Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8540
Title: समुदायद्वारा व्यवस्थित र सामुदायिक प्राथमिक विद्यालयहरुको भौतिक अवस्थाको अध्ययन {Samudayadvara vyavasthita ra samudayika prathamika vidyalayaharuko bhautika avasthako adhyayana}
Authors: निरौला Niraula, भूपाल Bhupal
Keywords: साहित्यको पुनरावलोकन Sahityako punaravalokana;प्राथमिक विद्यालय praathamik vidyaalaya
Issue Date: 2010
Publisher: Faculty of Education
Level: Masters
Abstract: समुदायद्वारा व्यवस्थित र सामुदायिक प्राथमिक विद्यालयको भौतिक अवस्थाको अध्ययननामक यस शोधपत्रमा दुवै प्रकारका विद्यालयको भौतिक अवस्था विश्लेषण गर्नु यसको मूख्य उद्देश्य रहेको छ । गुणात्मक विधिमा आधारित यो शोधपत्रका लागि अवलोकन, अन्तर्वार्ता, समूहछलफल र दस्तावेज पुनरावलोकन जस्ता साधन प्रयोग गरी तथ्याङ्क संकलन गरिएको छ । समुदायद्धारा व्यवस्थित २ वटा र सामुदायिक २ वटा प्राथमिक विद्यालयहरुलाई उद्देश्यमूलक नमूना छनोट विधिअनुसार नमूनाको रुपमा लिई तथ्याङ्क संकलनका लागि वि.व्य.स.का पदाधिकारी, शिक्षक, प्र.अ. र अभिभावकहरुलाई उत्तरदाताको रुपमा छनोट गरिएको छ । अध्ययनको वैधता र विश्वसनीयता कायम गर्न समूहछलफल र खुल्ला अन्तर्वार्ताबाट आएका प्रतिक्रियाहरुलाई अवलोकन र विद्यालयमा सञ्चित अभिलेखसँग समेत मिलाई एक अर्काको त्रिकोणात्मक विश्लेषण गरिएको छ । वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र मानवसम्बन्धसिद्धान्तलाई अवलम्बन गरी दुवै प्रकारका विद्यालयका कार्यशैली र व्यवहारहरुलाई नियाल्ने प्रयत्न गरिएको छ । यसका साथै पूर्वसाहित्यको अध्ययनबाट प्राप्त भएका निष्कर्षहरुलाई समेत यस अध्ययनमा दाँजिएको छ । समुदायद्धारा व्यवस्थित विद्यालयहरुको भौतिक अवस्था सामुदायिक विद्यालयहरुको तुलनामा भौतिक अवस्थामा सुधार हुँदै जानु वि.व्य.स.को सक्रिय भूमिका देखिनु , अभिभावकहरुको विद्यालयप्रतिको चासो बढ्नु , समुदाय र विद्यालयसँगको सम्बन्धमा सुधार हुँदै जानु , विद्यालयको आर्थिक भौतिक पक्षलाई सुदृढ बनाउन राज्यपक्षबाट थप प्रोत्साहनअनुदान प्राप्त हुनु जस्ता पक्षहरुमा भिन्नता देखिएका छन् । सामुदायिक विद्यालयहरुलाई समुदायद्धारा संचालित हुन प्रेरित गर्ने, शिक्षाका कार्यक्रमहरु ल्याउँदा तल्लो निकायबाट पनि सल्लाह र सुझावहरु बटुल्ने, थप प्रोत्साहनअनुदान उपलब्ध गराउने, वि.व्य.स. लाई अभिमुखीकरण कार्यक्रम र तालिम संचालन गर्ने, विद्यालयसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरु सरोकारवालाको प्रत्यक्ष सहभागितामा संचालन गर्नुपर्ने जस्ता सिफारीसहरु यस शोधपत्रमा सुझाइएका छन् ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8540
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover.pdf119.7 kBAdobe PDFView/Open
chapter(1).pdf215.87 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.