Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8751
Title: सामुदायिक विद्यालयमा सामाजिक परीक्षण {Social Testing in Community Schools}
Authors: डाँगी Dangi, योगेन्द्र Yogendra
Keywords: सामुदायिक विद्यालय Community school;सामाजिक परीक्षण Social testing
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: सामुदायिक विद्यालयहरूमा समाजिक परीक्षण शीर्षकमा गरिएको यस शोधकार्यमा सामाजिक परीक्षणको लेखाजोखा गर्ने मुख्य उद्देश्य रहेको छ । यस अध्ययनको सैद्धान्तिक खाँका वैज्ञानिक व्यवस्थापन सिद्धान्त मानव सम्बन्ध सिद्धान्त र विकेन्द्रीकरणको सिद्धान्तमा आधारित छ । अनुसन्धानलाई अगाडि बढाउन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचा अवलम्वन गरिएको छ भने उद्देश्यपूर्ण नमुना र आनुपातिक प्रतिनिधित्व हुने गरी समुह विभाजन विधिद्वारा नमुना छनौट गरिएको छ । अध्ययनको क्रममा सङ्खुवासभा जिल्ला पोखरी स्रोतकेन्द्र अन्तर्गतका सिद्धपोखरी, सिद्धकाली र नूनढाकी गा.वि.स. भित्रका सबै तहका सामुदायिक विद्यलाय प्र.अ., शिक्षक, वि.व्य.स. का अध्यक्ष शीर्षक अभिभावक संघका अध्यक्ष, अभिभावक र स्रोतव्यक्तिहरूसँग प्रत्यक्ष छलफल, सामुहिक अन्तर्वार्ता, प्रश्नावली प्रयोग गरी आवश्यक जानकारी सूचना र तथ्याङ्क लिइएको छ । विद्यालय सरोकारवालाहरूमध्ये विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यपक र शिक्षकहरूलाई मात्र सामाजिक परीक्षणको जानकारी नभएको तर धेरै जसो शिक्षक अभिभावक संघका पदाधिकारी र अभिभावकहरूलाई यसको जानकारी नभएको पाइएको छ । विद्यालयमहरूमा आर्थिक कारोवारहरू गर्ने र सोको अभिलेख राख्ने काम अधिकांश विद्यलायमा प्र.अ.ले र केही विद्यलयमा मात्र लेखापालद्वारा राख्ने गरिएको पाइएको छ । धेरै विद्यालयहरूमा एकोहोरो लेखा प्रणाली अनुसार परम्परागत र केही सुधाररिएको फारमको प्रयोग गरी लेखा अभिलेख राख्ने गरेको पाइयो । सामािजक परीक्षण्को प्रचलनले अभिभाव लगायत सारोकारवालहरूको विद्यालयको विभिन्न गतिविधिहरूलाई गहिरो र सधन रूपमा लेखाजोखा गर्ने र मूल्याङ्कन गर्ने क्षमताको विकास हुदै गएको छ । धेरैजसो विदालयमा सामाजिक परीक्षण समितिले सामाजिक परीक्षण गरिसकेपछि प्रतिवेदन तयार गरी विद्यालयका सवल र दुर्वल पक्षहरू अभिभावक भेला गराई सुनाउने गरेको पाइयो । सामाजिक परीक्षण गरी सकेपछि धेरैजसो विद्यालयमा सरोकावालाको सघन उपस्थिति रहेको देखिन्छ भने केही विद्यालयमा सरोकारवालाको उपस्थिति न्यून देखिन्छ । विद्यालयका प्र.अ.हरूले आफ्नो कार्यकक्षमा आम्दानी खर्चको विवरण बनाएर राखेको पाइएन । धेरे विद्यालयका प्र.अ.हरूले सामाजिक परीक्षण समितिले प्रतिवेदनमा सुझाव गरेका कुरालाई कायौन्वय गरेको पाइयो भने केही प्र.अ. ले कार्यान्वयन गरेको पाइएन । सुझाव कार्यान्वयन नगर्ने प्रधानाध्यापकलाई शिक्षा ऐन नियमावली अनुसार कारवाही गर्नु पर्ने कुरामा जोड दिएका छन् । विद्यालयको आर्थिक कारोवारको जबाफदेहिता प्रधानाध्यापकहरुमा रहेको पाइएको छ । सामािजक परीक्षणको कार्यान्वयनले विद्यालयका गतिविधि र क्रियाकलापहरूमा सरोकारवालको सहभागिता बढ्न थालेको छ तर राम्रो सहभागिता भने छैन । समाजिक परीक्षण्काले विद्यालयका आम्दानी खर्च भयो भन्ने विषयमा सरोकारवालले विद्यालयमा के कति आम्दानी खर्च भयो भन्ने विषयमा रोकार राख्न थालेका छन् । तथापि जानकारीको अभाव, सम्बन्धित निकायबाट अनुगमनको अभाव, औपचारिकतामा सीमित र राजनैतिक हस्तक्षेप जस्ता थुप्रै समस्याहरूका कारणले समाजिक परीक्षण प्रभाकार िहुन सकेको छैन । विद्यालयका सरोकारवालाहरूको तालिम र गोष्ठिद्वारा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ । विद्यालयमा लेखा राख्ने प्र.अ. वा लेखापाललाई सकेसम्म दोहोरो लेखाप्रणली अनुसार लेखा राख्न र सो प्रणालीबाट सम्भव नभए एकोहोरो लेखा प्रणलिकै पारदर्शी लेखाविधि सम्बन्धी तालिम दिनुपर्ने देखिन्छ । बार्षिक कार्यक्रम निर्माण, कार्यान्वयन र उपलब्धि मूल्याङ्कनमा बढी भन्दा बढी सरोकारवालहरूलाई संलग्न गराउनु पर्छ । विद्यालयमा भएका गतिविधि र आम्दानी खर्चको चार्ट बनाई प्र.अ. ले आफ्नो कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनुपर्छ । विद्यालयका सरोकारवालाहरू बीच प्रभावकारी संचार कायम गरी विद्यालयका महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सबैलाई संलग्न र सहभागी गराउँदै लैजानुपर्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8751
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf72.01 kBAdobe PDFView/Open
Chapter.pdf241.78 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.