सामुदायिक माध्यमिक तहमा आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययन मालाराँनी गाउँपालिका अर्घाखाँची (Saudayik madhyamik tahama aarthik lagani ra shaikshik kshatiko ek adhyayan Malarani gaupalika Arghakhachi)

dc.contributor.authorखनाल, आस्था Khanal, Aastha
dc.date.accessioned2023-09-01T10:12:11Z
dc.date.available2023-09-01T10:12:11Z
dc.date.issued2014
dc.description.abstract“सामुदायिक माध्यमिक तहको आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययनः मालाराँनी गाउँपालिका अर्घाखाँची” शीर्षक राखी तयार गरिएको यस अध्ययनको मुख्य उद्देश्य माध्यमिक तहको शैक्षिक क्षतिको विश्लेषण गर्नु, माध्यमिक तहको आर्थिक लगानी पत्ता लगाउन र माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धिको विश्लेषण गर्न रहेको छ । यस उद्देश्यलाई प्राप्त गर्न उद्देश्यमूलक नमुना छनोट अन्तरर्गत मालाराँनी गाउँपालिकालाई नमुनाको रुपमा लिइएको छ भने उक्त गाउँपालिका १० वटा माध्यमिक विद्यालयहरु मध्ये आदर्श उच्च मा.वि. कालिका नेरा मा.वि. र किरण माध्यमि विद्यालयलाई ४२.८२ प्रतिशतका दरल छनोट गरिएको छ । त्यसैगरी विद्यालयका विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई पनि २०÷२० प्रतिशतका दरले छनौट गरिएको छ । यस अध्ययनका लागि शोधकर्ता स्वयम् उपस्थित भई विद्यालयमा विद्यार्थी पं्रवाहदरको अवस्था थाहा पाउन विद्यार्थी, अभिभावक, प्र.अ. विद्यालय परिवार, जिम्मेवार निकाय समेतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष, अन्तरवार्ता प्रश्नोत्तर, छलफल आदि कार्य सञ्चालन गरिएको छ । यसका लागि तथ्याङ्क संकलन कार्य गुणात्मक साथै परिमाणात्मक विधिबाट प्राथमिक र आवश्यक परेका तथ्याङ्क द्वितिय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकता अनुसार तालिकामा प्रस्तुत गरी स्रोतबाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्नावली निमार्ण गरी प्र.अ., शिक्षक, विद्यार्थी, अभिभावकलाई प्रत्यक्ष अन्तरवार्ता लिई तथ्याङ्क संकलन गरिएको छ । द्वि तिय तथ्याङ्कहरु विभिन्न लेख, रचना, पत्रपत्रिका, गा.वि.स., जि.वि.स. को कार्यलय, शिक्षा कार्यलय, केन्द्रिय तथ्याङ्क विभाग, अन्य प्रकाशित अप्रकाशित तथ्याङ्कलाई साथै विद्यालयका विद्यार्थी अभिलेखबाट संकलन गरिएको छ । माध्यमिक तहमा वार्षिक औसत ८ सय ४४ जना विद्यार्थी भर्ना भएको देखियो, जसमा ५१ दशमलब ६५ प्रतिशत छात्रा र ४८ दशमलव ३४ प्रतिशत छात्र रहेको छ । तीनवटा शैक्षिक वर्षको औषत प्राप्ताङ्कलाई हेर्दा माध्यमिक तहको उत्तिर्णदर ९८ दशमलव ७७ रहेको छ । त्यस्तै कक्षा दोहो¥याउने दर र दशमलब ६१ प्रतिशत रहेको छ भने बिचैमा कक्षा छोड्नेदर शून्य दशमलब ८१ प्रतिशत रहेको छ । माध्यमिक विद्यालयको माध्यमिक तहको शैक्षिक क्षति शैक्षिक वर्ष २०७१ मा १ दशमलब १२ प्रतिशत छ भने आन्तरिक दक्षता शून्य दशमलव ८८ प्रतिशत रहेको छ । यस्तै शैक्षिक वर्ष २०७२ सालको माध्यमिक तहको शैक्षिक क्षति १ दशमलब १५ प्रतिशत रहेको छ भने आन्तरिक दक्षता शून्य दशमलब ८६ प्रतिशत रहेको छ । माध्यमिक विद्यालयहरुको प्रत्येक शैक्षिक वर्षको औषत आम्दानी १ करोड, २९ लाख, ४४ हजार २ सय २ दशमलब ६७ रहेको छ । यसमा कुल आम्दानीको ८९ दशमलब ८८ प्रतिशत रकम अनुदान स्वरुप प्राप्त भएको छ, छात्रावृत्तिबाट ७ दशमलब ९५ प्रतिशत, विद्यार्थी शूल्कबाट १ दशमलव २६ प्रतिशत र अन्य क्षेत्रबाट शून्य दशमलब ९ प्रतिशत रकम प्राप्त भएको पाइन्छ । माध्यमिक विद्यालयहरुको औसत वार्षिक लगानी १ करोड २९ लाद ३३ हजार १ सय २५ रहेको छ । जसमा कुल खर्च मध्ये ८५ दशमलब शून्य ९ प्रतिशत शिक्षक तलब भत्तामा खर्च भएको छ, कूल खर्चको शून्य दशमल ८७ प्रतिशत शैक्षिक क्रियाकलापमा शून्य दशमलब ८५ प्रतिशत रकम मसलन्दमा, २ दशमलब २८ प्रतिशत रकम छात्रावृक्तिमा, कुल खर्चको १० दशमलब ८७ प्रतिशत पूजिगत विकासमा र शून्य दशमलब ६१ प्रतिशत रकम अन्य क्षेत्रमा खर्च भएको पाइन्छ । प्रति विद्यार्थी अभिभावकको औषत वार्षिक लगानी ८ हजार ७ सय रहेको छ । कूल लगानीको ६२ दशमलब शून्य २ प्रतिशत रकम पोषाकमा, २० दशमलब ६८ प्रतिशत रकम शैक्षिक समाग्रीमा खर्च भएको छ । त्यसैगरी कूल लगानीको ८ दशमलब शून्य ६ प्रतिशत रकम अन्य क्षेत्रमा लगानी भएको पाइन्छ । माध्यमिक तहमा अभिभावकले गर्ने लगानीका विभिन्न क्षेत्रहरु मध्येमा सबैभन्दा धेरै खाजा खर्चमा लगानी भएको पाइन्छ । माध्यमिक विद्यालयको विगत तीन वर्षको शैक्षि उपलब्धिलाई हेर्दा शैक्षिक वर्ष २०७१ सालमा उत्तिर्ण प्रतिशत ८० दशमलब १३ रहेको छ भने शैक्षिक वर्ष २०७२ सालको विद्यार्थी उत्तिर्ण प्रतिशत १०० नै रहेको छ जसमध्ये ब्ं ग्रेड कुनै पनि विद्यार्थीले ल्याउन सकेका छैन, ब् ग्रेड ल्याउने विद्यार्थी ७ जना, द्यं ल्याउने विद्यार्थी ५२ जना द्य ग्रेड ल्याउने विद्यार्थी ६५ जना, ऋं ग्रेड ल्याउने ३९ जना रहेका छन. । त्यसैगरी २०७३ सालमा ब्ं ग्रेड ल्याउन कुनै पनि विद्यार्थीले सकेन, ब् ग्रेड ल्याउने विद्यार्थी ६ जना, द्यं ग्रेड ल्याउने विद्यार्थी ५७ जना , द्य ग्रेड ल्याउने विद्यार्थी ७० जना, ऋं ल्याउने विद्यार्थी ४५ जना, ऋ ग्रेड ल्याउने विद्यार्थी २० जना, म्ं ग्रड ल्याउने विद्यार्थी २१ जना म् ग्रेड ल्याउने १३ जना र भ् ग्र्ेड ल्याउने विद्यार्थीको संख्या ७ रहेको पाइन्छ । माध्यमिक तहमा गरिएको आर्थिक लगानी र शैक्षिक उपलब्धिको तुलना गर्दा शैक्षिक वर्ष २०७१ सालमा विद्यालयको कुल लगानी १ करोड, २६ लाख, ८३ हजार, ७ सय ८ रहेको छ भने प्रति विद्यार्थी अभिभावकको लगानी ८ हजार, ४ सय ५८ दशमलव ३३ प्रतिशत रहेको छ । त्यसैगरी २०७२ सालमा १ करोड, ३४ लाख, ५७ हजार ६ सय ५० रहेको पाइन्छ भने प्रति विद्यार्थी अभिभावकको लगानी ८ हजार ५ सय दुई दशमलव ३७ प्रतिशत रहेको पाइयो भने विद्यार्थी उत्तिर्ण प्रतिशत १ सय नै रहेको पाइयो । २०७१ सालमा भन्दा २०७२ सालमा विद्यालयको लगानीमा वृद्धि भएजस्तै विद्यार्थी उत्तिर्ण प्रतिशतमा पनि वृद्धि भएको छ त्यसैगरी २०७३ सालमा १ करोड, २६ लाख, ५८ हजार, ४७ रुपैया विद्यालयले लगानी ७ हजार ९ सय ४३ दशमलव ४७ रहेको छ भने विद्यार्थी उत्तिर्ण प्रतिशत पनि १ सय प्रतिशतनै रहेको छ । यसरी आर्थिक लगानीमा वृद्धि गर्दा विद्यार्थी उत्तिर्ण प्रतिशतमा पनि वृद्धि भएको पाइन्छ । अन्त्यमा, माध्यमिक तहमा लगानी भए अनुरुप शैक्षिक क्षति घटिरहेको छ । शैक्षिक क्षतिलाई अझै कम गर्न र शैक्षिक उपलब्धिमा वृद्धि गर्न छात्रावृत्तिमा लगानी वृद्धि गर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्बन गर्नुपर्ने, शैक्षिक प्रणालीको निरन्तर अनुगमन गर्नुपर्ने, समय–समयमा शिक्षक अभिभावक भेला राख्नुपर्ने र आगामी अनुसन्धानका लागि सुझावहरु प्रस्तुत गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19497
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectआर्थिक लगानी Arthik laganien_US
dc.subjectशैक्षिक उपलब्धि Shaikshik upalabdhien_US
dc.titleसामुदायिक माध्यमिक तहमा आर्थिक लगानी र शैक्षिक क्षतिको एक अध्ययन मालाराँनी गाउँपालिका अर्घाखाँची (Saudayik madhyamik tahama aarthik lagani ra shaikshik kshatiko ek adhyayan Malarani gaupalika Arghakhachi)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US
Files
Original bundle
Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis(2).pdf
Size:
524.05 KB
Format:
Adobe Portable Document Format
Description:
License bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: