महिला सशक्तिकरणले उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभाव, चकचकी गा.वि.स., झापा (Mahila sasaktikaranle uniharuko samajik. arthik tatha saikshik bikasma pareko parbhab, chakchaki ga,bi sa. Jhapa)
| dc.contributor.author | रेग्मी, अनिता Regmi, Anita | |
| dc.date.accessioned | 2023-09-04T10:29:50Z | |
| dc.date.available | 2023-09-04T10:29:50Z | |
| dc.date.issued | 2016 | |
| dc.description.abstract | यो अध्ययन झापा चकचकी गा.वि.स. को वडा नं. ७ मा बसोबास गर्ने १८ देखि ६० वर्ष उमेर समूहका विवाहित महिलाहरूसँग सम्बन्धित रहेको छ । यस अध्ययन “महिला सशक्तिकरणले उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभाव” मा महिलाहरूको सामाजिक, शैक्षिक, आर्थिक अवस्था तथा महिला सशक्तिकरणले महिलाहरूको शैक्षिक विकासमा पारेको प्रभाव बारेमा विस्तृत जानकारी दिएको छ । यस अध्ययनका उद्देश्यहरू महिलाहरूको सामाजिक अवस्था पत्ता लगाउनु, महिला सशक्तिकरणले उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभाव विश्लेषण गर्नु र घरायसी निर्णय प्रकृयामा महिलाहरूको भूमिका अध्ययन गर्नु रहेको छ । यो अध्ययन प्राथमिक र सहायक तथ्याङ्कमा आधारित छ । प्राथमिक तथ्याङ्क स्थलगत सर्वेक्षणद्वारा लिएको छ । तथ्याङ्क संकलनका लागि प्रश्नावली अन्तर्वार्ता र अवलोकन छलफल प्रकृया अपनाइएको छ भने द्वितीय तथ्याङ्क अन्तर्गत विभिन्न पुस्तक पत्रपत्रिका लेख्न रचना अभिलेख क्षेत्रमा कुल २९९ घरधुरी मध्ये १८–६० वर्ष उमेर समूहका विवाहित महिलाहरूको कुललाई उद्देश्यमूलक नमूना छनोट विधिको आधारमा व्यवस्थित नमूना छनोट विधिलाई लिएको छ । तथ्याङ्कलाई प्रतिशत, तालिका, वृत्तचित्र र स्तम्भचित्रमा प्रस्तुत गरिएको छ । यस अध्ययनको क्रममा प्राप्त तथ्याङ्क अनुसार अध्ययन क्षेत्रको महिलाहरूको मुख्य पेशा कृषि नै रहेको छ । उनीहरूको कामको कुनै मूल्याङ्कन नभएको पाइयो । समग्रमा महिलाहरू पछाडी पर्नुको कारण देश विकासको मूल प्रवाहमा उनीहरूलाई पूर्णहरूले सहभागी नगराउनु साथै उनीहरूले गरेको कामको उचित मूल्याङ्कलन नहुनु नै हो । सशक्तिकरणको भावना अनुरुप महिलाहरू सशक्त भए भने त्यसले उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभाव प्रति शंकासम्म गर्ने ठाउँ छेन तर महिला सशक्तिकरणका सन्दर्भमा विभिन्न कानूनी व्यवस्था भएपनि कार्यान्वयन पक्षमा बढी जोड दिनुपर्ने आवश्यक छन् । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/19601 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | अर्थशास्त्र शिक्षा विभाग | en_US |
| dc.subject | महिला सशक्तिकरण Mahila sashaktikaran | en_US |
| dc.subject | आर्थिक अवस्था Arthik awastha | en_US |
| dc.subject | शैक्षिक विकास Saikshik bikash | en_US |
| dc.title | महिला सशक्तिकरणले उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभाव, चकचकी गा.वि.स., झापा (Mahila sasaktikaranle uniharuko samajik. arthik tatha saikshik bikasma pareko parbhab, chakchaki ga,bi sa. Jhapa) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Faculty of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
