Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8718
Title: प्राथमिक विद्यालयमा मानवीय संसाधन तथा भौतिक स्रोतको व्यवस्थापन {Management of Human Resources and Material Resources in Primary Schools}
Authors: सापकोटा Sapkota, भैरव प्रसाद Bhairab ​​Prasad
Keywords: प्राथमिक विद्यालय Primary school;भौतिक स्रोत Physical resources
Issue Date: 2010
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: प्राथमिक विद्यालयमा मानवीय संसाधन तथा भौतिक स्रोतको व्यवस्थापन शीर्षकमा तयार पारिएको शोधपत्रले सामुदायिक प्राथमिक विद्यालयमा शिक्षकको व्यवस्थापन र विद्यालयको भौतिक व्यवस्थापनले विद्यार्थीको सिकाइ उपलव्धिमा प्रभाव पार्ने तथ्यगत विषयलाई समेटेको छ । यो शोधपत्रको प्रमुख उद्देश्य प्राथमिक विद्यालयको मानवीय संसाधन र भौतिक स्रोत व्यवस्थापनको अवस्थाको अध्ययन गर्नु , उक्त मानवीय संसाधन र भौतिक स्रोत व्यवस्थापनमा सरोकारवालाको धारणा पहिचान गर्नु तथा उक्त कुरा व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाउनु जस्ता उद्देश्य राखेर गरिएको यो शोधकार्य सुनसरी जिल्लाको इटहरी नगरपालिका भित्र सञ्चालित छ वटा सामुदायिक प्राथमिक विद्यालय र सम्वन्धित विद्यालयका प्र.अ., २÷२ जना शिक्षक , १ ÷१ वि.व्य.स. का पदाधिकारी समेतलाई अध्ययन भित्र सीमित गरिएको छ । यो अध्ययन कार्यलाई अगाडि वढाउन अन्तरवार्ता तालिका , अवलोकन , समुह छलफल र अभिलेख अध्ययन जस्ता साधनबाट तथ्यांक संकलन गरी गुणात्मक तथा परिमाणात्मक दुवै ढाँचाको सहयोगबाट तथ्यांकलाई तालिकीकरण गर्दै तथ्यांकशास्त्रीय विधिको प्रयोग गर्दै सैद्घान्तिक खाका र सम्वन्धित साहित्य संग समिश्रण गर्दै व्याख्या र विश्लेषण गरिएको छ । सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्दा पुरुष भन्दा महिला शिक्षकको संख्या वढी रहेको , नियुक्ति प्रक्रियामा पुरुषलाई भन्दा महिलालाई प्राथमिकता दिएको , शिक्षक नियूक्तिको प्रकार स्थायी , अस्थायी, राहत र निजि गरी ४ किसिमको रहेको , शिक्षकको आवस्यक न्यूनतम शैक्षिक योग्यता ( एस.एल.सी. वा सो सरह उतीर्ण ) ४१ (४१.४ ५) जना रहेको , आवस्यक भन्दा माथि ( २ वा सो भन्दा माथि ) ७ (१४.६५) जना रहेको तथ्यांक प्राप्त भएको छ । यसै गरी कर्मचारी तर्फ नियुक्तिको प्रकार स्थायी , अस्थायी र निजी गरी तीन प्रकार तथा स्केल वमोजिम तलव मान भएका ८३.३ प्रतिशत र स्केल वमोजिम तलव मान नभएका १६.७ प्रतिशत रहेको अवस्था पाइयो । विद्यार्थीको व्यवस्थापन तर्फ हेर्दा १ः४२ शिक्षक विद्यार्थी अनुपात रहेको देखियो. भने कक्षा कोठामा झ्याल , ढोका र प्रकाशको व्यवस्थापन सामान्य अवस्था देखियो । डेक्स वेञ्च लाई विष्लेषण गर्दा १ः४.०४ ( डेक्स ,वेञ्च विद्यार्थी ) पर्ने देखिन्छ । यसैगरी विद्यालयमा उपलव्ध संसाधन र भौतिक स्रोत व्यवस्थापनका सम्वन्धमा मिश्रित किसिमको धमरणा प्रस्तुत गरेका छन् । सामुदायिक प्राथमिक विद्यालयमा मानव संसाधन र भौतिक स्रोत व्यवस्थापनका सन्दर्भमा नमुना क्षेत्रमा शिक्षक दरवन्दि अभाव , न्युनतम शैक्षिक योग्यता भएका शिक्षकको संख्या अत्यधिक हुनु , महिला शिक्षकको संख्या वढि हुनु , कर्मचारीको उचित व्यवस्थापन हुन नसकेको , विद्यालयमा फर्निचरको अभाव , शैक्षिक सामग्रीको उचित व्यवस्थापन हुन नसकेको, खाने पनी र शौचालयको प्रवन्ध उचित हुन नसकेको जस्ता समस्याहरु रहेका छन् भने विद्यालयमा कार्यरत शिक्षकलाई राज्यले सुरक्षा प्रदान गर्दै समयसापेक्ष तालिमको व्यवस्था गर्नु पर्ने , भौतिक स्रोत व्यवस्थापनमा राज्यको तर्फबाट उचित व्यवस्थापन गरिनु पर्ने जस्ता सुझावहरु पेश गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8718
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf77.67 kBAdobe PDFView/Open
Chapter.pdf275.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.