Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8422
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorदौल्याल Daulyal, रणबहादुर Ranabahadur-
dc.date.accessioned2022-02-22T07:44:38Z-
dc.date.available2022-02-22T07:44:38Z-
dc.date.issued2007-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/8422-
dc.description.abstractशोधशीर्षक ः कञ्चनपुर जिल्लाका कक्षा दश (१०) मा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको अध्ययन शोधार्थी ः रणबहादुर दौल्याल शोधनिर्देशक ः प्रा. डा. केदारप्रसाद शर्मा विभाग÷क्याम्पस ः नेपाली भाषाशिक्षा विभाग विश्वविद्यालय क्याम्पस, त्रि.वि. कीर्तिपुर शैक्षिक वर्ष ः २०६१÷०६३ पृष्ठ सङ्ख्या ः ८५ं१७ अध्याय ः छ शोधप्रक्रिया प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषाशिक्षा विभागअन्तर्गत एम.एड. नेपा. शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि तयार पारिएको हो । कञ्चनपुर जिल्लाका कक्षा दश (१०) मा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । यसअन्तर्गत कञ्चनपुर जिल्लाभित्रका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको विद्यालयको प्रकृति, भाषिक पृष्ठभूमि, लैङ्गिकता र स्थानीयतााका आधारमा अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । प्रस्तुत शोधपत्रका लागि सामग्री सङ्कलन गर्ने क्रममा प्राथमिक स्रोतको रुपमा कञ्चनपुर जिल्लाका पाँचवटा सरकारी विद्यालय तथा तीनवटा निजी विद्यालयका क्रमशः ५०÷३० जना विद्यार्थीहरू गरी जम्मा ८ ओटा विद्यालयबाट ८० जना विद्यार्थीहरूलाई नमुनाको रुपमा लिइएको छ भने गौण सामग्रीका रुपमा पूर्वृकार्यहरू, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाहरू तथा विभिन्न लेखरचनाहरू रहेका छन् । छ परिच्छेदमा सङ्गठित प्रस्तुत शोधकार्यलाई क्रमशः शोधपरिचय, सैद्धान्तिक परिचय, अध्ययन विधि, व्याख्या र विश्लेषण, तुलनात्मक विश्लेषण तथा निष्कर्ष र सुझाव खण्डमा विभाजित गरिएको छ । शोधनिष्कर्ष – समग्र विद्यार्थीहरूको निबन्धलेखन क्षमताको स्थितिलाई प्रतिशत र मध्यमानको आधारमा हेर्दा समग्र निबन्धलेखन क्षमता कमजोर देखिन्छ । – विद्यालयको प्रकृतिका आधारमा हेर्दा निजी विद्यालयका विद्यार्थीहरू मध्यमानभन्दा माथि ५० प्रतिशत र मध्यमानभन्दा तल ५० प्रतिशत विद्यार्थीहरू रहनाले निजी विद्यालयका विद्यार्थीहरूको निबन्धलेखन क्षमता सामान्य देखिन्छ भने सरकारी विद्यालयका विद्यार्थीहरू मध्यमानभन्दा माथि ३४ प्रतिशत र मध्यमानभन्दा तल ६६ प्रतशत विद्यार्थीहरू रहनाले सरकारी विद्यालयका विद्यार्थीहरूको निबन्धलेखन क्षमता कमजोर रहेको देखिन्छ । – भाषिक पृष्ठभूमिका आधारमा हेर्दा नेपाली मातृभाषी विद्यार्थीहरू मध्यमानभन्दा माथि ४७.२२ प्रतिशत र मध्यमानभन्दा तल ५२.७८ प्रतिशत विद्यार्थीहरू रहनाले नेपाली मातृभाषी विद्यार्थीहरूको निबन्धलेखन क्षमता कमजोर देखिन्छ भने नेपाली विमातृभाषी विद्यार्थीहरू मध्यमानभन्दा माथि ५० प्रतिशत र मध्यमानभन्दा तल ५० प्रतिशत रहनाले नेपाली विमातृभाषी विद्यार्थीहरूको निबन्धलेखन क्षमता सामान्य वा राम्रो देखिन्छ । – लैङ्गिकताका दृष्टिले हेर्दा समग्र छात्र विद्यार्थीहरूको निबन्धलेखन क्षमता मध्यमानभन्दा माथि ५२.२८ प्रतिशत र मध्यमानभन्दा तल ४७.७२ प्रतिशत रहनाले छात्रहरूको निबन्धलेखन क्षमता राम्रो देखिन्छ भने छात्रातर्फ ४१.४४ प्रतिशत विद्यार्थीहरू मध्यमानभन्दा माथि र ५८.५६ प्रतिशत मध्यमानभन्दा तल देखिनाले निबन्धलेखन क्षमतामा छात्रा विद्यार्थीहरू कमजोर देखिन्छन् । – स्थानीयताका दृष्टिले ग्रामीण विद्यालयका विद्यार्थीहरूको निबन्धलेखन क्षमता मध्यमानभन्दा माथि ३२.५० प्रतिशत र मध्यमानभन्दा तल ६७.५० प्रतिशत देखिनाले ग्रामीण विद्यालयका विद्यार्थीहरूको निबन्धलेखन क्षमता कमजोर देखिन्छ भने सहरी विद्यालयतर्फ मध्यमानभन्दा माथि ६२.५० प्रतिशत र मध्यमानभन्दा तल ३७.५० प्रतिशत रहनाले सहरी विद्यालयका विद्यार्थीहरूको निबन्धलेखन क्षमता उच्च रहेको देखिन्छ ।en_US
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectनिबन्धलेखन Nibandhalekhanen_US
dc.subjectतुलनात्मक विश्लेषण Tulanatmak bishleṣhaṇen_US
dc.titleकञ्चनपुर जिल्लाका कक्षा दश (१०) मा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको अध्ययन {Kanchanpur Jillaka Kakṣhya Das (10) ma Adhyayanrat Biddhyarthiharuko Nibandhalekhan Kṣhyamatako Adhyayan}en_US
dc.typeThesisen_US
local.institute.titleCentral Department of Educationen_US
local.academic.levelMastersen_US
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf78.79 kBAdobe PDFView/Open
Chapter.pdf383.66 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.