घरेलु तथा साना उद्योगले उद्यमी तथा श्रमिकहरुको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव : दुहागढी गा.वि.स., झापा (Gharelu tatha sana udhyogle udhami tatha sramikharuko pariwarik arthik tatha saikshik kshetrama pareko prabhab; Duhagadhi ga.bi.sa. Jhapa )

dc.contributor.authorलम्साल, मनाेज Lamsal, Manoj
dc.date.accessioned2023-09-04T09:59:18Z
dc.date.available2023-09-04T09:59:18Z
dc.date.issued2016
dc.description.abstractयो अध्ययन घरेलु तथा साना उद्योगले उद्यमी तथा श्रमिकहरुको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव सँग सम्बन्धित छ । यसका लागी झापा जिल्ला, दुहागढी गा.वि.स. मा रहेका घरेलु तथा साना उद्योगहरुलाई छनौट गरीएको थियो । यस अध्ययनको मुख्य उद्देश्यहरुमा घरेलु तथा साना उद्योगको वर्तमान अवस्थाको पहिचान गर्नु, घरेलु तथा साना उद्योगहरुले संलग्न उद्यमी तथा श्रमिकहरुको पारिवारीक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको पत्ता लगाउनु तथा घरेलु र साना उद्योगहरुको समस्याहरु पत्ता लगाइ समाधानका उपायहरु प्रस्तुत गर्नु रहेको छ । अध्ययनमा परिमाणात्मक, गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिक र द्वितीय स्रोतबाट प्राप्त तथ्याङ्कहरूलाई तालिकामा प्रस्तुत गरी विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन अनुसार झापा जिल्लाको दुहागढी गा.वि.स. मा सञ्चालित ५७ वटा घरेलु तथा साना उद्योगहरुबाट ५७ जना उद्यमीहरुले स्वरोजगार तथा १२५ जना श्रमिकहरुले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरिरहेका छन् । अध्ययन अनुसार उद्योगहरुको औषत बार्षिक आम्दानी रु. ७२५००० रहेको छ भने औषत बार्षिक खर्च रु. ५२७००० रहेको छ । उद्योगहरुले आम्दानीबाट खर्च कटाइ औषत बार्षिक बचत रु. १९८००० गर्ने गरेका छन् । अध्ययन क्षेत्रमा रहेका उद्यमीहरुको औषत पारिवारीक बार्षिक आम्दानी रु. २८३५०९ तथा औषत मासिक पारिवारीक आम्दानी रु. २३६२६ रहेको छ भने औषत बार्षिक पारिवारीक खर्च रु. १७७००० तथा औषत मासिक पारिवारिक खर्च रु. १४७५० रहेको छ । प्राप्त आम्दानीबाट खर्च गरी रु. १०६५१२ औषत पारिवारीक बार्षिक बचत गर्न सक्षम भएका छन् । अध्ययन क्षेत्रका श्रमिकहरुको औषत बार्षिक पारिवारीक आम्दानी रु १७०६७२ तथा औषत मासिक पारिवारीक आम्दानी १४२२३ रहेको छ भने औषत बार्षिक पारिवारीक खर्च रु. १०८११६ तथा औषत मासिक पारिवारीक खर्च रु ९०१० रहेको छ । प्राप्त आम्दानीलालई खर्च गरी रु. ६२५५६ औषत बार्षिक पारिवारीक बचत गर्न श्रमिकहरु सक्षम भएका छन् । अध्ययन क्षेत्रका सबै उद्यमीहरु तथा श्रमिकहरु र उनीहरुको परिवारहरु साक्षर रहेका छन् । तहगत शैक्षिक अवस्था हेर्दा एस.एल.सी. सम्मको शिक्षा पाउने उद्यमीहरु ३५.०९ प्रतिशत, उद्यमी परिवारहरु ५५.५९ प्रतिशत तथा श्रमिकहरु ६२.४० प्रतिशत र श्रमिक परिवारहरु ७४.३२ प्रतिशत रहेका छन् । त्यस्तै एस.एल.सी. भन्दा माथिको शिक्षा प्राप्त गर्ने उद्यमीहरु ६४.९१ प्रतिशत, उद्यमी परिवारहरु ४४.४१ प्रतिशत तथा श्रमिकहरु ३७.६० प्रतिशत र श्रमिक परिवारहरु २५.६८ प्रतिशत रहेका छन् । अध्ययन क्षेत्रका ४८.६७ प्रतिशत उद्यमीहरुले आफ्ना बालिबालिकाहरु नीजि विद्यालयमा, १५.०४ प्रतिशत उद्यमीहरुले आफ्ना बालबालिकाहरु मध्ये कसैलाई नीजिमा, कसैलाई सरक ारी विद्यालयमा पढाएका छन् भने ३६.२८ प्रतिशत उद्यमीहरुले सरकारी विद्यालयमा आफ्ना बालबालिकाहरु पढाउने गरेका छन् । यसैगरी ३४.४३ प्रतिशत श्रमिकहरुले आफ्ना बालबालिकाहरु सरकारी विद्यालयमा, ४२.८६ प्रतिशत श्रमिकहरुले नीजि विद्यालयमा र २२.७१ प्रतिशत श्रमिकहरुले आफ्ना बालबालिकाहरु मध्ये कसैलाई सरकारी र कसैलाई नीजि विद्यालयमा पढाउने गरका छन् । अध्ययन क्षेत्रका उद्यमीका प्रमुख समस्याहरुमा पुँजीको अभाव, कच्चा पदार्थको अभाव, सरकारी संरक्षणको अभाव, लोडसेडिङ्गको समस्या, सरल ऋण सुविधा अभाव, तालिमको अभाव, आदि रहेका छन् भने यस्ता समस्याहरुको समाधानका लागी सहुलियतपूर्ण र सरल ब्याजदरमा सरकारले ऋण तथा अनुदानको ब्यवस्था गर्नुपर्ने, कच्चा पदार्थको उचीत प्रबन्ध हनुपर्ने, विद्युत आपूर्ति निरन्तर हुनुपर्ने, तालिमको ब्यवस्था हुनुपर्ने देखिन्छ । त्यस्तै श्रमिकहरुका समस्याहरुमा कम पारीश्रमिक, तालिमको अभाव, औषधी उपचार तथा बीमाको ब्यवस्था नहुनु, रोजगारीको ग्यारेन्टी नहुनु, मान सम्मानको अभाव आदि रहेका छन् भने समाधानका उपायहरुमा पारीश्रमिकको उचीत ब्यवस्था हुनुपर्ने, तालिमहरुको ब्यवस्था हुनुपर्ने, औषधी उपचार तथा बीमाको ब्यवस्था हुनुपर्ने, रोजगारीको ग्यारेन्टी, कार्यसमय निश्चीत हुनुपर्ने, समयमै तलब भत्ता तथा अतिरिक्त र राम्रो काम बापतको प्रोत्साहन भत्ता तथा बोनस उपलब्ध हुनुपर्ने, श्रमिकहरु प्रति सबैपक्षको सम्मानपूर्ण दृष्टिकोण हुनुपर्ने आदि रहेका छन् । यसरी हेर्दा घरेलु तथा साना उद्योगहरुको सञ्चालनले रोजगारीका अवसरहरु सिर्जना गरिरहेको छ । उद्योगको सञ्चालनबाट उद्यमी तथा श्रमिकहरुको आयआर्जनमा बृद्धि भई जीविकोपार्जन गर्न सहज हुनुका साथै शिक्षामा समेत लगानी बढ्न गइ सकारात्मक प्रभाव पार्दछ भन्ने कुरा प्रस्तुत शोधको निष्कर्ष रहेको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19596
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectसाना उद्योग Sana udhyogen_US
dc.subjectउद्यमी Udhamien_US
dc.subjectशैक्षिक क्षेत्र Saikshik kshetraen_US
dc.titleघरेलु तथा साना उद्योगले उद्यमी तथा श्रमिकहरुको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव : दुहागढी गा.वि.स., झापा (Gharelu tatha sana udhyogle udhami tatha sramikharuko pariwarik arthik tatha saikshik kshetrama pareko prabhab; Duhagadhi ga.bi.sa. Jhapa )en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleGraduate School of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(1).pdf
Size:
78.34 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
401.26 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: