मानव स्रोत विकासले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव वेल्टार वसाहा नगरपालिका, उदयपुर (manav srot vikasle aarthik tatha shaikshik kshetrma pareko pravaw)
Date
2013
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
मानवस्रोत विकासले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्न तयार गरिएको यस शोधपत्रमा नमुना छनोटमा परेका वेल्टार वसाहा नगरपालिका, वडा नं.२ मा रहेका सम्पूर्ण घरधुरीहरूको अध्ययन गर्नु रहेको छ । अध्ययनको मुख्य उद्देश्य मानव स्रोत विकासको अवस्था पत्ता लगाउनु, मानव स्रोत विकासले उनीहरूको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्नु र मानव विकास सूचकाङ्कको गणना गर्नु रहेको छ ।
शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र द्वितीय स्रोतका माध्यमबाट तथ्याङ्क सङ्कलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिका र वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । प्राथमिक तथ्याङ्क सङ्कलन गर्दा अध्ययन क्षेत्रको घरधुरीलाई प्रत्यक्ष रूपमा प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गरिएको थियो । जसको निम्ति उद्देश्यमूलक र सुविधाजनक नमुना छनोट विधिको आधारमा छनोट गरिएको छ । जसमा वेल्टार वसाहा नगरपालिका वडा नं.२ मा रहेका ६८० घरपरिवारमध्ये २०० घरपरिवारलाई गोलाप्रथा ९च्बलमयm कबmउष्लिन० विधि छनोट गरिएको छ । द्वितीय तथ्याङ्कको स्रोतको रूपमा सम्बन्धित जिल्ला विकास समितिको कार्यालय जिल्ला शिक्षा कार्यालय, अर्थ मन्त्रालय, नगरपालिकाको कार्यालय, तथ्याङ्क विभाग, मानव विकास प्रतिवेदनबाट प्रकाशित विभिन्न पुस्तक, विभिन्न लेखकहरूको लेख, रचना र अन्य प्रकाशित तथा अप्रकाशित तथ्याङ्कलाई आधार मानिएको छ ।
अध्ययन क्षेत्रका मानिसहरूको आर्थिक अवस्था, शैक्षिक अवस्था, स्वास्थ्य अवस्थाको अध्ययन गरिएको छ । अध्ययन क्षेत्रमा ३.५ प्रतिशत घरपरिवार भूमिहीन र १.५ प्रतिशत घरपरिवारको २० विगाभन्दा बढि भूमि रहेको पाइयो । नमुना छनोट घरपरिवारको मुख्य पेसा कृषि तथा पशुपालन रहेको पाइयो जसमा ५९.६४ प्रतिशत मानिसहरू संलग्न भएको पाइयो ।
घरपरिवारको स्रोतगत आम्दानीको अध्ययन गर्दा सबैभन्दा बढी जागिर तथा नोकरीबाट ४७.१४ प्रतिशत आम्दानी भएको पाइयो भने सबैभन्दा व्यापार तथा उद्यमीबाट १५.५७ प्रतिशत आम्दानी हुने गरेको पाइयो । त्यस्तै पारिवारिक तहगत वार्षिक आम्दानीको अध्ययन गर्दा १ लाखदेखि २ लाखसम्म वार्षिक आम्दानी हुने २० प्रतिशत घरपरिवार पाइयो भने ४ लाखभन्दा बढी आम्दानी हुने ७.५ प्रतिशत घरपरिवार पाइयो । यहाँ प्रतिघरपरिवारको वार्षिक औषत आय २१८६०० र प्रतिव्यक्ति औषत आय ३५७०७.३१ रहेको पाइयो ।
