सामुदायिक तथा संस्थागत विधालयकाे माध्यमिक तहमा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक अध्ययन (सन्धिखर्क नगरपालिका,अर्घाखाँची) (Samudayik tatha sansthagat Vidyalayko madhyamik tahama aarthik lagani ra shaikshik upalabdhi ek adhyayan (Sandhikhark Nagarpalika, Arghakhachi)
| dc.contributor.author | भुसाल, सम्झना Bhusal, Samjhana | |
| dc.date.accessioned | 2023-09-01T06:35:25Z | |
| dc.date.available | 2023-09-01T06:35:25Z | |
| dc.date.issued | 2018 | |
| dc.description.abstract | सामुदायिक तथा संस्थागत विद्यालयको माध्यमिक तहमा आर्थिक लगानि र शैक्षिक उपलब्धि एक अध्ययन ः सन्धिर्खक नगरपालिका, अर्घाखाँची शीर्षकमा गरिएको एक अध्ययन हो । यसमा सामुदायिक तथा संस्थागत विद्यालयको माध्यमिक तहको आर्थिक लगानीको पहिचान गर्नु, सामुदायिक तथा संस्थागत विद्यालयको माध्यमिक तहको शैक्षिक उपलब्धिको विश्लेषण गर्नु र सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा गरिएको आर्थिक लगानिले शैक्षिक उपलब्धिमा पारेको प्रभावको विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । शेधपत्रको उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक तरिकाबाट तथ्याड्ढ संकलन गरी वर्णनात्मक र व्याख्यात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक स्रोत र अपूरा तथ्याड्ढक द्धितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याड्ढलाई आवश्यकताअनुसार तालिका र स्तम्भचित्रको माध्यमबाट विश्लेषण गरिएको छ ।प्राथमिक स्रोतबाट तथ्याड्ढक संकलन गर्न छुट्टाछुट्टै प्रश्न निमार्ण गरी माध्यमिक विद्यालयका प्र.अ., अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति लाई प्रत्यक्ष रुपमा प्रश्न सोधेर संकलन गरिएको थियो भने यसका सााथै अवलोकन सुचि र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन र लक्षित समुह छलफल सञ्चालन गरी प्राथमिक तथ्याड्ढक संकलन गरिएको थियो जसका लागि उद्देश्यमुलक र सुविधाजनक नमुना छनौटका आधारमा सन्धिर्खक नगरपालिकामा ज्ञट १ वटा डेक्स बेञ्चको व्यवस्था भएको र प्रति विद्यार्थी १.८० वर्ग फिट क्षेत्रफल रहेको देखियो । चारवटा माध्यमिक विद्यालयमा नै खेल मैदान रहेको ,१÷१ पुस्तकालय, कम्प्युटर कक्षा र शौचालयको सुविधा चारै विद्यालयमा रहेको पाईयो । पिउने पानीको लागि चारै विद्यालयमा धाराको व्यवस्था रहेको पाईयो । माध्यमिक विद्यालयको आर्थिक अवश्था अन्र्तगत विद्यालयको आम्दानिको प्रमुख श्रोतको रुपमा सामुदायिक विद्यालयमा सरकारी अनुदान र संस्थागत विद्यालयमा विद्यार्थी शुल्क रहेको छ ।सामुदायिक विद्यालयमा शैक्षिक वर्ष २०७१÷२०७२ र २०७३ मा कुल आम्दानि रु. २,१९,१६,४७८ प्राप्त भएको छ जसमा सरकारी अनुदानबाट जम्मा रु. २,०४,९७,४१८ अर्थात ९३.२९ प्रतिशत र विद्यार्थी शुल्कबाट रु. २,३३,५३० अर्थात २.३५ प्रतिशत र सामुदायिक स्रोतबाट रु. ९,५२,००० अर्थात ४.३४ प्रतिशत आम्दानि प्राप्त भएको छ भनेसंस्थागत विद्यालयमा आम्दानिको प्रमुख श्रोत विद्यार्थी शुल्क भएकाले शैक्षिक वर्ष २०७१÷२०७२ र २०७३ मा जम्मा रु.२,९२,८३,३०४ आम्दानि प्राप्त भएको देखिएको छ । त्यसैगरी सामुदायिक विद्यालयको खर्चको विवरणलाई हेर्दा शैक्षिक वर्ष २०७१÷२०७२ र २०७३ मा जम्मा रु.२,०२,८१,४९० खर्च भएको छ भने संस्थागत विद्यालयमा शैक्षिक वर्ष २०७१÷२०७२ र २०७३ माजम्मा रु.२,७४,५९,४३८ खर्च भएको देखिएको छ । माध्यमिक विद्यालयको विद्यार्थी लागतको अवश्था हेर्दा सामुदायिक माध्यमिक विद्यालयको कक्षा ९ र १० मा विद्यार्थी प्रत्यक्ष लागत औसतमा रु.४५,८०० र अप्रत्यक्ष लागत औसतमा रु.१४,८९० रहेको पाइयो भने संस्थागत माध्यमिक विद्यालयको कक्षा ९ र १० मा प्रति विद्यार्थी प्रत्यक्ष लागत औसतमा रु.६६,३०० र अप्रत्यक्ष लागत औसतमा रु.५९,७०० रहेको देखिन्छ । चारै विद्यालयको माध्यमिक तहको शैक्षिक उपलब्धिको तुलनात्मा विश्लेषण गर्दा सामुदायिक विद्यालयको कक्षा १० को अन्त्यमा शैक्षिक उपलब्धि ९०.१५ प्रतिशत र संस्थागत विद्यालयको शैक्षिक उपलब्धि ९७.८५ प्रतिशत रहेको पाइयो । यसरी हेर्दा सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयको शैक्षिक उपलब्धि उच्च रहेको पाइयो । समग्रमा सामुदायिक माध्यमिक विद्यालयको आम्दानि तथा खर्चको स्रोत सरकारी अनुदान भएकाले तथा शिक्षामा लगानीको बढी हिस्सा सरकारले व्यहोर्ने भएकाले शिक्षामा व्यक्तिगत खर्च भन्दा सरकारी खर्च बढी भएको देखिन्छ भने संस्थागत विद्यालयमा विद्यार्थी शुल्कबाट विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले र विद्यालय नाफामुखी हुने भएकाले शिक्षामा व्यक्तिगत आर्थिक भार उच्च रहेको देखिन्छ । सामुदायिक र संस्थागत चारै माध्यमिक विद्यालयमा जम्मा १२८ जना शिक्षक रहेका छन् । जसमा सामुदायिक विद्यालयमा ४५ जना तालिम प्राप्त शिक्षक छन् भने संस्थागत विद्यालयमा ७१ जना तालिम प्राप्त शिक्षक रहेको पाइयो । शिक्षक विद्यार्थी अनुपात सामुदायिक विद्यालयमा १.२८ र संस्थागत विद्यालयमा १.२१ रहेको देखिन्छ । शैक्षिक उपलब्धिलाई हेर्दा सामुदायिक विद्यालयमा कक्षा उतीर्ण दर, कक्षा दोहोयाउने दर र कक्षा छाड्ने दर कक्षा ९ मा क्रमशः ८६.९५ प्रतिशत, ७.३ प्रतिशत, ५.९५ प्रतिशत र कक्षा १० मा क्रमशः ९०.१५ प्रतिशत, ६.०५ प्रतिशत र ३ं.८५ प्रतिशत रहेको पाइयो । त्यसैगरी संस्थागत विद्यालय तर्फ कक्षा उतीर्ण दर, कक्षा दोहोयाउने दर र कक्षा छाड्ने दर कक्षा ९ मा क्रमशः ९३.७५ प्रतिशत, ४.२५ प्रतिशत र २ प्रतिशत रहेको छ भने कक्षा १० मा सोहि दर क्रमशः ९७.८५ प्रतिशत, १.७ प्रतिशत र ०.४५ प्रतिशत रहेको पाइयो । अन्त्यमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धिको विशलेषण गर्दा के भन्न सकिन्छ भने माध्यमिक विद्यालयले शैक्षिक उपलब्धि उच्च तुल्याउन लगानी वूद्धि गर्नुका साथै प्रसाशन तथा कार्यलाई चुस्त, दुरुस्त राख्ने सुधारित परीक्षा प्रणाली, स्वच्छ शैक्षिक वातावरण, बालमैत्री विद्यालय र तालिम प्राप्त शिक्षक हुनु पनि अति आवश्यक रहेको देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/19475 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | अर्थशास्त्र शिक्षा विभाग | en_US |
| dc.subject | साहित्यको समीक्षा Sahityako samiksha | en_US |
| dc.subject | शैक्षिक उपलब्धि Shaikshik upalabdhi | en_US |
| dc.title | सामुदायिक तथा संस्थागत विधालयकाे माध्यमिक तहमा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक अध्ययन (सन्धिखर्क नगरपालिका,अर्घाखाँची) (Samudayik tatha sansthagat Vidyalayko madhyamik tahama aarthik lagani ra shaikshik upalabdhi ek adhyayan (Sandhikhark Nagarpalika, Arghakhachi) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
