Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8792
Title: सीमान्तकृत छात्रवृत्तिले सिकाइ उपलव्धिमा पारेको प्रभाव {Impact of Marginalized Scholarships on Learning Achievement}
Authors: दहाल Dahal, हिमप्रसाद Himprasad
Keywords: छात्रवृत्ति Scholarship;सिकाइ उपलव्धि Learning achievement
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: सीमान्तकृत छात्रवृत्तिले सिकाइ उपलव्धिमा पारेको प्रभाव शीर्षकमा तयार पारिएको शोधपत्रको मख्य उद्देश्य सीमान्तकृत छात्रवृत्तिले सिकाई उपलब्धिमा पारेको प्रभावको विश्लेषण गर्ने रहेको छ । यो अध्ययन परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान विधिमा आधारित छ । यस अध्ययनमा सामान्य सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरी ६ वटा सामुदायिक विद्यालयहरुको छनौट गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी स्रोतकेन्द्रका स्रोतव्यक्ति एक जना, सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरु ६ जनालाई छनौट गरिएको छ । त्यसैगरी सामान्य सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरी प्रत्येक विद्यालयवाट २÷२ जनाका दरले १२ जना शिक्षकहरु, र सीमान्तकृत समुुदायका विद्यार्थीहरु मध्ये प्रत्येक विद्यालयवाट ३÷३ जनाका दरले १८ जना विद्यार्थी र तिनका अभिभावक १८ जनालाई छनौट गरिएको छ । नमूना छनौटमा परेका व्यक्तिहरुसँग अन्तर्वार्ता सूची, अन्तक्र्रिया, विद्यालय सर्वेक्षण फारम प्रश्नावली तथा दस्तावेज पुनरावलोकन जस्ता तथ्याङ्क संकलनका साधनहरुको प्रयोग गरिएको छ । अध्ययनमा प्राथमिक स्रोतको रुपमा प्रश्नावली, अन्तर्वार्ता तथा छलफलका माध्यमवाट प्राप्त तथ्याङ्क तथा सूचनाहरुलाई लिइएको छ भने सहायक स्रोतको रुपमा विद्यालयको अभिलेखलाई लिइएको छ । यस क्षेत्रमा सतार, माझी र मुसहर समुदायका सीमान्तकृत जातिहरु रहेको पाइयो । केहि वर्ष अगाडिसम्म यस समूदायका अधिकांश वालवालिकाहरु विद्यालयमा अध्ययन गर्न नजाने गरेता पनि वर्तमानमा भने सीमान्तकृत जातिका वालवालिकाहरुको विद्यालयमा भर्नाहुने दर वढ्दै गइरहेको पाइयो । सीमान्तकृत वालवालिकाहरुको वितरण पनि असमान रहेको पाइयो । विद्यालयमा भर्ना भएका मध्ये औषतमा १९ प्रतिशत विद्यार्थीहरु सीमान्तकृत समुदायका रहेको पाइयो । विद्यालयहरुमा सीमान्तकृत समुदायका १३ देखि २५ प्रतिशतसम्म विद्याथीहरु रहेको पाइयो । सीमान्तकृत छात्रवृत्ति वितरण तथा कार्यान्वयनमा विभिन्न प्रकारका समस्याहरु देखापरेको पाइयो । केहि विद्यालयहरुले शैक्षिक सत्रको मध्यतिर मात्र सीमान्तकृत छात्रवृत्ति वितरण गरेको पाइयो । त्यसैगरी वितरण गरिएको छात्रवृत्ति केहि मात्रामा भने उद्देश्य अनुसार खर्च नभएको पाइयो । अधिकांशले सो रकमको सदुपयोग गरेको पाइयो । केहि अभिभावकहरुले दोहोरो छात्रवृत्ति लिनका लागि वालवालिकाहरुलाई एकभन्दा वढि विद्यालयमा भर्ना गरेको पाइयो । जातिगत आधारमा छात्रवृत्ति वितरण गर्दा स्वत छात्रवृत्ति नपाउने गरिव परिवारका वालवालिकाहरुमा मनोवैज्ञानिक असर परेको पाइयो । छात्रवृत्ति वापतको रकम कम भएकाले आवश्यक शैक्षिक सामग्रीहरु खरिदगर्न पनि नपुग्ने गरेको पाइयो । छात्रवृत्ति रकम उपयुक्त समयमा वितरण गरे नगरेको, सो रकमको उद्देश्य अनुसार खर्च भए नभएको, सम्वन्धित व्यक्तिले पाए नपाएको वारेमा निरिक्षण तथा अनुगमन गर्ने नगरेको पाइयो । छात्रवृत्ति शैक्षिक सत्रको शुरुमा नै छात्रवृत्ति वितरण गर्नुपर्छ । छात्रवृत्ति वापत प्राप्तहुने रकम वालवालिकाको पठनपाठनसँग सम्वन्धित सामग्री खरिदगर्न मात्र खर्च गरिनुपर्छ । शिक्षा मन्त्रालयले हाल प्रदान गर्दै आएको छात्रवृत्ति वापतको रकमलाई कम्तिमा पनि दोव्वर वनाउनु पर्छ । दोहोरो भर्ना प्रक्रियाको अन्त्य गर्नका लागि नजिकका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको विवरण दाँजेरमात्र छात्रवृत्ति प्रदाग गर्नसकेमा रकम दुरुपयोगलाई रोक्न सकिन्छ । यसका अतिरिक्त नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नसकेमा कार्यक्रम प्रभावकारी हुन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8792
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf60.26 kBAdobe PDFView/Open
Chapter.pdf328.17 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.