Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8017
Title: शिक्षामा आर्थिक लगानी र उपलब्धि {Financial investment and achievement in education}
Authors: सापकोटा Sapkota, हरिदास Haridas
Keywords: आर्थिक लगानी Financial investment
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन
Level: Masters
Abstract: शिक्षामा लगानी नगरी कुनै पनि राष्ट्रको आर्थिक विकास हुन सक्दैन । शिक्षालाई उपलब्धिमूलक र गुणस्तरीय बनाउन शिक्षा बजेटमा वृद्धि ल्याउनु पर्दछ । सामुदायिक विद्यालयहरुमा गरिएको आर्थिक लागानी र उपलब्धि बीचको तुलना र सम्बन्धको खोजी गर्न, आर्थिक लगानीको न्यूनता बाट उत्पन्न समस्याहरु पत्ता लगाउनु र आर्थिक लगानीको न्यूनताले पार्ने समस्याहरुको समाधान गर्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने सम्बन्धमा यस अध्ययनलाई केन्द्रित गरिएको छ । यस अध्ययनको शीर्षक “शिक्षामा आर्थिक लगानी र उपलब्धि” रहेको छ । उपर्युक्त अध्ययनका निमित्त चितवन जिल्लाका तीनवटा सरकारी विद्यालयहरु संरचना रहित नमूना छनोट विधि (Random Sampling Method) को प्रयोग गरी छनोट गरियो । छनोट गरिएका विद्यालयहरुका प्र.अ., विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका संयोजकहरु तथा विद्यालय प्रसाशनट प्राप्त अभिलेख र विद्यार्थीहरुलाई दिइएको अन्तर्वार्ता प्रश्नावलीको आधारबाट अध्ययन सँग सम्बन्धि सूचनाहरु प्राप्त गरिएको छ । विद्यालय अवलोकन फारमको प्रयोगबाट विद्यालयको भौतिक अवस्थाका बारेमा जानकारी प्राप्त गरिएको छ । यसरी अन्तर्वार्ता प्रश्नावली तथा अवलोकन फारमको प्रयोग गरी प्राप्त तथ्याङ्क सङ्कलन गरिएको छ । सम्बन्धित शोधपत्र, सान्दर्भिक शैक्षिक पत्र प्रत्रिका, लेख रचना, पुस्तक, विद्यालय अभिलेख आदिलाई द्धितीय तथ्याङ्कको रुपमा संकलन गरिएको छ । संकलित शैक्षिक सूचनाहरु वा तथ्याङ्कहरुलाई गुणात्मक तथा संख्यात्मक पद्धति अपनाई व्याख्या एंव विश्लेषण गरिएको छ । यसरी यो अध्ययन अनुसन्धान संख्यात्मक तथा गुणात्मक दुबै प्रकृतिको भएकोले मिश्रीत(Mixed) स्वरुपको हुन गएको छ । यस अध्ययनलाई CIPP Model को प्रयोगबाट विश्लेषण एवम् व्याख्या गरिएको छ । प्राप्त तथ्याङ्कको विश्लेषण गर्दा माध्यमिक तहमा आर्थिक लगानी वृद्धि गर्नुपर्ने, अभिभावक र विद्यालय प्रशाशनको वीचमा राम्रो सम्बन्ध हुनु पर्ने विद्यालयको आर्थिक, शैक्षिक तथा व्यवस्थापकिय पक्षहरुमा सुधार गर्नुपर्ने, आधुनिक शिक्षण प्रद्धतिको प्रयोग गरी शिक्षणमा गुणात्मक रुपमा सुधार गर्नुपर्ने पाइयो । यस अध्ययनबाट आर्थिक लगानी वृद्धि गर्दैमा शैक्षिक उपलब्धि राम्रो हुन्छ भन्न नसकिने तथ्य निष्कर्षमा निस्किएको छ । आर्थिक लगानी र उपलब्धिको सहसम्बन्ध गणनाबाट उक्त कुराको पुष्टि हुन आउदछ । आर्थिक लगानी शिक्षकहरुको तलबमा मात्र गरेर हँुदैन आर्थिक लगानी त विद्यार्थीहरुका चौतर्फी विकासका क्रियाकलापहरुमा पनि गर्नुपर्दछ । अतिरिक्त क्रियाकलापहरुको प्रभावकारी सञ्चालनले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग पु¥याँउछ । सिकाईका निमित्त अनकूल वातावरण निमार्ण गर्न सकेमा मात्र शैक्षिक उपलब्धि राम्रो हुन सक्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8017
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover page(6).pdf57.66 kBAdobe PDFView/Open
Chapter Page(1).pdf446.73 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.