Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8858
Title: हृषीकेश उपाध्यायका फुटकर कविता सङ्ग्रहहरूको विश्लेषणात्मक अध्ययन {Hrishikesh Upadhyayka Phutkar Kabita sangrahaharuko Bishleshnatmak Adhyayan}
Authors: चौहान Chauhan, भद्रकला Bhadrakala
Keywords: फुटकर कविता सङ्ग्रह Phutkar kabita sangraha;विश्लेषणात्मक अध्ययन Bishleshnatmak adhyayan
Issue Date: 2011
Publisher: नेपाली सङ्काय
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: शोधशीर्षक : स्व डा. हृषीकेश उपाध्यायका फुटरकर कविता सङ्ग्रहहरूको विश्लेषणात्मक अध्ययन शोध प्रयोजन : त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय स्नातककोत्तर तह दोस्रो वर्ष म.र.ब. क्याम्पस इलाम नेपाली विभाग दशौ पत्रको प्रयोजनको लागि । शोधार्थी : भद्रकला चौहान शैक्षिक सत्र : २०६५–२०६७ प्रस्तुत मिति : २०६८।१२। यस शोधपत्रलाई जम्मा ५ परिच्छेदमा विभाजन गरिएको छ । पहिलो परिच्छेदमा ‘शोधपरिचय’ राखिएको छ । यस परिच्छेद भित्र शोधशीर्षक, शोधकार्यको प्रयोजन, विषय परिचय, समस्या कथन, समीक्षा, शोधकार्यको औचित्य र महत्व, अध्ययन र विश्लेषण विधि शोधकार्यको सीमाङ्कन, सामाग्री सङ्कलन विधि र शोध विधि र शोधपत्रको रुपरेखा राखेर चर्चा गरिएको छ । दोस्रो परिच्छेदमा ‘डा. कवि हृषीकेश उपाध्यायको जीवनी, व्यक्तित्व र साहित्य लेखनमा प्रेरणा’ मूल शीर्षक राखिएको छ । यस परिच्छेदमा उनको जीवन वृत्तान्त, व्यक्तित्वका साथै कविता लेखनमा प्रेरणाको अध्ययन गरिएको छ । शोधपत्रको तेस्रो परिच्छेदमा ‘कविताको सैद्वान्तिक परिचय’ शीर्षक राखिएको छ । यस परिच्छेदमा कविताको परिचय, कविताको पूर्वीय र पाश्चात्य मान्यताको जानकारी, काव्यको परिभाषा, कविताको तत्व, नेपाली कविताको वर्गीकरण, नेपाली कविताको विकास क्रममा विद्वानहरूले गरेको काल विभाजन, नेपाली कविताको प्राथमिक माध्यमिक र आधुनिककालमा प्रयोग भएको विभिन्न धाराहरूको पनि चर्चा र कवि डा. हृषीकेश उपाध्यायको स्थान निधार्रण गरिएको छ । चौथो परिच्छेदमा ‘डा. हृषीकेश उपाध्यायका कविता कृतिहरूको अध्ययन र विश्लेषण’ मूल शीर्षक राखिएको छ । यस परिच्छेदमा कवि हृषीकेश उपाध्यायका कविताहरु ‘बगैचा’ र ‘धरतीको वारिस भएर’ कविताहरूको पाएसम्म कालक्रमिक रूपमा विषयगत आधारले शीर्षकहरू यथास्थानमा राखी अध्ययन र विश्लेषण गरिएको छ । यसै क्रममा “क” देखि “ज” सम्म उपशीर्षक राखी छोटाछोटा मुक्तक कविता एंव उनको सामाजिक काव्य सरलाको पनि काव्यतत्वका आधारमा समीक्षात्मक विश्लेषण गरिएको छ । शोधपत्रको अन्तिम पाँचौ परिच्छेदमा ‘उपसंहार’ मा समग्र मूल्याङकन गर्नका साथै उनको स्थान निर्धारण गरिएको छ । शोधपत्रको समापन खण्डमा परिशिष्ट सन्र्दभग्रन्थ सूची राखेर शोधपत्रको अन्त्य गरिएको छ । जसमा शोधपत्र तयार पार्दा प्रयोग गरिएका अति महत्वपूर्ण ग्रन्थहरूको सूची राखिएको छ साथै परिशिष्ट भागमा उपाध्यायको सम्मान पत्र तथा कदर पत्रहरु राखिएका छन् ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8858
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover.pdf68.5 kBAdobe PDFView/Open
Chapter.pdf441.67 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.