महिला सशक्तीकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान : बछौली गा.वि.स., चितवन (Mahila sasktikaranle uniharuko samajik tatha arthik bikashma puryayeko yogdan; Bachauli ga. bi. sa. Chitwan)

dc.contributor.authorपाैडेल, टिकादेवी Paudel, Tikadevi
dc.date.accessioned2023-09-03T10:47:39Z
dc.date.available2023-09-03T10:47:39Z
dc.date.issued2016
dc.description.abstractमहिला सशक्तिकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदानः बछौली गा.वि.स., चितवन शिर्षकको यो शोधपत्रको मुख्य उद्देश्य महिलाहरुको सामाजिक अवस्थाको पहिचान गर्नु, महिलाहरुको सशक्तिकरणले उनिहरुको आर्थिक विकासमा पुयाएका योगदानको विश्लेषण गर्नु र पारिवारिक निर्णय प्रकृयामा महिलाहरुको सहभागिता पत्ता लगाइ विष्लेषण गर्नु रहेको छ । यो अध्ययन गर्नको लागि १०२ जना विवाहित महिलाहरुलाई छनौट गरिएको थियो । यो अध्ययन पुरा गर्न प्राथमिक र सहायक तथ्याङ्कलाई आधार मानिएको छ । प्राथमिक तथ्याङ्कमा स्थलगत सर्वेक्षण गरी तथ्याङक संकलनको लागि प्रश्नावली, अन्तरवार्ता र अवोलकन जस्ता विधि र तरिकाहरु अपनाइएको थियो । यस अध्ययनमा १०२ घरधुरीका १०२ जना विवाहित महिलाहरुलाई छनौट गरिएको छ । तथ्याङ्कलाई तालिका र वृत्त चित्रद्वारा दर्शाई विश्लेषण गरिएको छ । यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रका महिलाहरु सशक्तिकरण तर्फ उन्मुख भएको पाइएता पनि अध्ययन क्षेत्रका धेरै जसो महिलाहरु घरायसी कामकाजमा व्यस्त रहेका पाईएको छ । सकृय भन्दा निष्कृय महिलाहरुको संख्या बढि रहेको छ । रोजगारीको क्षेत्रमा पनि प्राविधिक शिक्षाको कमिको कारण उल्लेखनिय रुपमा वृद्धि भएको पाइदैन तथापि यस क्षेत्रमा पर्यटकिय रुपमा परिचित सौराह नजिक पर्ने हुनाले यहाँका होटलहरुले सानो ठुलो रोजगारीको अवसर प्रदान गरेको छ । जसले उनिहरुको जिवनस्तर उकास्न ठुलो मद्दत मिलेको छ । यहाँका अधिकांश महिलाहरु कृषि पेशामा पनि आवद्ध छन् । यहाँको भु भाग समतल र मलिलो भएको कारण खाद्यान्न उत्पादन पनि राम्रो नै हुने गरेको छ । तर यस्ता पेशाको मुल्याङकन कम भएको पाइन्छ । महिलाहरुलाई सामाजिक, आर्थिक र निर्णय प्रकृयामा अगाडि बढाउन विभिन्न प्रयासहरु भएता पनि समाजमा परम्परागत रुपमा चलिआएका मुल्यमान्यताहरुका कारण उनिहरु अगाडि बढ्न सकिराखेको पाइदैन । यसका लागि त्यस्ता मुल्यमान्यताका जगहरुलाई भत्काउन सचेतनामुलक कार्यक्रमका साथै सरकारी निति नियमहरु कडाइका साथ कार्यान्वयन हुन जरुरी छ । जब महिलाहरु समाजमा सशक्त रुपमा अगाडी बढ्छन तब मात्र देशले सोचे अनुरुप विकासको फड्को मार्न सक्दछ । अन्यथा विकासको नाम मात्र जपिरहनुको कुनै अर्थ हुनेछैन । तसर्थ महिला विभेदको अन्त्य गरी महिलालाई सशक्त रुपमा अगाडी बढाउनु आजको समाजको अपरिहार्यता हो । जसको लागि सरकारले निति नियम बदलिदो परिवेश अनुसार परिमार्जन गर्दै कार्यान्वयन तर्फ लैजानु पर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19566
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectमहिला सशक्तिकरण Mahila sashaktikaranen_US
dc.subjectपारिवारिक निर्णय Pariwarik nirnayaen_US
dc.titleमहिला सशक्तीकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान : बछौली गा.वि.स., चितवन (Mahila sasktikaranle uniharuko samajik tatha arthik bikashma puryayeko yogdan; Bachauli ga. bi. sa. Chitwan)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
87.24 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
347.23 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: