Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9062
Title: समुदायद्वारा व्यवस्थित विद्यालयहरूका आर्थिक व्यवस्थापन {Financial Management of Community Managed Schools}
Authors: तामाङ Tamang, पदम बहादुर Padam Bahadur
Keywords: आर्थिक व्यवस्थापन Arthik byebasthapan;सरकारी विद्यालय Sarkari bidhyalaye
Issue Date: 2010
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: सरकारी विद्यालयहरू विगत ५÷६ वर्ष यता वि.व्य.स.सँग नै सम्झौता गरी धमाधमसमुदायमा हस्तान्तरण गरिरहेका छन । यस्ता विद्यालयहरूलाई समदायद्वारा व्यवस्थितविद्यालयको रूपमा लिइन्छ । यी विद्यालयहरूको आर्थिक व्यवस्थापन कस्तो छ भनी हेनअभिप्रायले समुदायद्वारा व्यवस्थित विद्यालयको स्रोत संकलनको स्थिति पत्ता लगाउने, स्रोतउपयोगको लेखाजोखा गराउने आर्थिक व्यवस्थापनमा देखा परेका समस्याहरू पहिचान गर्ने रसमाधानको उपाय सुझाउने उद्देश्य राखी शोत्रपत्र तयार पारिएको छ । विकन्दिकरण र जनसहभागिता सिद्धान्तलाई आधार बनाएर गुणात्मक तथा परिमाणात्मक दुवैकामिश्रित अनुसन्धान ढाँचा यसमा प्रयोग गरिएको छ । उदयपुर जिल्ला भलायडाँडा स्रोत केन्दअन्तर्गतको पाँच वटा विद्यालयहरूका प्र.अ., शिक्षक, वि.व्य.स., पि.टि.ए., अभिभावक तथाविद्यार्थीहरूलाई जनसख्या मानी एक गा.वि.स.बाट एक विद्यालय पर्ने गरी उद्देश्यको आधारमातीन विद्यालय नमूना छनौट गरिएको छ । प्रश्नावली र अन्तरवार्ता सूची बनाइ प्राथमिकतथ्याङक रसर्वेक्षण फारामबाट द्वितीय तथ्याङक संकलन गरी तालिका, वृत चित्र, स्तम्भचित्रमा देखाइ व्याख्यातथा विश्लेषण गरिएको छ । विश्लेषणबाट ७९% भन्दा वढि सरकारी अनुदान समुदायद्वारा व्यवस्थित विद्यालयहरूले पाउनेगरेका छन । समुदायले एक पटक भन्दा वढी आर्थिक सहयोग गर्न रूचाउदैनन यीविद्यालयहरूले कुनै दातृ निकायहरूसँग सम्पर्क सम्झौता गरी आय स्रोत वढाएका छैनन । नयाआर्थिक स्रोतको पहिचान पनि गरेको छैन । त्यस्तै शिक्षक वा विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्नकुनै नयाँ कार्यक्रम बनाएका छैनन भन्ने कुरा प्राप्त भयो । विद्यालयहरूको स्पष्ट र भरभर्दो योजना नवनाई लहैलहैमा मात्र समुदायले व्यवस्थापन लिएकाहो । अभिभावकहरू विद्यालय व्यवस्थापन सुधार गर्ने ज्ञान, सीप, क्षमता, दक्षताबाट विमुख छन। शिक्षकहरूलाई कावुमा ल्याउने अधिकार पाएको आदि अधिकारको मात्र व्याख्या गर्दछ भन्नेनिष्कर्ष आयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9062
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover(2).pdf66.07 kBAdobe PDFView/Open
Chapter(2).pdf347.58 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.