वैदेशिक रोजगारीले उनीहरूको घरपरिवारको आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव एक अध्ययन (देउमाई नगरपालिका, इलाम) (Baideshik rojgarile uniharuko gharpariwarko aarthik, shaikshik tatha samajik kshetrma pareko prabhaw ek adhyayan Deumai nagarpalika, Ilam)

dc.contributor.authorराना मगर, दिलु कला Rana Magar, Dilu Kala
dc.date.accessioned2023-09-01T11:01:29Z
dc.date.available2023-09-01T11:01:29Z
dc.date.issued2017
dc.description.abstractप्रश्तुत सोधपत्र वैदेशिक रोजगारले उनीहरूको घरपरिवारको आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा पारेको प्रभाव हेर्ने हो ।यस अध्ययनका विशिष्ट उद्देश्यहरूमा वैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको वैदेशिक रोजगारमा जानुअघि रपछिको आयको तुलनात्मक अध्ययन गर्नु, वैदेशिक रोजगारी पूर्व र पश्चात् उनीहरूका बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभावपत्ता लगाउनु र वैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको सामाजिक स्तरमा परेको प्रभाव र पविर्तनको तुलानत्मक तथा गुणात्मक अवस्था पत्ता लगाउने रहेका छन् । यस अध्ययनमा वर्णनात्मक विधिको विधि अपनाइएको छ । यस अध्ययनको लागि इलाम जिल्ला देउमाई नगरपालिका वडा नं. २, ३ र ४ लाई उद्देश्यमूलक नमूना छनोटका आधारमा छनौट गरिएको छ । मलेसिया, साउदी अरब, कतार, दुबई, बहराइन, ओमन र दक्षिण कोरियामा वि.सं. २०६८ साल देखि २०७४ कार्तिक सम्म वैदेशिक रोजगारीमा संलग्न २०० जनालाई समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना छनोट गरियो । तथ्याङ्क सङ्कलनका लागि प्राथमिक र द्धितीय स्रोतको प्रयोग गरिएको छ । प्राथमिक स्रोतको रूपमा वैदेशिक रोजगारीमा गएका युवायुवतीका घरपरिवारका अभिभावकहरूलाई सोधिएको प्रश्नहरूको उत्तर, छलफल सूची, अवलोकन फारम प्राथमिक स्रोतका रूपमा लिइएको छ । भने द्धितीय तथ्याङ्कको स्रोतको रूपमा वैदेशिक रोजगारसँग सम्बन्धित प्रतिवेदनहरू, नगरपालिका कार्यलय, अर्थमन्त्रालय, वैदेशिक रोजगार विभाग, केन्द्रियतथ्याङ्क विभाग कार्यलयबाट प्रकाशित लेख, रचना र बुलेटिन तथा अध्ययनसँग सम्बन्धित पुराना शोधपत्रलाई लिइएको छ । वैदेशिक रोजगारीमा जानु अघि र पछिको आम्दानी, खर्च तथा बचत यस प्रकार छ । वैदेशिक रोजगारमा जानुअघि पविारको वार्षिक आम्दानी रु.२,९५,००,०००÷ र औषत आम्दानी रु.१,४७,५००÷– र खर्च रु.२,९६,०१,५००÷– ऋण रु.१,०१,५००÷–छ भने वैदेशिक रोजगारमा गएपछि वार्षिक आम्दानी रु.९,२२,०५,००० र औषत आम्दानी रु.४,६१,०२५÷– र बचत रु.१,४५,००,०००,रहेको पाइयो । वैदेशिक रोजगारीमा जानुभन्दा अघि ९१.९२ प्रतिशतसरकारी विद्यालयमा जाने गर्दथे । वैदेशिक रोजगार पछि २९.८१ प्रतिशत रहेको पाइयो । त्यस्तै वैदेशिक रोजगार अघिनिजी विद्यालयमा १७.२०प्रतिशत र वैदेशिक रोजगार पछि ३०.७७ प्रतिशत र दुबै विद्यालयमा जाने बालबालिका वैदेशिक रोजगारीमा जानु अघि ३०.७७ र वैदेशिक रोजगार पछि ३९.४२ प्रतिशतरहेको देखिन्छ । नेपाली कामदारहरू स्वदेशमा रोजगारी नभएर, आर्थिक अवस्था कमजोर भएर महङ्गीको तुलनामा कम तलब भएर वैदेशिक रोजगारीमा गएको स्पष्ट कारण पाइन्छ । कामदारहरू विदेशमा गएर जटिल खालका काम गर्नुपर्ने विवरण पाइन्छ । तसर्थ नेपाली कामदारहरू वैदेशिक रोजगारमा जानुपूर्व सम्बन्धित विषयमा काम सिकी जानुपर्ने र स्थानीय क्षेत्रमा तालिम केन्द्रहरू सञ्चालन गरी तालिम दिनुपर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19513
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectवैदेशिक रोजगार Baisedhik rojgaren_US
dc.subjectसामाजिक क्षेत्र Samajik kshetraen_US
dc.titleवैदेशिक रोजगारीले उनीहरूको घरपरिवारको आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव एक अध्ययन (देउमाई नगरपालिका, इलाम) (Baideshik rojgarile uniharuko gharpariwarko aarthik, shaikshik tatha samajik kshetrma pareko prabhaw ek adhyayan Deumai nagarpalika, Ilam)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(1).pdf
Size:
68.88 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
333.81 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: