Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9452
Title: कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन{tudy of essay writing ability of students studying in class VII}
Authors: महता Mahata, ममिता कुमारी Mamita Kumari
Keywords: शिक्षण प्रक्रिया Teaching process;निबन्ध लेखन क्षमता Essay writing ability
Issue Date: 2018
Publisher: शिक्षा शास्त्र सङकाय
Level: Masters
Abstract: शोध शीर्षक ः कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको निबन्धलेखन क्षमताको अध्ययनशोध निर्देशक ः गुलाव कुमारी यादवशोधाथी ः ममिता कुमारी महताविभाग÷क्याम्पस ः शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षा विभाग रा.रा.ता.ज.ब. क्याम्पस गोलबजारजम्मा अध्याय ः पाँच पृष्ट संख्या ः७४ं११ शोधको उद्देश्य ः— प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय नेपाली शिक्षा विभागअन्र्तगत नेपाली विषयको स्नातकोत्तर तह(एम.एड.) दोश्रो वर्षको नेपा.शि.५९८ को प्रयोजनकालागि तयार पारिएको हो । क) सिरहा जिल्लाका लहान नगरपालिकाका कक्षा ८ मा अध्ययनरत समगविद्यार्थीहरुको निबन्धलेखन क्षमता पहिचान गर्नु, ख) कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको निम्नलिखित पृष्ठभूमिका आधारमानिबन्धलेखन क्षमताको स्थिति पहिल्याउनु, अ) विद्यालयको प्रकति(सरकारी र नीजि ) आधारमाआ) भाषिक पृष्ठभूमि(पहिलो भाषी र दोस्रो भाषी ) का आाधारमा ग) कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुमा देखिएका निबन्धलेखन सम्बन्धी त्रुटिहरुपहिचान गर्नु घ) निबन्धलेखन सम्बन्धमा देखापरेका त्रुटि निराकरण गर्न आवश्यक सुझाव पेश गर्नु । शोधको सीमाङकन यो अध्ययन सिरहा जिल्लाका लहान नगरपालिकाका विभिन्न स्थानमा रहेका चारसरकारी र चार निजी गरी जम्मा आठ वटा विद्यालयका अस्सी जना विद्यार्थीहरुमा सिमितरहेको छ । सिरहा जिल्लाका विभिन्न स्थानका विद्यालयहरुमा कक्षा आठमा अध्ययनरतविद्यार्थीहरु मात्र अध्ययनका लागि छनोट गरिएका छ, शोधका लागि संकलित तथ्याङ्कलाइलैङ्गिकता भाषिक पृष्टभूमि, विद्यालयका प्रकृतिका आधारमा मात्र विश्लेषण गरिएको छ रअध्ययनका निष्कर्ष आफूले गरेको अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा मात्र शोधको सीमाङ्कननिकालिएको छ ।  सम्पूर्ण विद्यार्थीहरुको निबन्धलेखन क्षमताको प्रतिशताङ्क स्थिति गणना गर्दा १८ प्रतिशतविद्यार्थीहरुको मात्र ५५प्रतिशत भन्दा माथि निबन्धलेखन क्षमता मापन गराउन सफलदेखिनुले कक्षा आठ मा अध्ययनरत विद्यार्थीहरुमा निबन्ध लेखन क्षमता कमजोर रहेकादेखिन्छ ।  समग्र विद्यार्थीहरुको समग मध्यमानका आधारमा निबन्धलेखन क्षमताको मापन गदामध्यमान भन्दा माथि ५२.५ प्रतिशत विद्यार्थीहरु दखिनुले विद्यार्थीहरुको निबन्धलेखनक्षमता कमजोर देखिन्छ ।  सरकारी विद्यालय समूहका समग्र विद्यार्थीहरुका निबन्धलेखन क्षमताको प्रतिशताङ्कस्थिति गणना गर्दा ५५ प्रतिशत भन्दा माथि निबन्धलेखन क्षमता भएका विद्यार्थीहरुकासंख्या १७.