विप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान : महेशपुर गा.वि.स., झापा (Bipresanle baideshik rojgarma sanlagna mahilaharuko pariwarik arthik tatha saikshik kshertama puryayeko yogdan; maheshpur ga.bi.sa. Jhapa)

dc.contributor.authorपाण्डे, नमिता Pande, Namita
dc.date.accessioned2023-09-04T10:20:20Z
dc.date.available2023-09-04T10:20:20Z
dc.date.issued2016
dc.description.abstractविप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महेशपुर गा.वि.स. झापा शीर्षकको यो शोधपत्रको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा संलग्न महिलाको विदेश जानु अघि र पछिको आर्थिक अवस्था, वैदेशिक रोजागरीमा जानुका कारण र उनीहरूको बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा वैदेशिक रोजागारमा संलग्न महिलाहरूको अभिभावक र वैदेशिक रोजगारबाट फर्किएको महिलालाई नमूना छनोटको रूपमा छनोट गरिएको छ । यस अध्ययनमा महेशपुर गा.वि.स. को वडा नं. १, ३, ५ र ६ मा रहेका वैदेशिक रोजगारमा संलग्न महिलाहरूको अध्ययन गरिएको छ । यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका सामग्रीको प्रयोग गरिएको छ । तथ्याङ्क संकलनका साधन प्रश्नावली, अवलोकन फारम र छलफलनिर्देशिका र तथ्याङ्क संकलनका तरिकामा अन्र्तवार्ता, प्रत्यक्ष अवलोकन र लक्षित समूह छलफल आदि विधिको प्रयोग भएको छ । संकलन तथ्याङ्कको विश्लेषण गर्दा वैदेशिक रोजगारमा संलग्न महिलाहरूको आम्दानी र खर्च वैदेशिक रोजगारीमा जानु अघिका महिलाहरूको खर्च र आम्दानी भन्दा बढिरहेको छ भने वैदेशिक रोजगारीबाट कमाएको केही रकम बचत गरी सबैभन्दा बढी घर र जग्गाजमिनमा खर्च गरेको देखिन्छ । यस अध्ययनले वैदेशिक रोजगारमा संलग्न महिलाको घरपरिवारको आर्थिक अवस्था माथि उठेको छ भने बालबालिकाको शैक्षिक क्षेत्रमा पनि सकरात्मक सुधार आएको देखिन्छ । तर वैदेशिक रोजगारले महिला तथा युवाहरू विदेश पलायन भएकाले देशमा सक्रिय जनशक्तिको अभाव भई देश विकास कार्यमा बाधा उत्पन्न भएको देखिन्छ । त्यसैले देशका सक्रिय जनशक्तिलाई देशमा नै रोजगारी दिई देश विकास कार्यमा सहयोग पुर्याउनु आजको आवश्यकता देखिन्छ । यस अध्ययनमा वैदेशिक रोजगारी जानु अघि र पछिको आम्दानी, खर्च तथा बचतको अवस्थालाई देखाईएको छ । यहाँ जानु अघि आम्दानी रु. २६४०००००, खर्च रु. १८२००००० र बचत रु. ८२००००० रहेको छ भने वैदेशिक रोजगारीमा गएपछिको आम्दानी रु. १०४०३५०००, खर्च रु. ६९५००००० र बचत रु. ३४५३५००० रहेको छ । महिलाहरू वैदेशिक रोजगारीमा जानुका ५ वटा कारणहरु रहेका छन् । रोजगारी नपाएर ४० जना, आर्थिक अवस्था कमजोर भएर ६३ जना, धन कमाउन ४३ जना, राजनितिक कारणमा ३८ जना र बालबालिकाहरुको उज्वल भविष्यका लागि ३५ जना रहेका छन् । वैदेशिक रोजगारीमा जानु अघि बालबालिकाको शैक्षिक अवस्था सामान्य छ । प्रा. वि. मा अध्ययनरत ६० जना मध्ये सरकारीमा ४० जना, नीजिमा २० जना, नि. मा. वि. मा ५५ जना मध्ये सरकारीमा ३८ जना, नीजिमा १७ जना रहेका छन् । मा. वि. मा अध्ययनरत ४१ जना मध्ये सरकारीमा २६ जना र नीजिमा १५ जना, उच्च मा. वि. मा ३३ जना मध्ये सरकारीमा २३ जना र नीजिमा १३ जना, उच्च शिक्षामा ३ जना सरकारीमा अध्ययनरत देखिन्छन् । वैदेशिक रोजगारीमा गईसकेपछि बालबालिकाको शैक्षिक अवस्था केहि सुधारीएको देखिन्छ । प्रा. वि. मा अध्ययनरत ८३ जना मध्ये सरकारीमा १८ जना र नीजिमा ६५ जना, नि. मा. वि. मा ६५ जना मध्ये सरकारीमा १३ जना र नीजिमा ५२ जना, मा. वि. मा ६० जना मध्ये सरकारीमा ११ जना र नीजिमा ४९ जना, उच्च मा. वि. मा ४७ जना मध्ये सरकारीमा ९ जना र नीजिमा ३८ जना र उच्च शिक्षामा सरकारीमा २० जना देखिन्छन् । जुन वैदेशिक रोजगारीमा जानु अघिको शैक्षिक अवस्था भन्दा राम्रो देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19599
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectविप्रेषण Bipresanen_US
dc.subjectवैदेशिक रोजगार Baideshik rojgaren_US
dc.subjectशैक्षिक क्षेत्र Saikshik kshetraen_US
dc.titleविप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान : महेशपुर गा.वि.स., झापा (Bipresanle baideshik rojgarma sanlagna mahilaharuko pariwarik arthik tatha saikshik kshertama puryayeko yogdan; maheshpur ga.bi.sa. Jhapa)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page(1).pdf
Size:
117.03 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
516.9 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: