Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8780
Title: शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनमा स्रोतव्यक्तिको योगदान {Contribution of Resource Persons in Promotion of Teaching and Learning activities}
Authors: न्यौपाने, ओम प्रकाश Om Prakash
Keywords: पेशागत क्षमता Professional ability;शिक्षण अनुभव Teaching experience
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनमा स्रोतव्यक्तिको योगदान नामक यो शोधपत्रका उद्देश्य शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनमा स्रोतव्यक्तिले दिएको योगदानको विश्लेषण गर्नु रहेको छ । यस अध्ययन अनुसन्धानको उद्देश्य परिपूर्तिका लागि गुणात्मक र परिमाणात्मक मिश्रित शोधढाँचाको प्रयोग गरिएको छ यस अध्ययन अनुसन्धानका लागि झापा जिल्लाका १७ वटा स्रोतकेन्द्रहरुमध्ये सुविधाजनक विधिको आधारमा ५ वटा स्रोतकेन्द्र छनौट गरिएको छ भने सोही ५ वटा स्रोतकेन्द्र अन्तरगतका १० जना प्रधानाध्यापकहरुलाई पनि यही सुविधाजनक विधिको आधारमा छनौट गरिएको छ र सो १० विद्यालयका ४० जना शिक्षकहरुलाई सम्भावनायुक्त विधिको आधारमा छनौट गरिएको छ । अनुसन्धान कार्यलाई सार्थक निष्कर्षमा पु¥याउन सूचना सङ्कलनका लागि मूलतः २ प्रकारका स्रोतहरुको प्रयोग गरिएको छ । प्रश्नावली र कक्षा अवलोकन फारमलाई प्राथमिक स्रोतको रुपमा र विद्यालयमा र स्रोतकेन्द्रमा प्राप्त अभिलेख आदिलाई द्वितीय स्रोतको रुपमा लिइएको छ । जिल्ला शिक्षा अधिकारी, स्रोतव्यक्ति र प्रधानाध्यापक एवं शिक्षकलाई प्रश्नावली मार्पmत प्रतिक्रिया सङ्कलन गरिएको छ । स्रोतव्यक्तिहरुले प्राथमिक तहको शिक्षण सिकाइ क्रियाकलाप प्रवद्र्धनका लागि अपेक्षित योगदान दिएको पाइएन । कक्षा शिक्षणमा शिक्षकहरुले उद्देश्य निर्धारण र विषयवस्तुमा स्पष्टता देखाए तापनि शिक्षणलाई विद्यार्थी केन्द्रित गरी शिक्षण पश्चातको मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउन सकेको देखिएन । विद्यालयका प्रायः सवै शिक्षकहरु तलिमप्राप्त भए पनि तालिमबाट प्राप्त ज्ञान र सिपको कक्षाकोठामा पूर्ण रुपमा प्रयोग गरेको पाइएन । त्यसै गरी वन्द, हड्ताल तथा राजनीतिक अस्थिरताले विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालय सञ्चालनमा कठिनाइ भएको पाइयो । अधिकांश स्रोतव्यक्तिहरुमा स्नातकोत्तर तहको शैक्षिक योग्यता र प्राथमिक तहको शिक्षण अनुभवको अभावले पनि स्रोतव्यक्तिको भूमिका अपेक्षित रुपमा प्रभावकारी नभएर प्राथमिक विद्यालयहरुको शिक्षण सिकाइ क्रियाकलापमा सुधार नभएको देखिन्छ । स्रोतव्यक्तिको नियुक्तिलाई शिक्षा आयोग मार्फत स्पष्ट र पारदर्शी प्रक्रियाद्वारा सम्पन्न गर्नुपर्ने देखिन्छ । स्रोतव्यक्तिहरुको छनोट गर्दा स्नातकोत्तर शैक्षिक योग्यता र प्राथमिक तहको समेत शिक्षण अनुभव प्राप्त व्यक्तिलाई मात्र आवेदन गर्ने अवसर प्रदान गर्नुपर्ने देखिन्छ । नियुक्ति पाएका स्रोतव्यक्तिलाई शिक्षा मन्त्रालयबाटै पर्याप्त तालिम, आर्थिक सुविधा, स्रोतकेन्द्र कार्यालयमा एक सहयोगी कर्मचारीका साथै अधिकारको समेत प्रत्यायोजन गरिनु पर्छ । स्रोत व्यक्तिले जिल्ला शिक्षा कार्यालयमा बुझाएका प्रतिवेदनहरुलाई तत्काल जिल्ला शिक्षा कार्यालय मार्फत कार्यान्वयन गर्ने र उनीहरुलाई कार्य सम्पादनको आधारमा सरुवा, बढुवा, दण्ड र पुरस्कारको व्यवस्था गर्ने प्रक्रिया आरम्भ गर्नुपर्ने देखिन्छ । स्रोतव्यक्तिले नै प्रधानाध्यापक र शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था लगायत स्रोतव्यक्ति स्वयंकै सेवा, सुविधा, शर्त र मुल्याङ्कनकै सम्बन्धमा शिक्षा नियमावलीमा स्पष्ट रुपमा उल्लेख गरिनुपर्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8780
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf80.04 kBAdobe PDFView/Open
Chapter.pdf293.52 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.