Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8739
Title: कक्षाकोठा व्यवस्थापनमा प्रधानाध्यापकको सहजीकरण{Facilitation of Headmaster in Classroom Management}
Authors: कडरिया Kadariya, सावित्रीदेवी Sabitri Devi
Keywords: कक्षाकोठा व्यवस्थापन Classroom management;अनुशासन व्यवस्थापन Discipline management
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: कक्षाकोठा व्यवसथापनमा प्र.अ.को सहजीकरण शीर्षकमा गरिएको यस अनुसन्धानात्मक कार्यको प्रमुख उद्देश्य कक्षाकोठा व्यवस्थापनमा प्र.अ.को सहजीकरणको अवस्था पहिचान गर्नु रहेकोछ । यस शोधपत्रमा गुणात्मक तथा संख्यात्मक अध्ययन विधि अपनाइएको छ । वास्तविकताको गहिराईमा पुगी यथार्थता पत्तालगाउन यस अध्ययन सँग सम्बन्धित उद्देश्य निर्माण गरिएकोछ । अध्ययनको उद्देश्य पुरागर्न संयोगमा आधारित नमुना छनौट विधिको प्रयोग गरी नमूना छनौट गरेर सम्बन्धित स्थलमा प्रत्यक्ष अवलोकन, रुजुसूची तथा प्रश्नावलीका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएकोछ । प्रश्नावली र रुजुसूचीबाट प्राप्त तथ्याङ्कलाई अवलोकन र अभिलेख सँग भिडाई एक अर्कामा सम्बन्ध कायम गरिएकोछ । कक्षाकोठा व्यवस्थापनमा प्र.अ.ले सहजकर्ताको रुपमा मूख्यगरी विद्यालयको भौतिक पक्ष र शैक्षिक पक्षको सुधारमा गरेका कार्यहरु समेटने प्रयास गरिएकोछ । प्रस्तुत अध्ययनमा कक्षाकोठा व्यवस्थापनमा प्र.अ. सहजकर्ताको रुपमा कार्य गर्न सफल भएको देखिन्छ । यसको कारण निजि लगानी र त्यसको प्रतिफलको आशा स्वरुप प्र.अ. लगायत वि.व्य.स. , शिक्षक स्टाफको सामुहिक प्रयासलाई मान्न सकिन्छ । शिक्षक तथा विद्यार्थीलाई नियमित तथा अनुशासित बनाई योजना निर्माण र कार्यान्वयनमा सरिक गराई पृष्टपोषण गर्ने कार्यबाट पनि कक्षाकोठाको व्यवस्थापन गर्न सफल भएको देखिन्छ । विद्यालयको भौतिक पक्ष भने आर्थिक अभावका कारण सामान्य मात्र देखिन्छ । आर्थिक लगानीमा वृद्धिगर्ने, कार्य विकेन्दी्रकरण गरी स.प्र.अ.लाई पनि जिम्मेवारी दिने, शिक्षक तथा विद्यार्थीको अवलोकन गरी पृष्टपोषण र परामर्श उपलव्ध गराउदा आन्तरीक मूल्याङ्कन पद्धति र अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थी मूल्याङ्कनमा सहयोग पुग्दछ भन्ने अध्ययनबाट निष्कर्ष निकालिएकोछ । आर्थिक लगानीमा वृद्धि गरी, मानव संसाधनको विकास गरी, कार्य विकेन्द्रीकरण र सहभागीतामूलक व्यवस्थापनमा जोड दिँदा कक्षाकोठाको व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ भनी यस शोध अध्ययनले सिफारिस गरेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8739
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf40.95 kBAdobe PDFView/Open
Chapter.pdf240.61 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.