धित छन् । २. माध्यमिक तहको कक्षा नौ को भाषापाठ्यपुस्तकमा शब्द निर्माणसम्बन्धी पर्याप्त अभ्यासहरू समावेश गरिएको छ । ३. शब्दवर्गभित्रका क्रियापद र अव्ययलाई क्रमबद्ध रूपमा राखिएको पाइँदैन भने यसमा अभ्यासहरू ज्यादै न्यून रहेका छन् । ४ नेपाली भाषापाठ्यपुस्तकमा समाससम्बन्धी अभ्यासहरू समाविष्ट गरिएको छ तर प्रश्नहरूको सन्तुलन भने मिलेको देखिँदैन । ५ वर्णविन्यास (हिज्जे) पाठलाई सुरूका पाठहरूमा समावेश गरी त्यसपछिका पाठहरूमा प्रयोग पक्षमा ध्यान दिनुपर्नेमा यसलाई पाठ तेह्र अपाङ्गहरूप्रति हाम्रो दायित्वमा राखिनुले वर्णविन्याससम्बन्धी नियमको पहिचान र प्रयोग पछिल्ला पाठहरूमा मात्र हुन पुगेको देखिन्छ । ६ माध्यमिक पाठ्यक्रम र पाठ्यपुस्तक व्याकरणात्मक दृष्टिले उपयुक्त नै देखिन्छन् । भाषापाठ्यपुस्तकका अभ्यास खण्डमा सबै किसिमका व्याकरणिक पाठ्यवस्तुहरू राख्ने प्रयास भएको पाइन्छ । ७ व्याकरणका अभ्यासहरू पाठसँग सम्बन्धित वा पाठबाट खोजेर लेख्ने अभ्यासहरूलाई पनि समावेश गरिएको छ । ८ व्याकरण अभ्यासका पछाडि वा अगाडि छाया कोष्ठकमा परिभाषा र सामान्य नियमहरू लेखिएको हुँदा यसले विद्यार्थीको स्वाध्ययनका लागि सामग्रीको काममा मद्दत पु¥याएको देखिन्छ । ९ व्याकरणिक विषयवस्तुलाई पाठसँग जोडेर सान्दर्भिक नबनाई पाठबाहिरबाटै अप्रासाङ्गिक उदाहरणहरू पनि लिएको पाइन्छ । १० पाठ्यपुस्तकमा व्याकरण शिक्षणका निम्ति आगमनात्मक र भाषापाठ्यपुस्तक विधि अनुशरण गरिएको छ, जुन उपयुक्त मानिन्छ । ११ सबै प्रकृतिका प्रश्नहरूलाई समेट्न सकिएको छैन । १२ अभ्यासमा राखिएका प्रश्नहरू सरलबाट जटिलको क्रममा हुनुपर्नेमा यस्तो नियमको पूर्ण रूपमा पालना हुन सकेको देखिँदैन । १३ पाठ्यक्रमले तोकेको शब्दभण्डारअन्तर्गत पर्ने सबै शब्दहरू (अनेकार्थक, श्रुतिसमभिन्नार्थक, लघुतावाची, अनुकरणात्मक, पर्यायवाची, विपरीतार्थक, उखानटुक्का आदि) कक्षा ९ को नेपाली भाषापाठ्यपुस्तकमा समावेश गरिएको पाइन्छ, जसले गर्दा व्याकरण शिक्षणमा मद्दत पुग्ने देखिन्छ । १४ कक्षा नौ को नेपाली किताबमा व्याकरण अभ्यासमा शब्दकोशको प्रयोग भनेर समावेश गरिएको छैन । १५ वर्णविन्यास (हिज्जे) पाठलाई सुरूका पाठहरूमा समावेश गरी त्यसपछिका पाठहरूमा प्रयोग पक्षमा ध्यान दिनुपर्नेमा यसलाई पाठ तेह्र अपाङ्गहरूप्रति हाम्रो दायित्वमा राखिनुले वर्णविन्याससम्बन्धी नियमको पहिचान र प्रयोग पछिल्ला पाठहरूमा मात्र हुन पुगेको देखिन्छ । १६. व्याकरणिक पाठ्यवस्तुको स्तरण गर्दा पाठ्यक्रम र पाठ्यपुस्तकमा एकरूपता पाइँदैन । पाठ्यक्रममा करण÷अकरणका सम्बन्धमा केही उल्लेख गरिएको छैन तर पाठ्यपुस्तकको पाठ १ मा शब्दवर्गमा पर्ने नाम, सर्वनाम, विशेषण र क्रियापदपछि करण÷अकरणलाई समावेश गरिएको छ । ९. सुझावहरू यस अध्ययनका सुझावहरू निम्नानुसार रहेका छन् ः १ नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित मा.