Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9055
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorशिवाकोटी Shivakoti, ईश्वरीप्रसाद Ishwari prasad-
dc.date.accessioned2022-03-14T06:44:35Z-
dc.date.available2022-03-14T06:44:35Z-
dc.date.issued2010-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/9055-
dc.description.abstractयो शोधपत्र स्रोतकक्षामा बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूको सिकाइ उपलब्धि शीर्षकमा तयार पारिएको छ । यो शोधपत्र सातकक्षामा बहिरा तथा सुस्त श्रवणबालबालिकाहरूको कक्षागत तथा विषयगत सिकाइ उपलब्धिको लेखाजोखा गर्ने मलउद्देश्यमा केन्द्रित भई अध्ययन सम्पनन गरिएको छ । यो शोधकार्य सम्पन्न गनका लागि उद्देश्यपूर्ण नमना छनोट अध्ययन विधि पयोगगरी झापा जिल्लाका बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरू अध्ययन गर्ने जम्मा ६ वटा मध्येतीनवटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्र.अ. ३÷३ जना, स्रोत शिक्षकहरू ९जना, बहिरा विद्यार्थी तथा अभिभावक २५÷२५ जना र स्रोत व्यक्ति २ जनाबाट अन्तर्वार्ता रप्रश्नावलीका साधनहरू पयोग गरी धारणा एवं तथ्याङ्कहरू संकलन गरिएको छ । त्यस्तप्रत्यक्ष अवलोकन एवं स्थलगत सर्वेक्षणका साधन प्रयोग गरी प्राप्त तथ्याङ्कहरूकातालिकीकरण मार्पmत तीनको विश्लषण र व्याख्या गरिएको छ । अनुसन्धानको ढाँचागुणात्मक र वर्णनात्मक पद्धतिमा आधारित भएता पनि विभिन्न तथ्यहरूलाई परिमाणात्मकरूपमा समेत प्रस्तुत गरिएको छ । बहिरा तथा सुस्त श्रवण बालबालिकाहरूको गणित विषयको सिकाइ उपलक्धिसबभन्दा कमजोर रहेको पाइयो । गणित बाहेक नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक जस्ताविषयहरूको सिकाइ उपलब्धि पनि कमजोर नै रहेको पाइयो । यसो हुनाको पमुख कारणउनीहरूको भाषिक क्षमता न्यून हुनु हो । बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूमा सांकेतिकभाषाका औपचारिक शब्दको ज्ञानको सिमितताले गर्दा उनीहरूको सिकाइसम्बन्धी प्रमुखसमस्या उपयुक्त सञ्चारको अभाव अथवा सांकेतिक भाषाको अपर्याप्त विकास हो भन्नप्राप्ति उल्लेख गरिएको छ । साक्षर भएर विद्यालय छोडेका बहिरा तथा सुस्त श्रवणबालबालिकाहरूले लेखेर अन्य मानिसहरूसँग दोहोरो सञ्चार गर्न सककाल उनीहरूकासामाजिक जीवन केही सहज बन्दै गएको पाइएको छ । बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गन सांकतिकभाषाको शब्दभण्डार बढाउने, दक्ष र सांकेतिक भाषामा तालिमप्राप्त शिक्षकहरूको नियुक्तिगन, बहिराहरूले बुझ्ने सकेतयुक्त शिक्षण सामग्रीहरू प्रयोग गरेर शिक्षण गर्नुपर्ने सुझावदिइएको छ । बहिराहरूका लागि छुट्ट पाठयक्रम निर्माण गरी सांकेतिक भाषाकापाठयपुस्तकहरूको निर्माण गर्न तथा सबै बहिरा बालबालिकाहरूलाई शिक्षामा पहुँचसुनिश्चित गर्नका साथै बहिराहरूको अपाङ्गता र शारीरिक क्षमतालाई ध्यान दिंद सीपमूलक,प्राविधिक तथा व्यावसायिक शिक्षा दिने पाठयक्रमको निर्माण गरी कार्यान्वयन गरेरउनीहरूलाई आत्मनिर्भर बनाउन थप सुझावहरू दिइएको छ ।en_US
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectसुस्त श्रवण Susta shrawanaen_US
dc.subjectसिकाइ उपलब्धि Sikai upalapadhien_US
dc.subjectकक्षागत सिकाइ Kakshya sikaien_US
dc.titleस्रोतकक्षामा बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूको सिकाइ उपलब्धि {Learning Achievement of Deaf and Hard of Hearing Students in Resource Class}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघen_US
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover(2).pdf48.11 kBAdobe PDFView/Open
chapter(2).pdf331.25 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.