महिला सशक्तिकरणले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदान (कोशि हरैचा नगरपालिका, मोरङ्ग) ( Mahila sasktikaranle uniharuko samajik, arthik tatha saikshik bikashma puryayeko yogdan (koshi haraicha nagarpalika Morang)

dc.contributor.authorसुवेदी, पुष्पा Subedi, Pushpa
dc.date.accessioned2023-09-04T06:11:04Z
dc.date.available2023-09-04T06:11:04Z
dc.date.issued2016
dc.description.abstractयो अध्ययन मोरङ्ग जिल्ला कोशि–हरैँचा नगरपालिका वडा नं. ४ मा बसोबास गर्ने विवाहित महिलाहरुसँग सम्बन्धित छ । यस अध्ययन “महिला सशक्तिकरणले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदानमा महिलाहरुको सामाजिक, शैक्षिक, आर्थिक अवस्था तथा महिला सशक्तिकरणले महिलाहरुको शैक्षिक विकासमा पुर्याएकाे योगदान बारेमा विस्तृत जानकारी दिएको छ । यस अध्ययनका उद्देश्यहरु महिला सशक्तिकरणले उनिहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदानको विश्लेषण गर्नु पारिवारिक निर्णय प्रक्रियामा महिलाहरुको भुमिका पत्ता लगाउनु रहेको छ । यो अध्ययन प्राथमिक र सहायक तथ्याङ्कमा आधारित छ । प्राथमिक तथ्याङ्क सङ्कलनका लागि प्रश्नावली, अन्र्तवार्ता र अवलोकन छलफल प्रकृया अपनाइएको छ भने द्वितिय तथ्याङ्क अन्तर्गत विभिन्न पुस्तक पत्रपत्रिका, लेख रचना, अभिलेख आदिको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका कुल १२९९ घरधुरि मध्ये १५० घरधुरिमा बसोबास गर्ने १८–६० वर्ष उमेरका २०० विवाहित महिलाहरुलाई उद्देश्यमुलक नमुना छनोट विधिको आधारमा व्यवस्थित छनोट विधिलाई लिएको छ । तथ्याङ्कलाई प्रतिशत, तालिका, वृत्तचित्र र स्तम्भचित्रमा प्रस्तुत गरिएको छ । यस अध्ययन क्षेत्रका सबैभन्दा बढी जनसङ्ख्या ४१.५ प्रतिशतले कृषि पेशा अंगालेको पाइयो त्यस्तै वैदेशिक रोजगारमा सबैभन्दा कम ४ प्रतिशत जनसङ्ख्या संलग्न रहेको पाइयो । त्यसैगरी अध्ययन क्षेत्रमा विभिन्न जातजातिको मानिसहरुको बसोबास भए तापनि ब्राह्मण;क्षेत्रीको संख्या बढी पाइयो । त्यस्तै थारु, मगर, तेली, दमाई, राजवंशी, नेवार, लिम्बु, राई, झागड आदि जातिका मानिसहरुको पनि बसोबास रहेको पाइयो । अध्ययन क्षेत्रमा छोरा र छोरी प्रतिको धारणामा ४० प्रतिशत महिलाहरुले बुढेसकालको साहारा चाहिने हुनाले छोरा नभई नहुने धारणा राखेको पाइयो भने २५ प्रतिशतले छोरी मात्र हुँदा पनि हुन्छ, छोरा र छोरी समान छन् भन्ने धारणा राखेको पाइयो । त्यस्तै गरी ३५ प्रतिशत महिलाहरुले छोरा र छोरी दुवैको चाहनाको समान महत्व दिएको पाइयो । यस अध्ययन क्षेत्रमा रहेका महिलाहरुको धार्मिक विविधतालाई हेर्दा हिन्दु धर्म मान्ने ८४ प्रतिशत, बौद्ध धर्म मान्ने १०.५ प्रतिशत, इसाई धर्म मान्ने ३.५ प्रतिशत र अन्य धर्म मान्ने २ प्रतिशत महिलाहरु रहेको पाइयो । पारिवारिक समस्यामा लिइने निर्णयमा छोराछोरीको विवाह गर्ने निर्णयमा ३९.५ प्रतिशतले निर्णय गर्ने, १५.५ प्रतिशत महिलाले निर्णय नगर्ने र महिला, पुरुष दुवैको सल्लाहबाट निर्णय गर्ने ४५ प्रतिशत रहेको पाइयो भने जग्गा किनबेचमा निर्णय गर्ने २५.५ प्रतिशत, कुनै पनि निर्णय नगर्ने २३ प्रतिशत र दुवैको सल्लाहबाट ५१.५ प्रतिशत रहेको पाइयो । त्यस्तै ऋण लिने दिने सम्बन्धी निर्णय गर्नेमा २०.५ प्रतिशत, निर्णय नगर्नेमा ४९ प्रतिशत र दुवैको सल्लाहबाट ऋण लिने दिनेमा ३०.५ प्रतिशत रहेको पाइयो । त्यस्तै छोराछोरी कहाँ पढाउने भने बारेमा निर्णय गर्ने ४१ प्रतिशत, नगर्ने १९.५ प्रतिशत र दुवैको सल्लाहबाट निर्णय गर्ने ३९.५ प्रतिशत रहेको पाइयो । यस अध्ययन क्षेत्रका नमुना छनोटमा परेका महिलाहरुको व्यक्तिगत स्रोतगत आम्दानी कृषिबाट रु. २४९३३००० नोकरीबाट रु. ७३९२००० व्यापारबाट रु. १८२४०००० ज्यालामजदुरीबाट रु. ७०५६००० र वैदेशिक रोजगारीबाट रु. ४८००००० गरी कुल स्रोतगत वार्षिक आम्दानी ६,२४,२१००० रहेको पाइयो । यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रमा महिलाको अवस्थामा सुधार आउने क्रम जारि रहेको देखिन्छ । महिलाहरु विस्तारै सशक्त हुँदैछन् । समग्रमा महिलाहरु पछाडि पर्नुको कारण देश विकासको मूल प्रवाहमा उनीहरुलाई पूर्णरुपले सहभागी नगराउनु र साथै उनीहरुले गरेको कामको उचित मूल्याङ्कन नहुनु नै हो । सशक्तिकरणको भावना अनुरुप महिलाहरु सशक्त भएनन् भने त्यसले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पु¥याएको योगदान प्रति शंकासम्म गर्ने ठाउँ छैन र महिला विकास तथा सशक्तिकरण सन्दर्भमा विभिन्न प्रकारका कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । तसर्थ कार्यान्वयन पक्षमा बढी जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19579
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectमहिला सशक्तिकरण Mahila sashaktikaranen_US
dc.subjectशैक्षिक विकास saikshik bikashen_US
dc.titleमहिला सशक्तिकरणले उनीहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पुर्याएको योगदान (कोशि हरैचा नगरपालिका, मोरङ्ग) ( Mahila sasktikaranle uniharuko samajik, arthik tatha saikshik bikashma puryayeko yogdan (koshi haraicha nagarpalika Morang)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
92.13 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
384.93 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: