Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9683
Title: स्थानीय तह निर्वाचन २०७४ मा महिला सहभागीता (म्याग्दी जिल्लामा आधारित एक समाजशास्त्रीय अध्ययन{Women's participation in local level election 2074 (A sociological study based in Myagdi district)}
Authors: क्षेत्री Chhetri, दिलमाया विटालु Dilmaya Vitalu
Keywords: स्थानीय तह निर्वाचन २०७४ Local level election 2074;महिला सहभागीता Women's participation
Issue Date: 2021
Publisher: समाजशास्त्र तथा ग्रामिण विकास संकाय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: प्रस्तुत सोधपत्र “स्थानीय तह निर्वाचन २०७४ मा महिला सहभागीता” (म्याग्दी जिल्लामा आधारित एक समाजशास्त्रीय अध्ययन) शीर्षकको एक समाजशास्त्रीय अध्ययन गरिएको हो । के अवसर दिए महिलाहरू पनि सक्रिय राजनितिककर्मी कार्यकर्ता हुन सक्दैन र?,के स्थानीय तह निर्वाचनमा महिलाहरूको सहभागीता सन्तोषजनक रहेका छ ?, के स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारी स्वइच्छाले भएको थियो्?, कि कसैको दबावर करकापमा भएको थियो ?, महिलाहरू चुनावी अभियानमा रहदा सामाजिक र आर्थिक हिसावले कतिको प्रभाव पारेको थियो ?जस्ता प्रश्नहरूलाई अध्ययनको समस्याको रूपमा लिएर अध्ययन अगाडि बढाइएको छ । यस अध्ययनको सामान्य उद्देश्य स्थानीय तहका निर्वाचनमा महिलाको सहभागीता कस्तो रहेको छ भनि अध्ययन गर्नु हो भने सहभागीतामहिलाका आर्थिक अवस्थाका वारेका अध्ययन गर्नु र सहभागी महिलाको पारिवारीक पृष्ठभुमिको अध्ययन गर्नु यसको विशिष्ट उद्देश्य रहेको छ । स्थानीय तह निर्वाचन २०७४मा म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहहरूबाट जम्मा २८६ जना महिलाहरू उम्मेदवार बनेका थिए । ती सबै उम्मेदवारहरूलाई अध्ययनका इकाई मानि प्राथमिक तथ्याङ्क संकलनगर्न समय र खर्चको हिसावले असम्भव प्राय हने भएकाले जम्मा महिला उम्मदवार संख्या २४६ को ३५ प्रतिशतले हुन आउने ८६ जना उम्मेदवारहरूलाई गोलाप्रथाबाट छनौट गरि अध्ययन गरिएको थियो । उक्त ८६ जना उत्तरदाताहरू मध्ये ५३ जना निर्वाचित र बाँकी ३३ जना पराजित उम्मेदवारहरूलाई गोला प्रथाबाट छनौट गरि छानिएका उत्तरदाताहरूलाइ अन्तर्वाता अनुसूचीको माध्यमबाट आवश्यक पर्ने प्राथमिक तथ्याङ्क सकलन गरिएको थियो ।उत्तरदाताहरूको सामाजिक र आर्थिक क्षेत्रमा संलग्नता, पारिवारिक हैसियतमा आएका परिर्वतन निर्णयाक भुमिका सम्पतीमा पहुँच जस्ता प्रश्नहरू सोधिएका छन । अध्ययनका क्रममा प्राथमिक तथ्याङ्क नै बढी मात्रामा प्रयोग गरिएको छ । यस अध्ययनमा प्राप्त तथ्याङ्कको विश्लषणात्मक तालिका, स्तम्भ चित्र र पाइचार्टको प्रयोग गरि विवरणात्मक र विश्लेषणात्मक विधिको अवलम्वन गरी तपशिल अनुसारको निष्कर्षहरू निकालिएको छ । स्थानीय तहको निर्वाचन ०७४ मा उम्मेदवारी दिन महिला ९८.४ प्रतिशत र निर्वाचित महिला ४१.२ प्रतिशत रहेका पाइयो । उत्तरददाताहरू मध्ये सबैभन्दा बढि हिन्दुधर्म मान्ने ६५ प्रतिशत रहेको पाइएको छ । जातजातिहरू मध्ये सबैभन्दा बढि ३४ जना खष् दलित र ३३ जना जनजाती रहेको पाइयो । उमरगत जनसंख्या वितरण (३६ देखि ४५वर्ष) ३८ जना सबैभन्दा बढी रहेको छ । ८६ जना उत्तरदाताहरू मध्ये ७४.४२ प्रतिशतकृषि पेशामा संलग्न रहेको पाइया । कृषि आयमूलक कार्यमा परिणत हुँदै गरेको छ भने ब्यापार ब्यवसायमा लाग्नेहरूसंख्या बिस्तारै बढदै गएको पाइयो । ८६ जना उत्तरदाताहरू मध्ये सबै साक्षर रहेका छन । निर्वाचित जनप्रतिनिधिहरू मध्ये ९०.५ प्रतिशतलाइ घरपरिवारबाट राम्रो सहयोग प्राप्त भएको पाइयो । ८६ जना उत्तरदाताहरूको घरायसीकाम र घर बाहिरको कामलाई लैङ्गिक दृष्टिकोणबाट हेर्दा घर भित्र र घर बाहिरको दुवैजिम्मेवारी उत्तरदाता आफैले सम्हालेका पाइयो । साथ ैस्थानीय तहको निर्वाचन पश्चात सामाजिक कार्यसंगै राजनितिक क्षेत्रमा सक्रिय सहभागी हुन लागेको पाइयो । निर्वाचनमा आउनु भन्दा पहिला जम्मा २३ जनाले राजनितिकि क्षेत्रमा सक्रिय रहनभएको थियो भननिर्वाचन पछि ६२ जना राजनितिकमा सक्रिय रहनु भएको छ । उत्तरदाताका घुमफिरकास्वतन्त्रता ७५.५८रहेको पाइयो । स्थानीय तहको निर्वाचन पश्चात टोल तथा गाउ स्तरमा हुने कार्यक्रमहरूमा महिलाको सहभागीता बृद्धि भएको पाइयो । उत्तरदातालाइ घरपरिवार तथा समाजले हेर्ने दृष्टिकोणमा सुधार आएको पाइएको छ । विशेष गरि राजनैतिक रूपमा सहभागीता र निर्णायक भूमिकामा लिङ्गकै आधारमा पछि पारिएको पाइन्छ । त्यसकारण महिलाको भुमिकालाई गम्भीरता साथ सबैले आत्मसाथ गरी समाज परिवर्तनका लागि महिला सहभागीता अपरिहार्य छ भन्ने कुरामा विश्वास राखि सम्मान हौसला र गर्वका साथ लिनुपर्छ । अनि मात्र महिलाको सहभागीता सक्रिय तथा अर्थपूर्ण हुन जान्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9683
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
cover page.pdf131.07 kBAdobe PDFView/Open
Chapter page(3).pdf683.3 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.