खाद्यान्न उत्पादनले, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव: एक अध्ययन बैतडी जिल्ला पाटन नगरपालिका (Khadyann utpadanle, upbhog ra shaikshik kshetrama pareko prabhaw : ek adhyayan

dc.contributor.authorबम, ममिता कुमारी Bam, Mamita Kumari
dc.date.accessioned2023-09-03T05:57:23Z
dc.date.available2023-09-03T05:57:23Z
dc.date.issued2016
dc.description.abstract‘खाद्यान्न उत्पादनले, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव एक अध्ययन” बैतडी जिल्ला पाटन नगरपालिकामा गरिएको अनुसन्धानको मुख्य उद्देश्य, ग्रामिण क्षेत्रमा खाद्यान्न उत्पादन र उपभोगको अवस्था पत्ता लगाउनु, स्थानीय किसानको आर्थिक अवस्थाको विश्लेषण गर्नु, स्थानीय किसानको आर्थिक अवस्थाको विश्लेषण गर्नु यस अध्ययनका उद्देश्य हुन् । अध्ययनका उद्देश्यहरु पुरा गर्न प्राथमिक र द्वितीय स्रोतबाट तथ्याङ्क संकलन गरिएका छन् । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न खाद्यान्न बाली उत्पादन गर्ने २१ प्रतिशत कृषकहरुलाई नमुनाका रुपमा छनौट गरिएको छ । जसमा ९२ घरपरिवारलाई छनौट गरिएको छ । अध्ययन क्षेत्र नमुना घरधुरीमा २०५ रोपनी जमिन रहेको पाइन्छ । खाद्यान्न बाली नेपालकै प्रमुख बालीको रुपमा रहेको पाइएको छ । नेपालमा खाद्यान्न बालीहरुको उपभोग अत्याधिक रहेको पाइएको छ । नेपालमा कृषिका लागि आवद्ध गरिएको कुल क्षेत्रफलको ३८ प्रतिशत रहेको छ । जसमध्ये कुल खेती योग्य जमिनको ८४ प्रतिशत खाद्यान्न बालीले र बाँकी १६ प्रतिशत मात्र नगदेवालीले ओगटेको छ । यसरी खाद्यान्न बालीले राष्ट्रिय आयमा समेत वृद्धि गरेको पाइयो । अध्ययन क्षेत्रमा खाद्यान्न बाली उत्पादनबाट प्राप्त आयले स्थानीय कृषकहरुमा जीवन विताउने शैलीका साथै आर्थिक तथा शैक्षिक प्रभाव सकारात्मक नै पाइन्छ । यस अध्ययनको क्षेत्रमा कृषकहरु कृषि बाहेक उद्योग, व्यवसाय, जागिर, ज्याला, मजदुरी र वैदेशिक रोजगारमा समेत संलग्न रहेको पाइएको छ । शिक्षामा गरिएको लगानी हेर्दा व्यवसाय र नोकरीबाट भन्दा कृषिले नै वढी योगदान दिएको पाइएको छ । यति हुँदा हुँदै पनि कृषिमा सिचाइ, आधुनिक प्रविधि प्राविधिज्ञहरुको अभाव, निश्चित बजारको अभाव, उन्नत विउ विजनको अभाव, आधुनिक मूलको अभाव, विभिन्न रोग किराहरु जस्ता आदि समस्याहरु विद्यमान छन् । प्रस्तुत समस्याहरुको समाधान गर्न कृषकहरुलाई कृषि तालिमको व्यवस्था गरिनुपर्ने, शैक्षिक चेतना जगाउनु पर्ने, कृषकहरुको समाधान गर्ने कृषकहरुलाई कृषि तालिमको व्यवस्था गरिनुपर्ने, आधुनिक खालका विउविजनको व्यवस्था गरिनुपर्ने जस्ता सुधारहरु अध्ययनमा प्रस्तुत गरिएको छ । अध्ययन क्षेत्रमा अन्य बालीको तुलनामा खाद्यान्न बाली दिनहु प्रयोगमा ल्याएको पाइएको छ । यस अध्ययन क्षेत्रमा कृषकहरुले अन्य भन्दा खाद्यान्न बाली नै बढी उत्पादन र उपभोग गरेको पाइएको छ । यसबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पनि लिन सकिन्छ । खाद्यान्न बालीमा रहेका समस्याहरुलाई समाधान गरि देशको समग्र आर्थिक विकास गर्न सम्पूर्ण सरोकारवाला पक्षहरुको आवश्यकता महसुस गर्न सकिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19522
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectखाद्यान्न उत्पादन khadyanna utpadanen_US
dc.subjectखाद्यान्न बाली Khadyanna Balien_US
dc.subjectशैक्षिक चेतना Shaikshik Chetanaen_US
dc.subjectआर्थिक विकास Arthik bikashen_US
dc.titleखाद्यान्न उत्पादनले, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव: एक अध्ययन बैतडी जिल्ला पाटन नगरपालिका (Khadyann utpadanle, upbhog ra shaikshik kshetrama pareko prabhaw : ek adhyayanen_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
91.38 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
318.3 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: