तरकारी खेतीले कृषकको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव कल्लेरी गा.वि.स., धादिङ{Impact of Vegetable Farming on Farmers' Economic and Educational Sector Kalleri VDC, Dhading}

dc.contributor.authorखतिवडा Khatiwada, इश्वरी Ishwari
dc.date.accessioned2022-03-24T10:25:13Z
dc.date.available2022-03-24T10:25:13Z
dc.date.issued2016
dc.description.abstractतरकारी खेतीले कृषकको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव शीर्षकमागरिएका अध्ययनमा तरकारी खेती गर्ने कृषक र तरकारी खेती नगर्ने कृषकका आर्थिक तथाशैक्षिक अवस्थाको तुलना गर्नु, तरकारी खेती गर्ने कृषक र तरकारी खेती नगर्ने कृषककापारिवारिक शैक्षिक अवस्थामा पारेको प्रभाव अध्ययन गर्नु, तरकारी खेतीको वतमान अवस्थापहिचान गर्नु उद्देश्यहरू रहेका छन । यस अध्ययनका उद्देश्यहरू पुरा गर्न गुणात्मक,सङख्यात्मक तथा साधनहरूको माध्यमबाट वर्णनात्मक तथा विश्लेषणात्मक तरिकालतथ्याङकहरूको विश्लेषण गरिएको छ । यसका लागि कल्लेरी गा.वि.स. को वडा नं. १, २ र६ मा बसोबास गन ९९१ घरधुरीमध्ये समानुपातिक नमुना छनोट विधि अन्तर्गत चिठ्ठाविधिको सहयोगबाट १५० घरधुरी र जि.एस. एग्रोभेटका सञ्चालक १ लाई उद्देश्यात्मकनमुना छनोट विधिको माध्यमबाट जम्मा १५१ छनोट गरिएको थियो । प्राथमिक तथ्याङकसङकलनका रुपमा नमुना छनोटमा परेका खाद्यान्न खेती गर्ने कृषक, खाद्यान्न तथा तरकारीखेती गर्ने कृषक र जी.एस. एग्रोभेटका सञ्चालक रहेका छन भने द्वितीय तथ्याङकसङकलनका रुपमा पोष्टर, पम्प्लेट, पत्रपत्रकिा, पकाशित विभिन्न पुस्तकहरू, गा.वि.स.,जि.वि.स., जि.शि.का. बाट प्रकाशित तथा अप्रकाशित स्रोतबा प्राप्त तथ्याङकहरूलाइलिइएको थियो । अध्ययन क्षेत्रको भ–स्वामित्वको अवस्था अध्ययन गर्दा १–५, १६–२५, २६–३५ र ३६रोपनी माथि गरी ५ भागमा छनोटमा परेका खाद्यान्न खेती गर्ने ३० घरधुरी मध्ये सबैभन्दाधेरै ११ घरधुरीलाई ९–१२ महिना खान पुग्दछ त्यस्तसबैभन्दा कम ०–३ महिना खान पुग्न४ घरधुरी रहेका छनभन खाद्यान्न तथा तरकारी खेती गर्ने छनोटमा परेका १२० घरधुरीकृषक मध्ये सबैलाई आफ्नो खाद्यान्न तथा तरकारीबाट प्राप्त आयले खान पुग्ने गरेकोपाइयो । यस अध्ययनमा खाद्यान्न बालिमा धान, मकै, गहुँ, कोदोको अध्ययन गरिएका थियाभने तरकारी खेतीमा, आलु, काउली, बन्दा, मला र गोलभेडाको अध्ययन गरिएको थियो ।अध्ययन क्षेत्रमा खाद्यान्न खेती मात्र गर्ने घरपरिवारको उपयोग गरेको क्षेत्रफल १३३ रोपनी,उत्पादन ८७,३५४ र जम्मा आम्दानी रु २३,९६,०७० पाइयो । त्यस्तै खाद्यान्न तथा तरकारीबाली लगाउने क्षेत्रफल १,३७५ रोपनीमा उत्पादन १२,५५,३२० क.जी. र जम्मा आम्दानीरु २,०९,००,००० रहको पाइयो । ष्ख खाद्यान्नखेती गर्ने कषकको स्रोतगत कृल वार्षिक आम्दानी रु.५५,१६,०७० कुलऔषत घरपरिवार आयरु. १,८३,८६९ र प्रतिव्यक्ति औषत आयरु.२७,८५८.९३ रहेको छभने कुल वाषिक खर्च रु. ५०,८०,००० औषत घरपरिवार खर्च रु. १,६९,३३३.३३ रप्रतिव्यक्ति औषत खर्च रु. २५,६५६.५६ रहेको छ । त्यसैगरी वार्षिक कुल वचतरु. ४,३६,००० औषत घरपरिवार वचत रु १४,५३५.६७ र त्यसैगरी रु. २,२०२.३७प्रतिव्यीक्त औषत वार्षिक वचत रहेको छ भने खाद्यान्न तथा तरकारी खेती गर्ने कृषककास्रोतगत कुल वार्षिक आम्दानी रु. ३,७०,१२,००० कुल औषत घरपरिवार आम्दानी रु३,०८,४३३.३३ पतिव्यक्ति वार्षिक औषत आयरु.४६,७३२.३२ रहेको छ भन कुल वार्षिकखर्चरु.२,५५,०१,०००, औषत कुल वार्षिक घरपरिवार खचरु.२,१२,५०८.३३ प्रतिशतवार्षिक औषत प्रतिव्यक्ति खचरु. ३२,१९८.२३ रहेको छ । त्यसैगरी कुल वार्षिक वचतरु. १,१५,११,०००, प्रतिघर परिवार औषत वार्षिक वचतरु.९५,९२५, प्रतिव्यक्ति औषतवार्षिक वचतरु. १४,५३४.०९ रहेको छ । खाद्यान्न खेतीको २३.३३ प्रतिशत न्युन, ६३.३३प्रतिशतले मध्यम, १३.६७ प्रतिशतले उच्च आर्थिक पभाव परेको देखियो भने तरकारी तथाखाद्यन्नको ३.३३ पतिशत घरपरिवारलाई न्यून, २५ प्रतिशतलाई मध्यम र ७१.६७ प्रतिशतघरपरिवारलाई उच्च आर्थिक प्रभाव पारेको थियो । अध्ययन क्षेत्रमा छनोटमा परेका खाद्यान्न खेती गर्ने कृषकको पारिवारिक साक्षरताहेर्दा ७६.३३ प्रतिशत साक्षर, २३.६७ प्रतिशत निरक्षर रहेको पाइयो भने तहगत पारिवारिकशैक्षिक अवस्था हेर्दा प्रा.वि. ४०.२० पतिशत, नि.मा.वि. २४.०५ प्रतिशत, मा.वि. १७.७३प्रतिशत, उ.मा.वि. ६.३३ प्रतिशत र उच्च शिक्षा ११.३९ प्रतिशत रहेको पाइयो । खाद्यान्नतथा तरकारी खेती गर्ने कृषक पारिवारिक साक्षरता त्यसैगरी ८४.३० प्रतिशत, साक्षर र१५.६७ प्रतिशत निरक्षर रहेको पाइयो भने तहगत पारिवारिक शैक्षिक अवस्था हेर्दा प्रा.वि.४८.५१ प्रतिशत, नि.मा.वि. २५ पतिशत, मा.वि. १४.८३ प्रतिशत, उ.मा.वि. ६.७८प्रतिशत, उच्च शिक्षा ४.८७ प्रतिशत रहेको पाइयो । खाद्यान्न खेती गर्ने ३० घरधुरीकाविद्यालय जाने उमेर समहका १८२ विद्यार्थीमध्ये ४६ जना निजी र १३६ जना सरकारीविद्यालय पढन जाने गरको पाइयो । प्राविधिक शिक्षाको अभाव, तालिमप्राप्त शिक्षककाअभाव, सरकारी विद्यालयमा समयमा पाठय पुस्तक उपलब्ध नहुने जस्ता समस्या शैक्षिकक्षेत्रमा छनभनप्राविधिक शिक्षामा जोड, सरकारी विद्यालयमा शिक्षक तालिम पाप्त हुनुपर्ने, ख सरकारी विद्यालयमा समयमा पाठयपुस्तक उपलब्ध हुनुपर्ने जस्ता समस्या समाधानकाउपायहरू प्रस्तुत गरिएको थियो । अध्ययन क्षेत्रमा यस्ता उपलब्धिहरू हुँदाहुँदै पनि उचित बजार व्यवस्थापनकाअभाव, सिंचाइ सुविधाका अपर्याप्तता, कोल्डस्टोरको अभाव, कृषि तालिमका अपर्याप्तता,स्थानीय व्यापारीको मनोमानी, स्थिर मूल्यको अभाव जस्ता समस्याहरू रहेका थिए । यस्तासमस्याहरू समाधान गर्न उचित बजार व्यवस्थापन हुनुपर्ने, सिँचाई सविधा पर्याप्त हुनुपर्ने,कोल्ड स्टोरको व्यवस्था हनुपर्ने, सबै कृषकलाई तालिमको व्यवस्था गरिनुपर्ने, तरकारीकामूल्य स्थिर हुनुपर्ने जस्ता समस्या समाधानका उपायहरू रहेका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9438
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectतरकारी खेती Vegetable farmingen_US
dc.subjectशैक्षिक क्षेत्र Educational sectoren_US
dc.titleतरकारी खेतीले कृषकको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव कल्लेरी गा.वि.स., धादिङ{Impact of Vegetable Farming on Farmers' Economic and Educational Sector Kalleri VDC, Dhading}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
122.95 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
644.7 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: