Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9226
Title: चार कक्षामा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययन{Study of Reading Ability of Students Studying in Class Four}
Authors: गिरी Giri, हरी Hari
Keywords: सस्वरपठन Saswarapaṭhan;नेपाली भाषा Nepali bhaṣa
Issue Date: 2006
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: शोधशीर्षक ः चार कक्षामा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययनशोधार्थी ः हरी गिरीशोधनिर्देशक ः उप प्रा.श्री राजेन्द्रप्रसाद पौडेलविभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरशैक्षिक वष ः २०६०÷०६२; पृष्ठ ः ११६+१३ ः जम्मा अध्याय ः पाँच शोधप्रक्रियाप्रस्तुत शोधपत्र नेपाली शिक्षा एम. एड. दास्रो वष नेपा. शि. ५९८ पाठयांशका प्रयोजनका लागि तयार गरिएको हो ।कक्षा चारमा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययन गर्ने, भाषाका विद्यार्थीहरूको सस्वरपठन क्षमता पहिल्याउने, विद्यार्थीहरूका सस्वरपठन सम्वन्धी समस्या र तिनको कारण पत्ता लगाउने, उपरोक्त समस्या समाधानका लागि आवश्यक सुझावहरू प्रस्तुतगर्ने उद्देश्यमा प्रस्तुत शोधकार्य केन्द्रित रहेको छ । यस शोधकार्यमा क्षेत्रीय सामग्री सङकलन विधिको अवलम्बन गरिएको छ । त्यसक्रममा पर्वत जिल्लाका बाँसखर्क, माझफाँट, लेकफाँट, धाइरिङ्ग, नाग्लिवाङ, पाङ, खुर्काेट रशिवालय गरी ८ गा. वि. स. लाई सामग्री सङकलनको स्रोत क्षेत्र बनाइएको छ । यसरीप्रश्नावली फाराममा विभिन्न उपशीर्षक राखी प्रश्नावलीका साथै मौखिक अन्तर्वाता,अनौपचारिक कुराकानी आदि प्रयोगात्मक पद्धतिद्वारा आवश्यक सामग्री सङकलन गरिएका देखिन्छ । यस पद्धतिमा सूचकहरू विद्यार्थीहरूलाई नै गराइएको छ । पहिलो अध्यायमा शोध परिचय, दोस्रोमा सस्वरपठनको सैद्धान्तिक अवधारण, तेस्रोमाव्याख्या तथा विल्लेषण, चौथोमा सस्वरपठनमा देखिएका समस्या र पाँचौमा निष्कर्ष र सुझाव गरी पाँच अध्यायमा यो शोधपत्र तयार भएको छ । शोध निष्कर्षयस शोधका मुख्य निष्कर्षहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ– १. ससस्वपठन भनेको लिपी चिन्हहरूलाई आवाजमा परिणत गर्नु हो ।२. यसलाई गतियति, पदयाग, पदवियोग, हाउभाउ, विधाको ख्याल, आरोहअवरोह, चिन्हका ख्याल, बोधगम्यता, उच्चारण, शब्द र वाक्यको पनरावृत्ति, थेगो र मातृभाषाका प्रभावआदि शीर्षकमा राखी अध्ययन गरिएको छ । ३. माथिका सबै शीर्षकहरूमा जातिगत रुपमा दमाई, कामी, गुरुङ, मगर आदि जातिहरू नराम्रो स्थितिमा देखिएका छन भने ब्राह्मण, क्षेत्री, राम्रो स्तरमा देखिएका छन । ४. अधिकांश विद्यालयका विद्यार्थीहरूले माथिका बुँदाहरू मध्ये चिन्हको ख्याल अरू बुँदाभन्दा राम्रो गरेको पाइया । अरू बुँदाहरू कमजोर स्तरमा छन।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9226
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf68.24 kBAdobe PDFView/Open
Chapter page(3).pdf461.66 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.