५ प्रतिशत र ५५ भन्दा तल निबन्धलेखन क्षमता भएका विद्यार्थीहरुको संख्या८२.५ प्रतिशत रहेकोले खासै सन्तोषजनक दखिदैन ।  समूहगत मध्यमानका आधारमा सरकारी विद्यालय समूहका समग्र विद्यार्थीहरुकानिबन्धलेखन क्षमतालाई हेर्दा सन्तोषजनक नै पाइन्छ । समूहगत मध्यमान भन्दामाथिको तुलनामा तल १० प्रतिशतले कम दखिनुले यस कुराको पुष्टि गर्दछ ।  नीजि विद्यालय समूहका विद्यार्थीहरुको निबन्ध लेखन क्षमतालाई लिएर प्रतिशताङ्कस्थिति गणना गर्दा ५५ प्रतिशत भन्दा माथि १७.६५ प्रतिशत विद्यार्थीहरु मात्र रहनुलेनिजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको स्तर कमजोरपाइन्छ ।  समूहगत मध्यमानका आधारमा निजी विद्यालय समूहका विद्यार्थीहरुको निबन्धलेखनक्षमतालाई अध्ययन गर्दा समूहगत मध्यमान भन्दा माथि ५० प्रतिशत र मध्यमान भन्दातल ५० प्रतिशत दखिनुले विद्यार्थीहरुको निबन्ध लेखन क्षमता सन्तोषजनक रहेकामान्न सकिन्छ ।  नेपाली पहिलो भाषी विद्यार्थीहरुको निबन्ध लेखन क्षमतालाई लिएर प्रतिशताङ्क स्थितिगणना गर्दा २५ प्रतिशत मात्र ५५ प्रतिशत भन्दा माथि अङिकत गरिएको छ ।  समूहगत मध्यमान भन्दा माथि ५० प्रतिशत विद्यार्थीहरुले र मध्यमान भन्दा तल ५०प्रतिशत नै मापन गराउन सफल भएकाले नेपाली पहिलो भाषी विद्यार्थीहरुको स्तरसन्तोषजनक नै दखिन्छ ।  निबन्ध लेखन क्षमतालाई लिएर प्रतिशताङ्क गणना गर्दा ५५ प्रतिशत भन्दा माथि २२.३७प्रतिशत मात्र विद्यार्थी रहनुले विद्यार्थी दोश्रो भाषी विद्यार्थीहरुको निबन्ध लेखनक्षमताको स्तर अति नै कमजोर रहेको पाइन्छ ।  समूहगत मध्यमानका आधारमा नेपाली दोश्रो भाषी विद्यार्थीहरुको निबन्ध लेखन क्षमतानिराशाजनक नभई सन्तोषजनक नै पाइन्छ । जसलाई समूहगत मध्यमान भन्दा माथिक्षमता मापन गराउन विद्यार्थीको संख्या ५० प्रतिशत र तल ५० प्रतिशत नै रहनुलेपुष्टि गरेको छ ।  समग्र विद्यार्थीहरुमध्ये छात्रा विद्यार्थीहरुको निबन्धलेखन क्षमता सन्तोषजनक पाउनसकिदैन । ५५ प्रतिशत भन्दा निबन्ध लेखन क्षमता मापन गराउन १७.६५ प्रतिशतछात्राहरु पाइनुले यसलाई प्रस्टयाउँदछ ।  समग्र छात्रा विद्यार्थीहरुको क्षमतालाई समूहगत मध्यमानका आधारमा अध्ययन गदासामान्य रुपमा सन्तोषजनक पाइदैन ४७.५० पतिशत छात्राहरुले समूहगत मध्यमानभन्दा माथि र ५२.५० मध्यमान भन्दा तल रहनुले यस कुराको सङकेत गर्दछ ।  समग्र विद्यार्थीहरुमध्ये छात्र समूहको निबन्ध लेखन क्षमतालाई लिएर पतिशताङकगणना गर्दा ५५ प्रतिशत माथि अल्पसंख्यक अथवा २६.१० प्रतिशत विद्यार्थीहरु मात्ररहनुले निबन्ध लेखन क्षमतामा छात्र समूहका विद्यार्थीहरुको स्तर अति कमजोर पाइन्छ
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9452
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf63.02 kBAdobe PDFView/Open
Chapter.docx125.37 kBMicrosoft Word XMLView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.