Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9086
Title: नेपाली चलचित्र दर्पणछायाँमा प्रयुक्त अङ्ग्रेजी कोडमिश्रणको अध्ययन {Nepali Chalchitra Darpanchhayanma Prayukta Angreji Codemishranko Adhyayan}
Authors: दाहाल Dahal, प्रमिला Pramila
Keywords: नेपाली चलचित्र Nepali chalchitra;अङ्ग्रेजी कोडमिश्रण Angreji codemishran
Issue Date: 2019
Publisher: नेपाली भाषा, शिक्षाशास्त्र सङ्काय
Level: Masters
Abstract: प्रस्तुत शोधमा श्रवण घिमिरेद्वारा निर्मित ‘दर्पणछाया चलचित्रमा रहेका अङ्ग्रेजी भाषिक कोडमिश्रणको अध्ययन गरिएको छ । यसमा रहेका कोडहरूलाई भाषातत्वका आधारमा विश्लेषण गर्री पद, पदावली, उपवाक्य र वाक्यका तहमा गरी जम्मा १७५ वटा कोड रहेका छन् । यसरी आएका कोडहरू पदका तहमा ९१ वटा, पदावलीका तहका ६४ वटा, उपवाक्यका तहमा (७) वटा वाक्यका तहमा १३ वटा कोडहरू रहेका छन् । यसरी भाषिक एकाइमा विभाजित भई आएका कोडहरूको आवृत्तिको अध्ययन विश्लेषण गर्दा जम्मा आवृत्ति ३७२ पटक रहेको छ जसमा पदको आवृत्ति २६८ पटक, पदावलीको आवृत्ति ७५ पटक, उपवाक्यमा ७ र वाक्यमा २२ पटकसम्म आवृत्रि रहेको छ । यस बाहेक यस कृतिमा आएका कोडहरूलाई ोधगम्यताका आधारमा विश्लेषण गरी ती आवृत्तिको समेत विश्लेषण गरिएको छ । यसमा नेपाली चलचित्रमा कोडमिश्रणका कारणहरू बारेमा केही दर्शकहरूको अभिमत पनि लिइएको छ । यस चलचित्रमा शब्द÷पद, पदावली, उपवाक्य वाक्य जस्ता भाषिक तहहरूमा कोडमिश्रण भएको भएको छ । यस चलचित्रमा समग्र भाषिक तहमा १७५ वटा कोडमिश्रण भएको पाइन्छ, जसमा ९१ वटा शब्द÷पदमा, ६४ वटा पदावलीमा ७ वटा, उपवाक्य १२ वटा वाक्यका तहमा रहेका छन् । यसमा रहेका अङ्ग्रेजी कोडहरू पद तहमा ५२ प्रतिशत, पदावलीका तहमा ३६.५८ प्रतिशत, उपवाक्यका तहमा ४ प्रतिशत र वाक्यका तहमा ७.४२ प्रतिशत कोडहरू रहेका छन् । यस चलचित्रमा प्रयुक्त अङ्ग्रेजी कोणहरूको आवृत्तिको अध्ययन गर्दा जम्मा आवृत्ति ३७२ पटक रहेको छ, जसमा २६८ पटक अथात् ७२.०४ प्रतिशत पदका तहमा, ७५ पटक अर्थात् ७२.०४ प्रतिशत पदावलीका तहमा, ७ पटक अर्थात् १.८९ प्रतिशत उपवाक्य र वाक्यका तहमा २२ पटक अर्थात् ५.९२ प्रतिशत रहेका छन् । यस चलचित्रमा रहेका अङ्ग्रेजी भाषिक कोडहरू कम्तिमा १ पटकदेखि बढीमा ४० पटकसम्मको आवृत्ति रहेको छ । जसमा १७५ वटा कोडमध्ये १७४ वटा कोडको आवृत्ति २ पटकदेखि ४० पटकसम्म छ भने १२९ वटा कोडहरू १ पटक मात्र आएका छन् । यस चलचित्रमा अङ्ग्रेजी कोडहरू बोधगम्यताका रूपमा केही लामा वाक्यहरू, कतै छोटटा वाक्यहरूको प्रयोगले गर्दा केही साधारण दर्शकका लागि केही जटिल रहेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9086
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf75.01 kBAdobe PDFView/Open
Chapter.pdf358.27 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.