अध्ययन क्षेत्रका मानिसहरूले सबैभन्दा बढी उपभोगमा ४५.३३ प्रतिशत खर्च गरेको पाइयो भने कुल आयको तहगत खर्चलाई हेर्दा १ लाख ५० हजारदेखि २ लाखसम्म वार्षिक रूपमा खर्च गर्ने ४५ प्रतिशत घरपरिवार पाइयो । त्यस्तै प्रतिघरपरिवारको औषत वार्षिक खर्च १६५४२४ पाइयो भने प्रतिव्यक्ति वार्षिक औषत खर्च २६८९८.३७ रहेको पाइयो । जम्मा वार्षिक कुल आय ४३९२००० पाइयो भने वार्षिक खर्च ३३०८५००० पाइयो भने कुल वार्षिक वचत १०८३५००० रहेको पाइयो, जसमध्ये सबैभन्दा बढी ५०,००० देखि ६०,००० हजारसम्म वार्षिक वचत गर्ने ४२.५ प्रतिशत घरपरिवार सबैभन्दा कम १०,००० देखि २०,००० सम्म वचत गर्ने ३.५ प्रतिशत घरपरिवार रहेको पाइयो ।
अध्ययन क्षेत्रमा ८५.३६ प्रतिशत मानिसहरू बिरामी हुँदा डाक्टरकोमा गए पनि १४.६४ प्रतिशत मानिसहरू अझै पनि धामीझाँक्रीकोमा गएको पाइयो । अझै पनि यस क्षेत्रमा परम्परागत रूढीवादी संस्कार, अन्धविश्वास र पारिवारिक हेलचेक्राइका कारण वर्षेनी शिशु मृत्यु, बालमृत्यु र मातृमृत्यु जस्ता घटनाहरू घटिरहेको पाइयो ।
अध्ययन क्षेत्रमा रहेका सदस्यहरूको तालिमको अवस्थालाई हेर्दा उक्त क्षेत्रमा काम गर्न सक्ने सक्रिय जनशक्ति ५७० जनामध्ये ३७ प्रतिशत ले विभिन्न खालका सीपमूलक तालिम लिएको पाइयो भने ६३ प्रतिशतले तालिम नलिएको पाइयो । अध्ययन क्षेत्रमा सबैभन्दा बढी डकर्मीको तालिम लिएको पाइयो भने सबैभन्दा कम शिक्षक तालिम लिएको पाइयो ।
अध्ययन क्षेत्रको शैक्षिक अवस्थालाई हेर्दा ८५ प्रतिशत मानिसहरू साक्षर रहेको पाइयो भने १५ प्रतिशत मानिसहरू निरक्षर रहेको पाइयो । कुल साक्षर जनसङ्ख्यामध्ये एस.एल.सी.सम्मको शिक्षा हासिल गरेका ७२ प्रतिशत मानिसहरू पाइए भने १३ प्रतिशतले उच्च शिक्षा हासिल गरेको पाइयो ।
अध्ययन क्षेत्रका ५ वर्षदेखि २५ वर्षसम्मका ४५७ बालबालिकाहरूले अध्ययन गर्ने शैक्षिक संस्था सम्बन्धी विवरण हेर्दा ८० घरपरिवारका ४८.५७ प्रतिशत बालबालिकाहरू सामुदायिक विद्यालयमा अध्ययन गरेको पाइयो भने ६० घरपरिवारका २०.७९ प्रतिशत बालबालिका संस्थागतमा र ६० घरपरिवारका ३०.६४ प्रतिशत बालबालिकाहरू दुवै विद्यालयमा अध्ययन गरेको पाइयो भने औपचारिक विद्यालय शिक्षाको उमेर पुगेका सत प्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना गराइएको पाइयो ।अध्ययन क्षेत्रको मानव विकास सूचकको अध्ययन गर्दा यहाँको मानव विकास सूचकाङ्क ०.४८१ रहेको पाइयो । ग्ल्म्ए ले तोकेअनुसार ०.०० देखि ०.४९९ सम्म न्यून मानव विकास सूचकाङ्क भनी परिभाषित गरेकाले अध्ययन क्षेत्रमा न्यून मानव विकास सूचकाङ्क रहेको पाइयो ।
Description
Keywords
मानवस्रोत विकास, शैक्षिक क्षेत्र