सहकारी संस्थामा संलग्न सदस्यहरुको आर्थिक स्थिति तथा उनीहरुका बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव : मसेल गा.वि.स., गोरखा (Sahakari sasthama sanglagna sadasyaharuko arthik sthiti tatha uniharuka balbalikako saikshik kshetrama pareko prabhab Masel ga.bi sa. Gorkha)

dc.contributor.authorभट्ट, संगीता Bhaṭṭa, Sangeeta
dc.date.accessioned2023-09-05T05:00:30Z
dc.date.available2023-09-05T05:00:30Z
dc.date.issued2016
dc.description.abstractगोरखा जिल्लाको मसेल गा.वि.स. मा सञ्चालित घ्याम्पेसाल बचत तथा ऋण सहकारी संस्थामा संलग्न सदस्यहरुको आर्थिक स्थिति तथा उनीहरुका बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव शीर्षकमा गरिएको अध्ययनमा सहकारी संस्थाको परिचय उल्लेख गर्नु, बचत तथा ऋण सहकारी संस्थामा आबद्ध सदस्यहरुको आर्थिक अवस्थाको व्याख्या गर्नु सहकारीमा संलग्न सदस्यका बालबालिकाको शैक्षिक अवस्था पत्ता लगाउनु उद्देश्य रहेका छन् । उक्त उद्देश्य प्राप्त गर्न वर्णनात्मक तथा विश्लेषणात्मक ढाँचाको माध्यमबाट प्राथमिक र द्धितीय स्रोतबाट प्राप्त तथ्याङ्क लाई तालिका प्रयोग गरी विश्लेषण गरिएको छ । प्राथमिक तथ्याङ्क संकलन गर्न सहकारी संस्थामा आबद्ध १०० जना सदस्यहरुलाई स्रोतको रुपमा लिइएको छ भने अनुसन्धानलाई सार्थक बनाउनका लागि आवश्यक अन्य तथ्याङ्कहरुका लागि द्धितीय स्रोतको रुपमा जिल्ला विकास समितिको कार्यालय गोरखा, डिभिजन सहकारी, कार्यालय गोरखा मसेल गा.वि.स. को कार्यालय, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय सहकारी संघलाई द्धितीय तथ्याङ्कको स्रोत बनाइएको छ । वि.स. २०६५÷०६÷१० गते ५५ जना शेयर सदस्यहरु भेला भई छलफल गरी २०६५÷१०÷२५ गते उदय भट्टको अध्यक्षतामा संचालन गरी कारोबार शुरु भएको थियो । ३५ जना शेयर सदस्यहरुबाट शुरु गरिएको यस संस्थामा हाल ३०० भन्दा बढी घरपरिवार सदस्यहरु यस संस्थामा प्रत्यक्ष रुपमा संलग्न रहेका छन् । यस संस्थाले स्थानीय सदस्यहरुलाई समूहमा आबद्ध गराई सामूहिक धितो नराखीकन सरल र सस्तो व्याजदरमा ऋण सुविधा उपलब्ध गराएको छ । जुन यस संस्थाको ठूलो उपलब्धि हो । संस्थाको वर्तमान आर्थिक क्रियाकलापको अध्ययन गर्दा संस्थाको जम्मा दायित्व तथा पूँजी आ.व २०७०÷७१ मा १३,३६००३३.९रहेको थियो भने आ.व २०७१÷७२ मा बढेर २०३९७७७८४१ पुगेको देखिन्छ । त्यसैगरी लगानीको क्षेत्रफल लाई हेर्दा आ.व २०७०÷७१ मा रु ९१७००५९.०० रकम शिक्षा, व्यापार , भवन निर्माण, वैदेशिक रोजगार, लघु उद्यम र कृषि गरी विभिन्न शीर्षकमा लगानी गरेको पाइयो भने आ.व २०७१÷७२ मा रु १६७०२०४०.०० रकम यिनै शीर्षकहरुमा लगानी गरेको पाइयो । सहकारीमा आबद्ध १०० परिवारको कुल वार्षिक आम्दानी आ.व २०७१÷७२ मा रु १५०१८७००.०० रहेको छ भने औषत प्रतिसदस्य वार्षिक आम्दानी रु १५०१८७.०० रहेको छ । त्यसैगरी नमूना घरपरिवारको वार्षिक खर्च २०७२ मा रु ९५५०९७० रहेको छ भने औषत प्रतिसदस्य वार्षिक खर्च रु ९५५०९.७० रहेको छ । खर्च भन्दा आम्दानी बढी भएकोले जम्मा वार्षिक बचत र ५४६७७३०.०० रहेको पाइयो । घ्याम्पेसाल बचत तथा ऋण सहकारीका नमूना छनौटमा परेका सदस्यहरुको आर्थिक अवस्था सुधारोन्मुख रहेको पाइयो । आम्दानबिाट खर्च कटाई बाँकी रहेको बचतलाई सोही सहकारीमा बचत गर्ने गरेको पाइयो । बालबालिकाको शैक्षिक अवस्थालाई हेर्दा अघिकांश बालबालिकाहरु सरकारी विद्यालयमा अध्ययन गरेको पाइयो किनकी गाउँ गाउँमा निजी विद्यालय कम मात्रामा मात्र स्थापना हुनु यसको कारण देखिएको छ । यस सहकारीले सदस्यहरुलाई आर्थिक संकट पर्दा सजिल्यै समस्या हल गरिदिने, वैदेशिक रोजगारीमा जान, व्यापार व्यवसाय गर्न, शिक्षाका लागि सुलभ व्याजदरमा सहज तरिकाले कर्जा उपलब्ध गराउने हुँदा आफ्नो आर्थिक तथा शैक्षिक स्तर उकास्न यस सहकराीले महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । यस सहकारी सदस्यहरुको जीवनको एउटा सहयात्री बनेको कुरा यसै सहकारीका सदस्यहरुको भनाइबाट सुन्न सकिन्छ । सदस्यहरुले अपेक्षा गरे बमोजिम तालिम तथा परामर्श प्राप्त गर्न नसक्नु संस्थाको प्रभावकारी निरीक्षण तथा अनुगमन हुनु नसक्दा ऋणको दरुप्रयोग हुन सक्ने देखिन्छ जसका लागि समय–समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने र सरकारी स्तरबाटै विभिन्न किसिमका तालिमको व्यवस्था गर्नुपर्ने जस्ता सुझावहरु यस अध्ययनमा प्रस्तुत गरिएको छ ।  en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19609
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectसहकारी संस्था Sahakari sasthaen_US
dc.subjectशैक्षिक स्तर Saikshik staren_US
dc.subjectआर्थिक अवस्था Arthik avasthaen_US
dc.titleसहकारी संस्थामा संलग्न सदस्यहरुको आर्थिक स्थिति तथा उनीहरुका बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव : मसेल गा.वि.स., गोरखा (Sahakari sasthama sanglagna sadasyaharuko arthik sthiti tatha uniharuka balbalikako saikshik kshetrama pareko prabhab Masel ga.bi sa. Gorkha)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(1).pdf
Size:
80.36 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
372.05 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: