Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9662
Title: दाङ जिल्लाका कक्षा पांचमा अध्ययनरत थारूभाषी विद्यार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिका अध्ययन{Study of errors in standard Nepali pronunciation by Tharu speaking students studying in class five of Dang district}
Authors: राउत Raut, कृष्णा कुमारी Krishna Kumari
Keywords: थारूभाषी विद्यार्थी Tharubhashi Bidyarthi;नेपाली उच्चारण Nepali Uchharan
Issue Date: 2018
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र त्रिभुवन विश्व विदयालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषाशिक्षा विषय स्नातकोत्तर तह एम.एड. चौथो सेमेस्टरको पाठयांश नेपा.शि. ५४४काआवश्यकता परिपूर्तिका लागि तयार पारिएको हो । प्रस्तुत शोध दाङ जिल्लाका कक्षा पाँचमा अध्ययनरत थारूभाषी विदयार्थीहरुलस्तरीय नेपाली भाषाको उच्चारणमा गर्ने त्रुटिहरुको अध्ययन शीर्षकमा केन्द्रित रहेरथारूभाषी विदयार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरु पहिल्याउन, उक्तजिल्लाका सामुदायिक र संस्थागत विदयालयका कक्षा पाँचमा अध्ययनरत थारूभाषीविदयार्थीहरुले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिको तुलनात्मक अध्ययन गर्नु र उक्तत्रुटिहरु हुनाका कारणहरुपत्ता लगाउनु जस्ता उददेश्यहरु पुरा गर्ने हेतुले तयार गरिएकाछ । प्रस्तुत शोधपत्रमा निर्धारित उददेश्यहरु पुरा गर्न क्षेत्रीय अध्ययन विधिको प्रयोग गरीआवश्यकता अनुसार पाथमिक तथा दवतियक स्रोत सामग्रीको प्रयोग गरिएको छ ।सङकलन गरिएका प्राप्त तथ्याङकलाई आधार मानी व्याख्या विशलेषण गरी निष्कषनिकालिएको छ । यहाँ दोस्रो वा लक्ष्य भाषाको रूपमा नेपाली भाषा सिक्ने थारूभाषी विदयार्थीहरुलशब्द उच्चारण र निर्धारितकविता, संवाद रअनच्छेदको सस्वर पठनमा गरेका त्रुटिकाव्याख्या विश्लेषणका आधारमा प्राप्त निष्कर्षलाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुतगरिएको छ ः रेफ वा रकार लागेका ठाउँमा बढी त्रुटि गरेको पाइयो, जस्तै ः पर्वत = परवट ‘श’, ‘ष’ वर्ण निहित शब्दमा धेरै जस्तो ‘स’ कै उच्चारण र कहीँ कतै भने ‘ष’ वर्णको ठाउँमा ‘ख’ को उच्चारण गरेको भेटियो ।अधिकांश थारू मातृभाषी विदयार्थीहरुले त र ट वर्ण, अनुनासिक तथा ण र न वर्ण उच्चारण गर्दा बढी मात्रामा त्रुटि गरेको भेटियो ।  ‘ट’ र ‘थ’ वण प्रयुक्त शब्दको उच्चारणमा ६० प्रतिशतभन्दा बढीले ‘थ’ काठाउँमा ‘ठ’ वर्णको उच्चारण गरेको पाइयो, जस्तै ः थियो; ठियो ।  ‘द’ र ‘ड’ वर्ण प्रयुक्त शब्दका ठाउँमा पनि अधिकांश विदयार्थीहरुले ‘द’ वर्णकासटटामा ‘ड’ वर्णको सटटामा ‘ड’ वर्णको प्रयोग गरेको पाइयो ।  पदयोग र पद वियोग प्रयुक्त शब्दहरुमा पनि ५० प्रतिशत जत्ति विदयार्थीहरुलपदयोगलाई पद वियोग गरी उच्चारण गरेको पाइयो, जस्तै ः घरभित्र = घर भित्र,हरबखत = हर बखत ।  कविता सस्वर वाचन गराउादा ८० प्रतिशतभन्दा बढी विदयार्थीहरुले लयपक्षलाई बेवास्ता गरी गति—यति पनि नमिलाई वाचन गरेको पाइयो ।  संवादको सस्वर वाचन गराउँदा भाषेतर पक्ष ७५%, चिह्न प्रयोगको ख्याल ३०%,आरोह अवरोह २८%, बलाघात ३५% ले त्रुटि गरेको पाइयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9662
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf133.33 kBAdobe PDFView/Open
Chapter.pdf693.6 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.