कीर्तिपूर नगरपालिका वडा नं ४ का च्याउ फर्मको लागत — लाभ विश्लेषण एक अध्ययन{Kirtipur Nagarpalika wad.na 4 ka chyau farmako lagat- labh bislesan ek adhyan}

dc.contributor.authorतामाङ, कविता Tamang, kabita
dc.date.accessioned2022-07-12T04:47:25Z
dc.date.available2022-07-12T04:47:25Z
dc.date.issued2020
dc.description.abstractच्याउ खेती किसानहरुको राम्रो आम्दानीको स्रोत भएको नगदेबाली हो । यस शोधपत्रको साधारण उद्देश्य च्याउ फर्मको लागत लाभ विश्लेषण गर्नु रहेको छ । यस शोधपत्रको नमुना छनोटमा परेको काठमाडौँ जिल्ला कीर्तिपूर नगरपालिका वडा.नं. ४ स्थित फुयाल च्याउ फर्म र गौतम च्याउ फर्मको च्याउ खेतीको लागत पहिचान गर्नु, च्याउ खेती वाट प्राप्त प्रतिफल ÷लाभ पहिचान गर्नु, च्याउ खेतीमा लाग्ने लागत र त्यसको लाभबिचको तुलनात्मक विश्लेषण गर्नु यस अध्ययनको विशिष्टउद्देश्यहरु रहेका छन । शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गणात्मक दुव ढाँचाको प्रयोग गरी प्राथमिक र द्धितीय स्रोतको माध्यमवाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकता अनुसार तालिका, स्तम्भचित्र र वित्तचित्रको माध्यमवाट विश्लेषण गरिएको छ । २ वटा प्रश्नावली निमार्ण गरि च्याउ फर्मका व्यवसायी र परीवारका संग प्रत्यक्ष सोधेर गरिएको थियो । भने अवलोकन सूचि र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन गर्ने कार्य पनि प्राथमिक तथ्याङ्क संकलन गर्ने क्रममा गरिएको थियो जसका लागि उद्देश्यमुलक नमुना छनोटका आधारमा कीर्तिपूर नगरपालिका वडा.४ मा रहेको १० वटा च्याउ फर्म मध्ये सम्भावना युक्त नमुना छनोट विधि अन्र्तगत २०% हुने गरि चिठठा प्रणलिबाट दुई वटा च्याउ फर्म अर्थात फुयाल च्याउ फर्म र गौतम च्याउ फर्मलाई छनोट गरिएको थियो । अध्ययन कार्यलाई सहज बनाउन द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास समितीको कार्यलाय अर्थमन्त्रालय, नगरपालिकाको कार्यलय, विभिन्न विद्धानहरुका लेख रचना, पत्रपत्रिका र अन्य प्रकाशित र अप्रकाशित तथ्याङ्कलाई आधार मानिएको छ । फुयाल च्याउ फर्म वि.स. २०७२ सालमा रु १५,००,०००।— वार्षिक १०% व्याजदरमा ऋण लिई सुरुवात गरिएको थियो । यस फर्मका व्यवसायीका परिवारमा ४ जना सदस्यहरु रहेको पाईयो फर्मका लागि आवश्यक बीउ, पानि, औषधी सम्पूर्ण कच्चा पदार्थहरुको नियमित आपूर्तिका लागि फर्म सञ्चालनको सुरुवातनै सरोकारवाला निकायहरु संग सम्झौता गरी सोही अनुसार व्यवस्थीत गर्दै आएको पाइयो । यस फुयाल च्याउ फर्म द्धारा सञ्चालित च्याउ फर्मको २०७३—२०७५ सालको लागत आय र नाफाको आधारमा लागत पूँजिको सीमान्त क्षमता पत्ता सोहि अनुसार लागत लाभ विश्लेषण गरिएको छ । यस फर्मको २०७३—२०७५ सालको कुल स्थिर लागत रु ९,१०,०००।— औषत स्थिर लागत रु ३,०३,३३३,३३।— त्यसै गरि २०७३—२०७५ सालको कुल परिवतनशील लागत रु ७३,५८,०००।— औषत परिवर्तनशील लागत रु २४,८४,३३३.३१।— २०७३—२०७५ सालको कुल लागत रु ८२,५८,०००।— औषत लागत रु २७,५२,६६६.६७।— औषतमा प्रति के.जी च्याउको मुल्य ११६.४५ लागत लगाई च्याउको उत्पादन गरेको पाईयो । २०७३—२०७५ सालको कुल आय रु ३७,९०,०००।—रहेको पाईयो कुल आय वाट कुल लागत कटाएर कुल नाफा रु ३१,०२,०००।—प्राप्त भएको पाईयो । फर्मको औषत नाफा रु १०,३४,०००।—प्राप्त भएको पाईयो । यस फुयाल च्याउ फर्मद्धारा सञ्चालित च्याउ फर्ममा लगानी गरिएको पूँजिको सीमानत क्षमता २०७३—२०७५ सालमा ३७.५१८ रहेको पाईयो । गौतम च्याउ फर्म वि.स. २०७३ सालमा रु १०,००,०००।— वार्षिक १०.५% व्याजदरमा ऋण लिई सुरुवात गरिएको थियो । यस फर्मका व्यवसायीका परिवारमा ४ जना सदस्यहरु रहेको पाईयो फर्मका लागि आवश्यक बीउ, पानी, औषधी सम्पूर्ण कच्चापदार्थहरुको नियमित आपूर्तिका लागि फर्म सञ्चालनको सुरुवातनै सरोकारवाला निकायहरु संग सम्झौता गरी सोही अनुसार व्यवस्थीत गर्दै आएको पाईयो । यस गौतम च्याउ फर्म द्धारा सञ्चालित च्याउ फर्मको २०७३—२०७५ सालको लागत आय र नाफाको आधारमा लागत पूँजीको सीमान्त क्षमता पत्ता सोहि अनुसार लागत लाभ विश्लेषण गरिएको छ । यस फर्मको २०७३—२०७५ सालको कुल स्थिर लागत रु ६,३७,०००।— औषत स्थिर लागत रु २,१२,३३३.३३।— त्यसै गरि २०७३—२०७५ सालको कुल परिवर्तनशील लागत रु ४९,८३,०००।— औषत परिवतनशील लागत रु १६,९४,३३३.३२।— २०७३—२०७५ सालको कुल लागत रु ५६,२०,०००।— औषत लागत रु १८,७३,३३३.३३।— औषतमा प्रति के.जी च्याउको मुल्य ११३.८० लागत लगाई च्याउको उत्पादन गरेको पाईयो । २०७३—२०७५ सालको कुल आय रु २२,४०,०००।—रहेको पाईयो कुल आय वाट कुल लागत कटाएर कुल नाफा रु ११,००,०००।—प्राप्त भएको पाईयो । फर्मको औषत नाफा रु ३,६६,६६६.६७।—प्राप्त भएको पाईयो । यस गौतम च्याउ फर्मद्धारा सञ्चालित च्याउ फर्ममा लगानी गरिएको पूँजिको सीमान्त क्षमता २०७३—२०७५ सालमा १९.५७२ रहेको पाईयो । यस फर्ममा तालिमको अभाव, रोगको समस्या, ऋणको अभाव, बजारको समस्या लगायतका अन्य समस्याहरु रहेको यस अध्ययनको क्रममा पाइयो । समग्रमा यस अध्ययन पश्चात च्याउ फर्ममा गरिएको लागानिबाट उच्च प्रतिफल प्राप्त भई व्यवसायीको परिवारमा आर्थिक क्षेत्रमा सुधार पु¥याएको देखियो । अन्तमा यस अध्ययनको निष्कर्षको आधारमा च्याउ फर्ममा लाग्ने लागतबाट उचित प्रतिफल प्राप्त हुने भएकाले यस्ता फर्ममा लागानि विस्तार गर्नका साथै च्याउ फर्ममा देखा परेका समस्याहरुको समाधानका लागि समयमै पहल गर्न सके व्यवसायी थप प्रभावकारी हेने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11639
dc.language.isoneen_US
dc.publisherDepartment of Economics Educationen_US
dc.subjectच्याउ खेती chayau khetien_US
dc.subjectलागत - लाभ विश्लेषण Lagat labh bislesanen_US
dc.titleकीर्तिपूर नगरपालिका वडा नं ४ का च्याउ फर्मको लागत — लाभ विश्लेषण एक अध्ययन{Kirtipur Nagarpalika wad.na 4 ka chyau farmako lagat- labh bislesan ek adhyan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
143.68 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Thesis.pdf
Size:
1.15 MB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: