Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8550
Title: विद्यालयको योजना निर्माण र कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिको भूमिका{Vidyalayako yojana nirmaṇa ra karyanvayanama vidyalaya byavasthapana samitiko bhumika}
Authors: बस्नेत Basnet, रुपनारायण Rupnarayan
Keywords: योजना निर्माण Yojana nirmaṇa;विद्यालय व्यवस्थापन Vidyalaya byavasthapana
Issue Date: 2010
Publisher: Faculty of Education
Level: Masters
Abstract: त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय अन्तर्गत शैक्षिक योजना तथा व्यवस्थापन विभाग, स्नातकोत्तर तह द्वित्तीय वर्षको अनिवार्य पत्रको रुपमा आंशिक आवश्यकता पूरा गर्नका लागि प्रस्तुत शोधपत्र विद्यालयको योजना निर्माण र प्रभावकारी कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिको भूमिका शीर्षकमा आधारित रहेर गरिएको एक अध्ययनको हो । विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि विद्यालयमा योजनाहरूको निर्माण र कार्यान्वयन गर्ने गरिन्छ । यस प्रकार विद्यालय स्तरको योजना निर्माण र सो को कार्यान्वयनमा विद्यालय व्यवस्थापन समितिको भूमिका अध्ययन गर्ने यो शोधको मूख्य उद्देश्य रहेको छ । यस अध्ययन कार्यलाई पूरा गर्न नागी स्रोतकेन्द्रका ६ वटा विद्यालयहरूलाई छनौट गरिएको छ । विद्यालय, अभिभावक र शिक्षकको छनौट सम्भावनायुक्त छनौट विधि र प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष र पदाधिकारीको छनौट उद्देश्यमूलक नमूना छनौट विधिको आधारमा छनौट गरी प्रश्नावली, प्रत्यक्ष छलफलबाट प्राप्त तथ्यहरूको आधारमा अध्ययन गरिएको छ । यसैगरी सर्वेक्षणमा परेका विद्यालयहरुको निर्णय पुस्तिका, लब्धाङ्क पुस्तिका र स्थलगत अवलोकन गरी तथ्याङ्कक सङ्कलन गरिएको छ । यसरी प्राप्त परिमाणात्मक तथा गुणात्मक प्रकृतिका तथ्याङ्ककलाई तालिका बनाई बर्णनात्मक व्याख्या र विश्लेषण गरिएको छ । अध्ययनको क्रममा स्थानीय स्तरमा निर्माण गरिने योजनाको निर्माणमा स्थानीयबासीहरूको संलग्नता भएमा मात्र दिगो हुने भएकोले उनीहरूलाई अझ बढी सहभागी गराउन आवश्यक छ । विद्यालयमा रहेका साझा समस्याहरूको निराकरण गरी विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने वातावरण सिर्जना गर्न विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण स्थान रहन्छ । विद्यालयद्वारा निर्माण गरी प्रयोग गरिने विद्यालय सुधार योजनाले विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन सहयोग गरेको छ । यसकारण विद्यालयको योजना निर्माण र कार्यान्वयनमा वि.व्य.स.को उचित सहभागिता रहन आवश्यक छ । विद्यालयको सर्वाङ्गीण विकासको लागि चालिने हरेक कदमको योजना बनाउन आवश्यक हुन्छ । यसले विद्यालयलाई सही दिशा पहिल्याउन कठिन हुन्छ । निःशुल्क शिक्षाको कारण उदासिन रहेका विद्यालयका अभिभावकहरूलाई निःस्वार्थ भावना सहित विद्यालयको भौतिक व्यवस्थापनमा सहभागी गराउनु पर्छ । वि.व्य.स. को सहभागितासँगै भित्रन सक्ने राजनीतिक खिचातानीबाट विद्यालयलाई मुक्त राख्नु, विद्यालयका सम्पूर्ण पक्ष पारदर्शी हुनु र सहभागितामूलक ढंगले योजना निर्माण र कार्यान्वयन गरिनु आवश्यक छ । विद्यालयमा बनाइने आर्थिक, भौतिक, प्रशासनिक, शैक्षिक योजनाको प्रतिफल नै शैक्षिक उपलब्धि राम्रो हुनु हो । एउटा योजनाको सफल कार्यान्वयनले सिकाइ उपलब्धिमा सुधार ल्याउन आधार तयार गर्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8550
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover.pdf73.8 kBAdobe PDFView/Open
chapter(1).pdf454.08 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.