सामुदायिक तथा संस्थागत विधालयले माध्यमिक तहमा गरेकाे आर्थिक लगानी र शैक्षिक उपलब्धी गाेरखा नगरपालिका गाेरखा (Samudayik tatha sansthagat vidyalayle madhyamik tahama gareko aarthik lagani ra shaikshik upalabdhi Gorakha nagarpalika gorakah

dc.contributor.authorथापा मगर, कमला Thapa Magar, Kamala
dc.date.accessioned2023-09-01T06:24:01Z
dc.date.available2023-09-01T06:24:01Z
dc.date.issued2016
dc.description.abstractप्रस्तुत “सामुदायिक र संस्थागत माध्यमिक विद्यालयले माध्यमिक तहमा गरेको आर्थिक लगानी र शैक्षिक उपलब्धी ः गोरखा नगरपालिका गोरखा” शीर्षक राखी गरिएको अनुसन्धानको मुख्य उद्देश्य सामुदायिक र संस्थागत विद्यालयले माध्यमिक तहमा गरेको आर्थिक लगानी र शैक्षिक उपलब्धिको विश्लेषण गर्नु रहेको छ । यसका लागि गोरखा जिल्ला गोरखा नगरपालिका अन्तर्गत पर्ने एउटा सामुदायिक माध्यमिक विद्यालय र एउटा संस्थागत माध्यमिक विद्यालयलाई उद्देश्यमूलक नमूना छनौट गरी अध्ययन क्षेत्रमा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयको वार्षिक आय र व्यय, सामुदायिक र संस्थागत विद्यालयको प्रति विद्यार्थी खर्चको अनुमानको विश्लेषण गर्ने, सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक उपलब्धीको विश्लेषण, सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयको शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्ने विशिष्ट उद्देश्य राखि अध्ययन गरिएको थियो । यो अध्ययनमा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयबाट प्राप्त प्राथमिक तथ्याङ्ककलाई प्रमुख रुपमा लिइएको छ भने द्वितिय तथ्याङ्कलाई अध्ययन विश्लेषण कार्यको लागि सहयोगीका रुपमा प्रयोगमा ल्याइएको छ । अध्ययन क्षेत्रका १ वटा सामुदायिक र १ वटा संस्थागत माध्यमिक तह (९ र १०) मा अध्ययनरत विद्यार्थीहरुलाई सामान्य सम्भावना युक्त नमुना छनौट गरी चिट्ठा प्रणालीद्वारा १२०÷१२० जनालाई छनौट गरिएको थियो । छनौटमा परेका विद्यार्थीका अभिभावकलाई सामान्य सम्भावनयुक्त नमुना छनौट गरी चिट्ठा प्रणालीद्वाा १२०÷१२० जनालाई छनौट गरिएको थियो । छनौट भएका विद्यालयका लागि विद्यालय अवलोकन सूची, विद्यालय सर्वेक्षण फारम, प्रधानाध्यापकको लागि प्रश्नावली, अभिभावकका लागि प्रश्नावली तयार पारी प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । जिल्ला शिक्षा कार्यालय गोरखा, शिक्षा मन्त्रालय, अर्थमन्त्रालय, अर्थमन्त्रालय साथै विभिन्न संघ संस्थाबाट प्रकाशित पुस्तक, लेख रचना, प्रतिवेदन साथै तथ्याङ्कको द्वितिय स्रोतको रुपमा लिइएको थियो । अध्ययन क्षेत्रका विद्यालयहरुको आम्दानी र खर्चको विश्लेषण गर्दा सामुदायिक माध्यमिक विद्यालयको कुल वार्षिक औषत आम्दानीमा रु. ७३३५८४६ प्रमुख आम्दानीको स्रोतको रुपमा सरकारी अनुदान ९२.७० प्रतिशत रहेका छ । सामुदायिक विद्यालयको अन्य स्रोतको रुपमा अभिभावक÷विद्यार्थीबाट ०.९१ प्रतिशत विद्यालयको आफ्नो स्रोतबाट ४.७९ प्रतिशत र बैंक मौज्दात १.५८ प्रतिशत रहेको छ । त्यसै गरी संस्थागत माध्यमिक विद्यालयको कूल वार्षिक औषत आम्दानी रु. १८५३३५१ रहेको पाइयो । जसमा प्रमुख आम्दानीको रुपमा अभिभावक÷विद्यार्थी ९६.०४ प्रतिशत रहको छ भने बैँक मौज्दातबाट ३.९५ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रमा माध्यमिक विद्यालयहरुले गरेको शैक्षिक वर्ष २०६९÷०७०–२०७०÷०७१ सम्मको खर्चको विश्लेषण गर्दा सामुदायिक माध्यमिक विद्यालयको वार्षिक औषत कूल खर्च रु. ४२९८९२७ रहेको पाइयो । जसमा शिक्षक तलब भत्तामा १२.०१ प्रतिशत, कर्मचारी तलब भत्तामा १२.२२ प्रतिशत मसलन्द खर्चमा ५१.७० प्रतिशत, शैक्षिक सामग्रीमा १५.२८ प्रतिशत, खेलकूदमा ०.६२ प्रतिशत, टेलिफोनमा ०.२३ प्रतिशत, छात्रवृत्तिमा ७.९३ प्रतिशत रहेको देखिन्छ भने संस्थागत विद्यालयको वार्षिक औषत कूल खर्च रु. ४३५०२७.७ रहेको पाइयो जसमा शिक्षक तलब भत्तामा ६७ प्रतिशत कर्मचारी तलब भत्तामा ९.४३ प्रतिशत, मसलन्द खर्चमा ०.६९ प्रतिशत, शैक्षिक सामाग्रीमा २१.७९ प्रतिशत, खेलकुदमा ०.३२ प्रतिशत, टेलिफोनमा ०.५१ प्रतिशत छात्र वृत्तिमा ६.४४ प्रतिशत रहेको देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19474
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectसंस्थागत माध्यमिक विद्यालय Sansthagat Madhyamik vidyalayaen_US
dc.subjectशैक्षिक सामग्री Saikhik samagrien_US
dc.titleसामुदायिक तथा संस्थागत विधालयले माध्यमिक तहमा गरेकाे आर्थिक लगानी र शैक्षिक उपलब्धी गाेरखा नगरपालिका गाेरखा (Samudayik tatha sansthagat vidyalayle madhyamik tahama gareko aarthik lagani ra shaikshik upalabdhi Gorakha nagarpalika gorakahen_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
81.1 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
373.35 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: