Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9724
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorराई Rai, सरीना Sarina-
dc.date.accessioned2022-04-07T05:37:34Z-
dc.date.available2022-04-07T05:37:34Z-
dc.date.issued2021-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/9724-
dc.description.abstractत्रिभुवन विश्वविद्यालय अन्तर्गत जनता बहुमुखी क्याम्पस, इटहरी शिक्षाशास्त्र सङकाय नेपाली शिक्षा विभाग अन्तर्गत कोड नं. ५९८ को प्रयोगात्मक पाठयभार पूरा गर्न स्नातकोत्तर तहको उपाधिका लागि यो शोधकार्य सम्पन्न गरिएको छ । एस.इ.इ. परीक्षा २०७५ सालमा प्रदेश नं. २ मा सोधिएको नेपाली भाषाको प्रश्नपत्रको अध्ययन यो शोधकार्यमा गरिएको छ । शोधका क्रममा आन्तरिक र बाहय दुवै आधारबाट अध्ययन गरिएको छ । साथै प्रश्नपत्र विशिष्टीकरण तालिका अनुरूप भए नभएको, उक्त प्रश्नपत्र वैध र विश्वासनीय छन छैनन सोही अनुसार अध्ययन गरिएका प्रतिनिधि पश्नपत्रहरूले मापदण्ड पूरा गरे नगरेको विविध पक्षबाट अध्ययन गरिएको छ । अध्ययनका क्रममा पाठयभार अनुसार प्रश्न भए नभएको प्रश्नले सबै पक्षलाई समेटे नसमेटेको, प्रश्नपत्रका भाषिक, व्याकरणिक त्रुटि रहे नरहेको, प्रश्नहरूको भौतिक स्वरूप आकर्षक तथा स्तरीय भए नभएको अध्ययन गरिएको छ । प्रस्तुत अनुसन्धानमा मूलतः पुस्तकालयीय विधिको प्रयोग गरी नमुनाका रूपमा एस.इ.इ. परीक्षा २०७५ सालको प्रदेश नं. २ को नेपाली विषयको प्रश्नपत्रलाई लिइ अध्ययन गर्दा प्रतिनिधि प्रश्नपत्र सरलदेखि जटिल तिरको क्रममा मिलेका साथै प्रश्नहरूलाई व्यावहारिक पनि बनाउन खोजेको देखिन्छ । प्रतिनिधि प्रश्नपत्र विशिष्टीकरण तालिकासँग मेल खाएको छ । तर विशिष्टीकरण तालिका अनुसार प्रश्नपिच्छे अङकभार भने वितरण गरेको पाइदैन । साथै विषयवस्तुको क्षेत्र र प्रश्नको तालमेल पनि मिलेको पाइन्छ । प्रश्नपत्रको शीर्षभागमा समय पूर्णाङ्क, तह वा स्तर दिइएको भएता पनि उत्तीर्णाङ्क चाहिँ खुलाइएको छैन । प्रश्नपत्रमा द्दण्ठछ ९द्दण्ज्ञढ० अङग्रेजीमा लेखिएकाले शीर्ष निर्देशनमा त्रुटि देखिन्छ । व्याख्यात्मक प्रश्नको अङकभार ४ निर्धारण गरी प्रश्नको कठिनाइस्तर र उत्तरको आकार अनुसारको प्रश्नको अङकभारमा अनुपयुक्तता देखिन्छ । अन्त्यमा प्रतिनिधि प्रश्नपत्र नेपाली विषय भएकाले अनिवार्य रूपमा देवनागरी लिपिको मात्र प्रयोग उचित हुने देखिन्छ । सब खाले प्रश्नहरू सोधेर पाठयक्रमको व्यापकतालाई समेटनु उचित हुने देखिन्छ । व्याख्यात्मक प्रश्नका लागि अङकभार अलि न्यून भएकाले विशिष्टीकरण तालिकाको निर्माण गर्दा व्याख्यात्मक प्रश्नको पनि अङकभार बढाउनु पर्ने देखिन्छ । प्रश्नहरूमा भएका यिनै सबल दर्बल पक्षहरू औल्याउदै आगामी दिनमा स्तरीय पश्नपत्र निर्माण गर्नका लागि सुझाव दिइएको छ ।en_US
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा सङ्कायen_US
dc.subjectनेपाली भाषा Nepali languageen_US
dc.subjectभाषिक मूल्याङन Linguistic assessmenten_US
dc.subjectएस.इ.इ. परीक्षा २०७५ S.E.E. examination 2075en_US
dc.titleएस.इ.इ. परीक्षा २०७५ सालको नेपाली भाषाको प्रश्नपत्रको विश्लेषण{S.E.E. Examination 2075 Analysis of Nepali Language Question Paper}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf406.95 kBAdobe PDFView/Open
Chapter page_merged (3).pdf3.68 MBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.