वि. तह कक्षा नौ को अनिवार्य नेपाली भाषापाठ्यक्रमका आधारमा तयार गरी राखिएका पाठ्यपुस्तकमा समाविष्ट व्याकरणसम्बन्धी अभ्यासहरू प्रयोगमूलक हुनुका साथै सोहीअनुसार सुधार हुनु आवश्यक देखिन्छ । २ व्याकरण अभ्यासलाई हेर्दा भाषिक उद्देश्यका साथै पाठ र व्याकरण अभ्यास लेखनमा सोहीअनुरूप वैज्ञानिकता ल्याउनु आवश्यक देखिन्छ । ३ नेपाली भाषापाठ्यपुस्तक तयार गरी राखिएका व्याकरणका अभ्यासहरूलाई अझ बढी प्रयोगात्मक बनाउनुपर्ने देखिन्छ । ४ व्याकरण शिक्षणमा आगमनात्मक र भाषापाठ्यपुस्तक विधिलाई मात्र नभइ अन्य विधिमा पनि ध्यान दिनुपर्ने देखिन्छ । ५ व्याकरण अभ्यासमा सबै प्रकृतिका प्रश्नहरूलाई समावेश गर्नुपर्ने देखिन्छ । ६ अन्य विविध व्याकरणसम्बन्धी अभ्यास निर्माण गर्नुपर्ने देखिन्छ । ७ भाषापाठ्यपुस्तकमा समाविष्ट गरिने व्याकरण पाठ र यसको अभ्यास खण्डमा सोधिने प्रश्नहरूले विषयवस्तुको विविधता र सिर्जनात्मकतालाई पर्याप्त स्थान दिनुपर्ने देखिन्छ । ८ विषयवस्तुको सङ्गठन गर्दा क्रमिकतालाई ध्यान दिनुपर्ने देखिन्छ । ९ व्याकरणका पाठहरूलाई पुनरावृत्ति हुने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । १० व्याकरण शिक्षणको महŒवलाई ध्यान दिई यसको पाठ्यभार तोकिनु राम्रो हुने देखिन्छ । ११ व्याकरणका अभ्यासहरू भाषाका सबै सीपहरू विकास हुने गरी निर्माण गर्नुपर्ने देखिन्छ । १२ व्याकरण अभ्यासमा प्रश्नहरू सरलदेखि जटिलको क्रममा रख्नुपर्ने देखिन्छ । १३ वर्णविन्याससम्बन्धी पाठहरूलाई अगाडिका पाठहरूमा समावेश गर्नुपर्ने देखिन्छ । १४ कक्षा नौ मा पुगेका विद्यार्थीहरूलाई शब्दकोशको प्रयोग सिकाउनु पर्ने भएकोले शब्दकोशको प्रयोगसम्बन्धी अभ्यासहरू समावेश गर्नुपर्ने देखिन्छ । १५ व्याकरणको पाठसँग सम्बन्ध नभएकाले सम्बन्ध स्थापना हुने गरी पाठहरूको पुनःलेखन गरिनु आवश्यक देखिन्छ । १६ कार्यमूलक व्याकरणको अवधारणालाई व्यवहारमा उतार्न सोही किसिमका पाठ्यपुस्तकहरू निर्माण गरिनु आवश्यक देखिन्छ । १७ पदसङ्गतिअन्तर्गत आदरको सङ्गतिमध्ये उच्चतम आदरको बारेमा कुनै विषयवस्तुहरू नभएकोले ती विषयवस्तुहरू पनि राखिनुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7456
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf85.5 kBAdobe PDFView/Open
chapter.pdf377.03 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.